• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीको शृंखलाबद्ध प्रहार, सभामुख सापकोटाको प्रतिकात्मक जवाफ

64x64
नेपाल लाइभ आइतबार, वैशाख ५, २०७८  २०:५५
1140x725

काठमाडाैं- 'संसद्ले काम गर्न दिएन, सभामुखले अराजक र अनैतिक काम गरिराख्नुभएको छ,' शनिबार बालुवाटारमा आफैंले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध तीतो पोखे।

सभामुख सापकोटाले आइतबार त्यही प्रसंगलाई लक्षित गरेर जवाफ फर्काए, ‘जुन दिनदेखि राष्ट्रिय हितका पक्षमा निर्भिकतापूर्वक संघीय संसद् उभियो, त्यही दिनदेखि घेराबन्दी शुरु भयो। निकै ठूलो घेराबन्दी भइरहेको छ।’

प्रधानमन्त्री ओलीले सभामुख सापकोटामाथि यस्तो आरोप लगाएको पहिलोपटक होइन। प्रधानमन्त्री ओलीसँग 'जुहारी खेल्न चाहन्नँ' भन्ने सापकोटाले जवाफ फर्काएको भने पहिलोपटक हो।  

आफूविरुद्ध प्रधानमन्त्री झन्–झन् आक्रामक हुन थालेपछि सभामुख सापकोटा केही 'क्लियर' गर्ने अवस्थामा पुगेको आइतबारको प्रस्तुतिबाट झल्किन्थ्यो। ‘बहस भइरहेको छ। यो बहस व्यक्ति विशेषको होइन। व्यक्ति–व्यक्तिबीचको टक्कर हो कि भन्ने लागिरहेको होला। तर, त्यस्तो होइन,’ उनले थप स्पष्ट पारे। भनाइको तात्पर्य थियो, राज्यका तीन अंगमध्ये कार्यपालिका र व्यवस्थापिका नै यतिबेला मतैक्य हुन सकिरहेका छैनन्। 

प्रधानमन्त्रीको शृंखलाबद्ध प्रहार
सभामुख सापकोटाविरुद्ध प्रधानमन्त्री ओलीले निरन्तर प्रहार गर्दै आएका छन्। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सहयोग परियोजना सम्बन्धी सम्झौता संसद्मा निर्णायार्थ प्रस्तुत गर्न सभामुख सापकोटाले रोकेको प्रधानमन्त्री ओलीको बुझाइ छ। त्यसैले उनी सभामुख सापकोटासँग असन्तुष्ट छन्।  

शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले राखेको कुरालाई उदृत गर्दै परराष्ट्रमन्त्री पदीप ज्ञवालीले भनेका थिए, 'खासगरी एमसीसी लामो समयदेखि अड्किरहेको छ। झन्डै पौने दुई वर्ष भयो। त्यसलाई पास गर्ने कि नगर्ने भन्‍ने संसद्को आफ्नो कुरा भयो। संसद्लाई त्यो अधिकार छ। पास गर्न पनि सक्छ, नगर्न पनि सक्छ। तर, सभामुखले तजविजी अधिकार प्रयोग गरेर अड्केको छ, जुन तजविजी अधिकार उहाँसँग छैन।' 

यसअघि २०७७ चैत ३० गते उत्पीडित जातीय मुक्ति समाजको भेलामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई बन्धक बनाइएको बताउँदै सभामुख थिति-विधिमा चल्न नसकेको आरोप लगाएका थिए। उनले सभामुख सापकोटाले मर्यादा समेत उल्लंघन गरेको भन्दै प्रश्न तेर्स्याएका थिए, 'हामीले एमसीसी निर्णयका लागि संसद्‌मा प्रस्तुत गरेका छौं। सभामुखले निर्णयार्थ पेश गर्नुहुन्न। सभामुखले कुनै मर्यादा मान्नुपर्दैन? सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुन्छ? सरकारले पेश गरेको चिज सभामुखले निर्णयार्थ संसद्‌मा पेश गर्नुपर्दैन? पेश नगर्ने? उहाँहरूलाई कानुनको, संविधानको केही मतलब छैन? थितिको मतलब छैन, विधिको मतलब छैन?'

