• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीको शृंखलाबद्ध प्रहार, सभामुख सापकोटाको प्रतिकात्मक जवाफ

64x64
नेपाल लाइभ आइतबार, वैशाख ५, २०७८  २०:५५
1140x725

काठमाडाैं- 'संसद्ले काम गर्न दिएन, सभामुखले अराजक र अनैतिक काम गरिराख्नुभएको छ,' शनिबार बालुवाटारमा आफैंले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध तीतो पोखे।

सभामुख सापकोटाले आइतबार त्यही प्रसंगलाई लक्षित गरेर जवाफ फर्काए, ‘जुन दिनदेखि राष्ट्रिय हितका पक्षमा निर्भिकतापूर्वक संघीय संसद् उभियो, त्यही दिनदेखि घेराबन्दी शुरु भयो। निकै ठूलो घेराबन्दी भइरहेको छ।’

प्रधानमन्त्री ओलीले सभामुख सापकोटामाथि यस्तो आरोप लगाएको पहिलोपटक होइन। प्रधानमन्त्री ओलीसँग 'जुहारी खेल्न चाहन्नँ' भन्ने सापकोटाले जवाफ फर्काएको भने पहिलोपटक हो।  

आफूविरुद्ध प्रधानमन्त्री झन्–झन् आक्रामक हुन थालेपछि सभामुख सापकोटा केही 'क्लियर' गर्ने अवस्थामा पुगेको आइतबारको प्रस्तुतिबाट झल्किन्थ्यो। ‘बहस भइरहेको छ। यो बहस व्यक्ति विशेषको होइन। व्यक्ति–व्यक्तिबीचको टक्कर हो कि भन्ने लागिरहेको होला। तर, त्यस्तो होइन,’ उनले थप स्पष्ट पारे। भनाइको तात्पर्य थियो, राज्यका तीन अंगमध्ये कार्यपालिका र व्यवस्थापिका नै यतिबेला मतैक्य हुन सकिरहेका छैनन्। 

प्रधानमन्त्रीको शृंखलाबद्ध प्रहार
सभामुख सापकोटाविरुद्ध प्रधानमन्त्री ओलीले निरन्तर प्रहार गर्दै आएका छन्। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सहयोग परियोजना सम्बन्धी सम्झौता संसद्मा निर्णायार्थ प्रस्तुत गर्न सभामुख सापकोटाले रोकेको प्रधानमन्त्री ओलीको बुझाइ छ। त्यसैले उनी सभामुख सापकोटासँग असन्तुष्ट छन्।  

शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले राखेको कुरालाई उदृत गर्दै परराष्ट्रमन्त्री पदीप ज्ञवालीले भनेका थिए, 'खासगरी एमसीसी लामो समयदेखि अड्किरहेको छ। झन्डै पौने दुई वर्ष भयो। त्यसलाई पास गर्ने कि नगर्ने भन्‍ने संसद्को आफ्नो कुरा भयो। संसद्लाई त्यो अधिकार छ। पास गर्न पनि सक्छ, नगर्न पनि सक्छ। तर, सभामुखले तजविजी अधिकार प्रयोग गरेर अड्केको छ, जुन तजविजी अधिकार उहाँसँग छैन।' 

यसअघि २०७७ चैत ३० गते उत्पीडित जातीय मुक्ति समाजको भेलामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई बन्धक बनाइएको बताउँदै सभामुख थिति-विधिमा चल्न नसकेको आरोप लगाएका थिए। उनले सभामुख सापकोटाले मर्यादा समेत उल्लंघन गरेको भन्दै प्रश्न तेर्स्याएका थिए, 'हामीले एमसीसी निर्णयका लागि संसद्‌मा प्रस्तुत गरेका छौं। सभामुखले निर्णयार्थ पेश गर्नुहुन्न। सभामुखले कुनै मर्यादा मान्नुपर्दैन? सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुन्छ? सरकारले पेश गरेको चिज सभामुखले निर्णयार्थ संसद्‌मा पेश गर्नुपर्दैन? पेश नगर्ने? उहाँहरूलाई कानुनको, संविधानको केही मतलब छैन? थितिको मतलब छैन, विधिको मतलब छैन?'

