• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालुवाटारमा जे भयो : ओली बोल्दाबोल्दै तीनपल्ट रोके घनश्यामले, वामदेव बोल्नै पाएनन्

64x64
नेपाल लाइभ शुक्रबार, चैत १३, २०७७  २०:०२
1140x725
तस्बिर : निमेषजंग राई/नेपाल लाइभ

काठमाडाैं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको संसदीय दलको बैठक धेरै हिसाबले फरक थियो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएका यसअघिका बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू उपस्थित हुने गरेका थिएनन्। बालुवाटारमै बोलाइएका केन्द्रीय कमिटी बैठकमा पनि खनाल र नेपाल पक्षका नेताहरूको उपस्थिति भएन।

शुक्रबारको बैठकमा भने नेपाल र भीम रावलबाहेक यो पक्षका सबैजसो सांसदहरू सहभागी भए। त्यहीकारण हुनसक्छ, ओलीले बैठकमा बोल्ने क्रममा ‘आज नयाँ मान्छे देखियो नि!’ भनेर कटाक्ष गरेका थिए। शुक्रबार बिहान बसेको खनाल र नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठकले बालुवाटारको बैठकमा सहभागी हुने निर्णय गरेको थियो। 

तर, बैठकमा पुग्नसाथै अध्यक्षबाट ‘नयाँ मान्छे’ भन्ने कटाक्ष भएपछि खनाल-नेपाल पक्षका सांसदहरूको बालुवाटार अनुभूति सुखद बन्न सकेन। ओली जति जति बोल्दै गए, उनीहरूले झन् बढी असुरक्षित महसुस गर्दै गए। पार्टी एकतावद्ध होला भन्ने आशासहित बालुवाटार पुगेका धेरै सांसदहरूले पार्टी थप समस्यातर्फ अघि बढेको अनुभूति गरे। किनभने त्यहीक्रममा ओलीले माधवकुमार नेपाल र भीम रावलले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीयोग्य रहेको समेत बताए।

सुरुमै झलनाथमाथि आक्रोश  
संसदीय दलको बैठकको सुरुवात प्रधानमन्त्री ओलीले गरेका थिए। त्यसक्रममा उनले पुस ५ गतेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय असंवैधानिक नभएको जिकीर गर्दै संवैधानिक कदम भए पनि अदालतले त्यसलाई नमानेकाले आफूले बाध्य भएर मान्नुपरेको बताएका थिए।

लगत्तै उनले एमालेका उपमहासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बोल्न समय दिए पनि वरिष्ठ नेता झलनाथ खनालले बीचमै समय मागेर बोलेका थिए। बैठकमा सहभागी एक सांसदका अनुसार खनालले त्यसक्रममा भने, ‘पुस ५ गतेको कदमले प्रतिनिधि सभाको राजनीतिक मृत्यु भइसकेको थियो, तर परिस्थिति अर्कोतिर मोडिएपछि हामी पनि फर्केर आयौं। अब नेकपालाई एकतावद्ध गर्न सकिन्न भने पनि कम्तीमा एमालेलाई एकतावद्ध गरौं।’

खनाललाई बीचमै रोकेर ओलीले प्रतिवाद गरे। प्रतिनिधि सभा विघटनलाई राजनीतिक मृत्यु वा हत्या केही पनि भन्न नमिल्ने टिप्पणी गरे। बरु त्यसपछि आफूलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरिएको भन्ने कुरा कोट्याए। र, त्यसपछि पौडेललाई बोल्ने समय दिए। पौडेल बोलिसकेपछि फेरि प्रधानमन्त्री ओलीले नै लामो मन्तव्य दिए। त्यतिञ्जेल खनाल भने बैठकबाट हिँडिसकेका थिए। 

ओली बोल्दाबोल्दै तीनपल्ट रोके घनश्यामले
प्रधानमन्त्री ओली बोलिरहँदा खासगरी वरिष्ठ नेता नेपालप्रति लक्षित आलोचना ज्यादा गरिरहेका थिए। र, फागुन २८ गतेयता आफूपक्षधर कमिटीबाट भएका निर्णय पार्टीका निर्णय भएको जिकीर गरिरहेका थिए। सँगै आफूविरुद्ध कसरी घेराबन्दी गरियो भन्ने फेहरिस्त पनि प्रस्तुत गरे उनले। त्यसलाई सुनिरहन गाह्रो भएपछि एमाले उपमहासचिव घनश्याम भूसालले बोल्दाबोल्दै ओलीलाई रोके। र भने– ‘पार्टीलाई एकतावद्ध पार्ने स्पिरिट यो होइन, यसले पार्टीलाई एकतावद्ध बनाउँदैन।’

बैठकमा सहभागी अर्का एक सांसदका अनुसार ओली बोलिरहँदा भूसालले तीनपल्ट रोकेर प्रतिवाद गरेका थिए। ‘यो पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्ने हो भने जेठ २ मा फर्कनुपर्छ। अब एमाले जेठ २ को अवस्थाबाट सक्रिय हुनुपर्छ’, भूसालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘त्यहाँ फर्केपछि एमालेको संरचना पनि त्यहीँ फर्कन्छ। त्यसो हुँदा फागुन २८ यता भएका कुनै पनि निर्णय विधि र पद्धतिसंगत हुँदैनन्, छैनन्। त्यसैले अब जेठ २ मै फर्कौं र छलफल गरौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसक्रममा भूसालले ओलीले गलत तथ्यमा टेकेर बोलिरहेको भन्दै ध्यानाकर्षणसमेत गराएका थिए। ‘तपाईं फेरि पनि गलत भनिरहनुभएको छ। प्रतिनिधि सभा विघटनदेखि फागुन २८ गते र त्यसयता भएका भनिएका निर्णय गलत हुन्, विधिसम्मत होइनन्। यो सबै मिलाउन अब जेठ २ मै फर्कौं’, भूसालको भनाइ थियो। 

