काठमाडाैं- आयाेजक नेपालले त्रिदेशीय टी २० क्रिकेट सिरिज हात पारेकाे छ। शनिबार भएकाे फाइनल खेलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेकाे हाे।
नेपालले दिएकाे २३९ रनकाे बिशाल लक्ष्य पछ्याएकाे नेदरल्याण्ड्स १७.२ ओभरमा १० विकेट गुमाउँदै ९६ रनमै समेटियाे।
नेदरल्याण्ड्सका लागि सेबस्टियान ब्राटले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा ३ चाैका १ छक्का प्रहार गरे।
यस्तै, म्याक्स ओडिवडले २० रन बनाए। उनले १९ बलमा २ चाैका र १ छक्का प्रहार गरे। कप्तान पिटार सिलार १२ बबलमा २ चाैकासहित १३ रनमा आउट भए भने अन्यले दाेहाेराे अंक छुन सकेनन्।
नेपालका लागि करण केसीले ३ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। यस्तै, कमलसिंह ऐरी र सन्दीप लामिछानेले २/२ विकेट लिए। ऐरीले ४ ओभरमा २२ रन खर्चिए भने लामिछानेले ४ ओभरमा २६ रन खर्चिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाले पूरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २ सय ३८ रन जोड्यो।
नेपालका लागि दुई व्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेलेका थिए। कुशल भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७७ रन जोड्दा कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्कासहित ५० रनमा अविजित रहे।
त्यस्तै, दिपेन्द्र सिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्कासहित ४८ रन बनाएर अविजित रहे।
कप्तान ज्ञानेन्द्र मल्ल ३३ र आरिफ शेखले १६ रन बनाए। यो नेपालले टी–२० फम्र्याट अन्तर्गत बनाएको सबैभन्दा ठूलो स्कोर हो। यसअघि १३ औं सागमा नेपालले भुटानविरुद्ध २३६ रन बनाएको थियो।
नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै ४३ रन खर्चेर दुई विकेट लिएका थिए। यस्तै, सेवास्टीयन ब्राटले एक विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।