त्यसअघि पुस ९ गते सभामुखलाई प्रधानमन्त्री ओलीले 'किर्ते मान्छे'को संज्ञा दिएका थिए। बालुवाटारमा आयोजित आफूपक्षीय केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले टिप्पणी गरेका थिए, 'सभामुख भनेको एउटा स्वच्छ मान्छे हुनुपर्छ। हामीले एउटा किर्ते मान्छेलाई सभामुख मान्नुपर्ने। मानेर आइयो। कत्रो बिडम्बना। यस्ता किर्तेहरूको हातमा जब नेतृत्व हुन्छ। अनि प्रणाली अप्ठ्यारोमा पर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यही कार्यक्रममा प्रधानमन्त्री ओलीले सभामुखलाई कानुनको ज्ञान नभएको र कानुनी संघर्षको अत्तोपत्तो नभएको समेत आरोप लगाएका थिए। आरोप लगाउने क्रम ओलीले दोहोर्‍याइरहे। पुस १९ गते ओलीपक्षीय अनेरास्ववियूद्वारा कार्की ब्यांक्वेटमा आयोजित भेलामा ओलीको आक्रोश थियो, ‘सभामुख जस्तो मान्छे, कीर्ते कामको साक्षी बन्नु कहाँसम्मको लज्जा हो? कहाँसम्म संसदीय प्रणालीको तमासा? कहाँसम्म देशको हुर्मत लिने काम? तपाईंहरू बुझ्न सक्नुहुन्छ। उहाँहरूको झुट बोल्ने बानी।’

उनले राष्ट्रिय सभामा पुगेर समेत प्रतिनिधि सभाका सभामुख सापकोटाविरुद्ध अमिलो पोखे। पुस २६ गते राष्ट्रिय सभाको बैठकमा ओलीले संसदीय प्रणालीकै हुर्मत लिने खालको लज्जाबोध हुनेगरी सभामुखले काम गरेको आरोप लगाए। उनको आक्रोशमिश्रित कटाक्ष थियो, ‘संसद् विघटन भइसकेपछि साढे ३ बजे अविश्वासको प्रस्ताव दर्ता गर्न रन्थनिएका केही मान्छेहरू आइपुग्छन्। संसद् विघटन भइसक्यो, कहाँको अविश्वास प्रस्ताव ल्याएको भनेर सचिवालयले भन्यो। भन्न पनि लाजमर्दो। हाम्रो सभामुखले घुँडामा राखेर १०:४० मै मकहाँ ल्याएका थिए, यो निवेदन भनेर प्रमाणीकरण गरिदिनु भएछ। संसदीय प्रणालीकै हुर्मत लिने खालको यो लज्जाबोध हुने कुरा हो। एउटा स्पिकरले, दुःखका साथ भन्नुपर्छ यस्तो झुठो प्रमाणीकरण गर्नुहुन्छ?'

सापकोटाको जवाफ
प्रधानमन्त्री ओलीले सभामुख सापकोटामाथि यसरी आरोप लगाइरहँदा आफू जुहारी नखेल्ने भनेर लामो समय उनी पन्छिए। गत माघ २३ गते प्रधानमन्त्रीको आरोपका विषयमा गरिएको प्रश्नमा उनको उत्तर थियो, 'जवाफ दिएर मेरो मौलिकता र विशेषता कमजोर बनाउन चाहन्नँ। म जुहारी खेल्न चाहन्नँ।'

