काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। प्रधानमन्त्रीले आज बिहान ट्विट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न थ्री नेसन्स कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन्।
शनिबार सम्पन्न नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो।
'नेपालले नेदरल्याण्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई,' ट्विटमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।