योगेश र गोकर्णले पनि रोके
प्रधानमन्त्री ओली बोलिरहँदा माधव नेपाल पक्षका नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टले पनि बीचमै रोकेर आफ्ना कुरा राखेका थिए। त्यसक्रममा भट्टराईले पार्टीमा फरक विचार हुने कुरा र फरक विचार बोक्नेले आफ्ना कुरा पनि राख्ने विषय पार्टीको आन्तरिक लोकतन्त्र र जबजको स्पिरिट भएको बताएका थिए। ‘तपाईं बैठक बस्यो भन्नुहुन्छ, म यो पार्टीको सचिव हुँ, तर मैले बैठकको जानकारी पाएको छैन’, भट्टराईको भनाइ उद्धृत गर्दै अर्का एक सांसदले भने, ‘एकपक्षीय ढंगले अघि बढ्न खोजिएको छ, यसले राम्रो गर्दैन। तपाईंले ठूलो मन बनाएर आउनुपर्‍यो।’

बैठकमा सहभागी सांसदहरू। तस्बिर : निमेषजंग राई/नेपाल लाइभ

बोल्ने क्रममा प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल र भीम रावलले बिहीबार बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको, उल्टै आफूमाथि आरोप लगाएको भन्दै दुवैको स्पष्टीकरण कारबाहीयोग्य भएको बताएका थिए। ‘चित्तबुझ्दो स्पष्टीकरण छैन, उल्टै मलाई यो गर्‍यो र त्यो गर्‍यो भन्ने आरोप लगाइएको छ, स्पष्टीकरण कारबाहीयोग्य छ’, ओलीले भनेका थिए, ‘अरु दुईजनाको स्पष्टीकरण आएको छैन, त्यो सकारात्मक आउला भन्ने अपेक्षा छ।’ 

ओली बोल्दाबोल्दै विष्टले पनि बीचमै रोकेर आफ्ना कुरा राखेका थिए। एकपक्षीय रुपमा अघि बढेर कहीँ नपुगिने भन्दै विष्टले भनेका थिए, ‘अब कुराहरु गरिराखौं, संवादका अनेक प्रक्रिया र च्यानल हुन्छन्। तिनलाई पनि महत्व दिऔं।’

वामदेवले समय पाएनन्
प्रधानमन्त्री ओली बोलिरहँदा उपाध्यक्ष वामदेव गौतमले पनि बोल्न समय मागेका थिए। तर, उनले समय पाएनन्। वामदेवले बोल्न खोजेर समय मागेपछि ओलीले भने, ‘आज मेरो अर्को कार्यक्रम छ, विराटनगरको कार्यक्रम (भर्चुअल) उद्घाटन गर्नुपर्ने छ। आजलाई समय दिन सकिएन।’ 

यसबाहेक बैठकमा बोलेका अर्थमन्त्री विष्णु पौडेलले भने विकास र बजेटबारे मात्र कुरा गरे, राजनीतिबारे भने केही बोलेनन्। उनले एमालेका सांसदहरुलाई आउँदो बजेटका लागि तलबाटै योजना पठाउन आग्रह गरेका थिए। 

ओलीको ‘मूड’
शुक्रबार बालुवाटारमा भएको बैठकमा सहभागी सांसदहरुले प्रधानमन्त्री ओलीको ‘मूड’ आक्रामक देखिएको टिप्पणी गरे। प्रधानमन्त्री ओलीनिकट र वरिष्ठ नेता माधवकुमार नेपालनिकट दुवैथरी सांसदहरुले उनको यस्तै ‘मूड’ देखिएको सुनाए। 

नेपालनिकट एक सांसदले टिप्पणी गरे, ‘हामीले जे गरेका छौं, त्यहीमात्र ठिक हो भनेर दाबी गर्नुभयो। लजिक केही नभए पनि त्यसलाई नै पुष्टि गर्ने प्रयत्न गर्नुभयो। अब करेक्सन गरेर जानुपर्छ भन्ने कुनै संकेत देखिएन, बरु विरोधीलाई कारबाही गरेर जानुपर्छ भन्ने बोली नै सुनियो।’

शुक्रबारको बैठकमा बोल्नेक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको आयु अझैं पूरै डेढ वर्ष रहेको जिकीर गरेका थिए। ‘केही मान्छेहरु अब हाम्रो सरकार बनाउँछौं भनेर चर्का कुरा गर्थे, अहिले कोही बोल्दैनन्’, उनले भनेका थिए, ‘मलाई हटाउँछौं भन्नेहरु पनि अब त कता साइड लागे।’

ओलीले पार्टीमा गुटलाई कुनै छूट नभएको, विगतमा गुट चलाएको भएपनि अब चलाउन नपाउने समेत बताएका थिए। ‘उहाँले अब एक भएर अघि बढ्नुपर्छ भन्नुभो, त्यो भनेको उहाँले भनेको मान्नुपर्छ भन्ने टोनमा थियो’, ती सांसदले भने। 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  २०:०२
  • #केपी_ओली
  • #नेकपा_एमाले
  • #संसदीय_दल
  • #घनश्याम_भूसाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू
सम्बन्धित सामग्री
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग सिफारिस सूचीमा भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम छ। पूर्वप्रधानसेनापति गौ... शुक्रबार, असोज २, २०८३
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । शुक्रबार, असोज २, २०८३
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले सरकारबाट दमन र ज्यादती भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलन आवश्यक रहे... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग शुक्रबार, असोज २, २०८३
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना शुक्रबार, असोज २, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू शुक्रबार, असोज २, २०८३
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्