शनिबारको आरोपपछि भने सभामुख सापकोटाले स्पष्ट पार्ने कोशिस गरे। उनले आफूविरुद्ध नभइ संघीय संसद्‌विरुद्ध ठूलो घेराबन्दी भइरहेको बताए। पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले आफू सभामुखका रूपमा 'राष्ट्रिय हितका पक्ष'मा उभिएदेखि नै यस्तो घेराबन्दी भएको बताएका हुन्। राष्ट्रिय हित भनेर उनले प्रतिकात्मक रूपमा एमसीसीतर्फ संकेत गरेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले प्रधानमन्त्री ओली र आफ्नो व्यक्तिगत टकराव नभइ संस्थागत टकराव रहेको पनि संकेत गरे। आफूलाई दबाब परिरहेको उल्लेख गर्दै कसैको दबाब र प्रभावमा काम नगर्ने उनको स्पष्टोक्ति थियो।

आफू तटस्थ बस्न चाहेपनि आफ्ना पक्षमा काम नगरेकोमा केहीलाई चित्त दुखाइ रहेको उनको भनाइ छ। उनले थपे, ‘आफ्ना पक्षमा काम गरिदेओस् भन्ने चाहने केही छन्। मेरो पक्षमा काम गरेन भन्ने चाहना अन्तरनिहीत भएको म मान्छु। म देश र जनताप्रति पूरै निष्ठाका साथ काम गर्नेछु।’

एमसीसी अघि नबढाउने संकेत
प्रधानमन्त्री ओलीलाई संकेत गरेर कतै उल्लेख नगरेका सापकोटाले घुमाउरो भाषामा जतिसुकै दबाब सिर्जना गरिए पनि एमसीसी अघि नबढाउने उल्लेख गरेका छन्। उनले 'फेयरनेस' हेर्नुपर्ने भन्दै आफू दबाबमा आएर एमसीसी अघि नबढाउने संकेत गरेका छन्। 'स्वतन्त्रपूर्वक काम गर्नुपर्छ। मैले कसैको दबाबमा काम गरेको छैन। कसैको प्रभावमा काम गरेको छैन। विवेक र चेतनाले जे भनेको छ त्यही गर्छु। स्वतन्त्र ढंगले निर्णय गर्नुपर्छ। फेयरनेस पनि हेर्नुपर्छ,' उनको भनाइ छ।

जनताले सार्वभौमसत्ता आफूले निर्वाचित गरेका सांसदको हातमा सुम्पेकाले त्यो जोगाउने दायित्व कहिलेकाहीँ सभामुखको हातमा आइपुग्ने पनि उनको भनाइ थियो। उनले भने, 'जनताले सार्वभौमसत्ता आफ्ना प्रतिनिधिलाई सुम्पेका हुन्छन्। सार्वसौभसत्ता निश्चित बेला सभामुखमा केन्द्रित हुन्छ। सभामुख देशका सबै जनताको भावना बुझेर अघि बढ्नुपर्छ।'

देशमा धेरै जनता एमसीसीको विपक्षमा रहेकाले आफूले त्यहीअनुसार अघि बढ्नुपर्नेतर्फ उनको संकेत थियो। यसमा आफूले स्पष्टीकरण दिनुनपर्ने बताउँदै कतिपय निर्णय आफैं स्पष्ट हुने उल्लेख गरे। आफूले जानेर कुनै त्रुटी नगर्ने बताउँदै देश र जनताको हितका पक्षमा उभिएको उनले बताए। 

आफूमाथि अहिले जति आरोप लागेपनि र जति भ्रम सिर्जना गरेपनि एक दिन भ्रम तोडिने उनको विश्वास छ। ‘मलाई यति विश्वास छ कि धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ। केही मान्छेलाई सँधैका लागि भ्रममा पनि पार्न सकिन्छ तर, सँधै सबैलाई भ्रममा राख्न सकिँदैन,’ उनको भनाइ थियो। 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र... शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह नेपालका सङ्घीय सांसद डा. अर्जुन कार्कीले जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् उत्थानशीलता अभिवृद्धि तथा जलवायुजन्य क्षति र नोक्सान... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । आचार्यले २ हजार ६४८ मत... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्