काठमाडौं- बाँकेमा कोरोना भाइरसको संक्रमणदर उच्च देखिएको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९३ प्रतिशसम्म संक्रमण देखिएको छ।
मंगलबार गरिएको पीसीआर परीक्षणमा त्यहाँ ९२ दशमलब ७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालमा १९३ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
पछिल्लो ४८ घण्टामा बाँकेमा ५६८ नमूना परीक्षण गर्दा ३९८ जनामा कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ। यो कूल नमूनाको ७० प्रतिशत हो।
सोमबारमात्र भेरी अस्पतालमा ३७५ नमूना परीक्षण गर्दा २१९ जनालाई संक्रमण पुष्टि भएको थियो।
संक्रमण नियन्त्रणबाहिर जान थालेपछि बाँकेमा वैशाख ९ (बिहीबार) देखि लकडाउन गरिने भएको छ। आज बसेको जिल्ला कोभिड-१९ संकट समन्वय केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।