काठमाडाैं- ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को आयोजना जेठ २२ गते पोखरामा हुने भएको छ। दुवई, यूरोप र अष्ट्रेलियामा समेत आयोजना हुने फेसन शो तयारी भैरहेको छ।
शोका आयोजक सन्तोष अधिकारी अष्ट्रेलियाको सम्पूर्ण तयारी सकेर नेपाल फर्किसकेका छन्। उनले नेपालमा समेत कोरोना संक्रमणकाे दोस्रो लहरको जोखिम बढेकाले थोरै जनशक्तिको सहभागीतामा कार्यक्रम गरिने बताए।
उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागीता रहनेछ। कोरोनाले विश्व नै आक्रान्त बनिरहेकाे बेला नेपाली कला र संस्कृति प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताइएकाे छ। यसअघि मार्च १५ मा आयोजना हुने भनिएको कार्यक्रम कोरोनाका कारण केही ढिला भएको बताए।
‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को लागि केही दिन पहिले काठमाडौंमा आयोजित ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा अभिनेता प्रशान्त ताम्राकार, अपर्ण थापा, सन्दीप क्षेत्री, अभिनेत्री बेनिशा हमाल, निर्देशक दीपेन्द्र के खनाल, देवकुमार श्रेष्ठ, रंगपत्रकार प्रकाश सुवेदी, मेघा मोडल सिजन ४ विजेता पूजा बराल लगायतकाको सहभागीता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।