त्यसअघि पुस ९ गते सभामुखलाई प्रधानमन्त्री ओलीले 'किर्ते मान्छे'को संज्ञा दिएका थिए। बालुवाटारमा आयोजित आफूपक्षीय केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले टिप्पणी गरेका थिए, 'सभामुख भनेको एउटा स्वच्छ मान्छे हुनुपर्छ। हामीले एउटा किर्ते मान्छेलाई सभामुख मान्नुपर्ने। मानेर आइयो। कत्रो बिडम्बना। यस्ता किर्तेहरूको हातमा जब नेतृत्व हुन्छ। अनि प्रणाली अप्ठ्यारोमा पर्छ।’

Ncell 2
Ncell 2

त्यही कार्यक्रममा प्रधानमन्त्री ओलीले सभामुखलाई कानुनको ज्ञान नभएको र कानुनी संघर्षको अत्तोपत्तो नभएको समेत आरोप लगाएका थिए। आरोप लगाउने क्रम ओलीले दोहोर्‍याइरहे। पुस १९ गते ओलीपक्षीय अनेरास्ववियूद्वारा कार्की ब्यांक्वेटमा आयोजित भेलामा ओलीको आक्रोश थियो, ‘सभामुख जस्तो मान्छे, कीर्ते कामको साक्षी बन्नु कहाँसम्मको लज्जा हो? कहाँसम्म संसदीय प्रणालीको तमासा? कहाँसम्म देशको हुर्मत लिने काम? तपाईंहरू बुझ्न सक्नुहुन्छ। उहाँहरूको झुट बोल्ने बानी।’

उनले राष्ट्रिय सभामा पुगेर समेत प्रतिनिधि सभाका सभामुख सापकोटाविरुद्ध अमिलो पोखे। पुस २६ गते राष्ट्रिय सभाको बैठकमा ओलीले संसदीय प्रणालीकै हुर्मत लिने खालको लज्जाबोध हुनेगरी सभामुखले काम गरेको आरोप लगाए। उनको आक्रोशमिश्रित कटाक्ष थियो, ‘संसद् विघटन भइसकेपछि साढे ३ बजे अविश्वासको प्रस्ताव दर्ता गर्न रन्थनिएका केही मान्छेहरू आइपुग्छन्। संसद् विघटन भइसक्यो, कहाँको अविश्वास प्रस्ताव ल्याएको भनेर सचिवालयले भन्यो। भन्न पनि लाजमर्दो। हाम्रो सभामुखले घुँडामा राखेर १०:४० मै मकहाँ ल्याएका थिए, यो निवेदन भनेर प्रमाणीकरण गरिदिनु भएछ। संसदीय प्रणालीकै हुर्मत लिने खालको यो लज्जाबोध हुने कुरा हो। एउटा स्पिकरले, दुःखका साथ भन्नुपर्छ यस्तो झुठो प्रमाणीकरण गर्नुहुन्छ?'

सापकोटाको जवाफ
प्रधानमन्त्री ओलीले सभामुख सापकोटामाथि यसरी आरोप लगाइरहँदा आफू जुहारी नखेल्ने भनेर लामो समय उनी पन्छिए। गत माघ २३ गते प्रधानमन्त्रीको आरोपका विषयमा गरिएको प्रश्नमा उनको उत्तर थियो, 'जवाफ दिएर मेरो मौलिकता र विशेषता कमजोर बनाउन चाहन्नँ। म जुहारी खेल्न चाहन्नँ।'

शनिबारको आरोपपछि भने सभामुख सापकोटाले स्पष्ट पार्ने कोशिस गरे। उनले आफूविरुद्ध नभइ संघीय संसद्‌विरुद्ध ठूलो घेराबन्दी भइरहेको बताए। पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले आफू सभामुखका रूपमा 'राष्ट्रिय हितका पक्ष'मा उभिएदेखि नै यस्तो घेराबन्दी भएको बताएका हुन्। राष्ट्रिय हित भनेर उनले प्रतिकात्मक रूपमा एमसीसीतर्फ संकेत गरेका थिए। 

उनले प्रधानमन्त्री ओली र आफ्नो व्यक्तिगत टकराव नभइ संस्थागत टकराव रहेको पनि संकेत गरे। आफूलाई दबाब परिरहेको उल्लेख गर्दै कसैको दबाब र प्रभावमा काम नगर्ने उनको स्पष्टोक्ति थियो।

आफू तटस्थ बस्न चाहेपनि आफ्ना पक्षमा काम नगरेकोमा केहीलाई चित्त दुखाइ रहेको उनको भनाइ छ। उनले थपे, ‘आफ्ना पक्षमा काम गरिदेओस् भन्ने चाहने केही छन्। मेरो पक्षमा काम गरेन भन्ने चाहना अन्तरनिहीत भएको म मान्छु। म देश र जनताप्रति पूरै निष्ठाका साथ काम गर्नेछु।’

एमसीसी अघि नबढाउने संकेत
प्रधानमन्त्री ओलीलाई संकेत गरेर कतै उल्लेख नगरेका सापकोटाले घुमाउरो भाषामा जतिसुकै दबाब सिर्जना गरिए पनि एमसीसी अघि नबढाउने उल्लेख गरेका छन्। उनले 'फेयरनेस' हेर्नुपर्ने भन्दै आफू दबाबमा आएर एमसीसी अघि नबढाउने संकेत गरेका छन्। 'स्वतन्त्रपूर्वक काम गर्नुपर्छ। मैले कसैको दबाबमा काम गरेको छैन। कसैको प्रभावमा काम गरेको छैन। विवेक र चेतनाले जे भनेको छ त्यही गर्छु। स्वतन्त्र ढंगले निर्णय गर्नुपर्छ। फेयरनेस पनि हेर्नुपर्छ,' उनको भनाइ छ।

जनताले सार्वभौमसत्ता आफूले निर्वाचित गरेका सांसदको हातमा सुम्पेकाले त्यो जोगाउने दायित्व कहिलेकाहीँ सभामुखको हातमा आइपुग्ने पनि उनको भनाइ थियो। उनले भने, 'जनताले सार्वभौमसत्ता आफ्ना प्रतिनिधिलाई सुम्पेका हुन्छन्। सार्वसौभसत्ता निश्चित बेला सभामुखमा केन्द्रित हुन्छ। सभामुख देशका सबै जनताको भावना बुझेर अघि बढ्नुपर्छ।'

देशमा धेरै जनता एमसीसीको विपक्षमा रहेकाले आफूले त्यहीअनुसार अघि बढ्नुपर्नेतर्फ उनको संकेत थियो। यसमा आफूले स्पष्टीकरण दिनुनपर्ने बताउँदै कतिपय निर्णय आफैं स्पष्ट हुने उल्लेख गरे। आफूले जानेर कुनै त्रुटी नगर्ने बताउँदै देश र जनताको हितका पक्षमा उभिएको उनले बताए। 

आफूमाथि अहिले जति आरोप लागेपनि र जति भ्रम सिर्जना गरेपनि एक दिन भ्रम तोडिने उनको विश्वास छ। ‘मलाई यति विश्वास छ कि धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ। केही मान्छेलाई सँधैका लागि भ्रममा पनि पार्न सकिन्छ तर, सँधै सबैलाई भ्रममा राख्न सकिँदैन,’ उनको भनाइ थियो। 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा
सम्बन्धित सामग्री
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तय... सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए । सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टी पनि त्यतिकै गम्भीर अवस्थामा छ । पार्ट... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश सोमबार, पुस २८, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्