काठमाडौं–बलिउड अभिनेत्री आलिया भट्ट निकै फिट र सुन्दर देखिन्छिन्। सुन्दर देखिनका लागि उनले निकै मेहनत पनि गरेकी छन्।
बलिउडमा आउनु अघि उनी निकै मोटी थिइन्।
पहिलो फिल्म ‘स्टुडेंट अफ द इयर’ का लागि उनले १६ किलो तौल घटाएकी थिइन्।
उनले यो तौल निकै कम समयमा घटाएकी थिइन। उनले कम समयमा कसरी आफ्नो तौल घटाइन त?
आफ्नो फिटनेसबारे उनी भन्छिन्, ‘फिगर बनाउनु छ भन्नेबारे म सोच्दिनथेँ। केबल स्वस्थ र फिट रहने रहनुपर्छ भन्ने कुरामा विश्वास गर्दथे।’
तर, अहिले आलिया नियमित रुपमा जिममा एक्सरसाइज र योगा गर्छिन्। उनकी फिटनेस टे«नर यास्मिन काराचिवालाले समयसमयमा आलियासँगै साथमा वर्कआउट गरिरहेको भिडियो पनि सेयर गरिरहेकी हुन्छिन्।
आलिया पनि आफ्नो इन्स्टाग्राममा आफ्नो एक्सरसाइज र योगा गरिरहेको र स्वस्थ खाना खाइरहेको भिडियो र तस्विर सेयर गरिरहेकी हुन्छिन्।
आलियालाई एक्सरसाइज र वर्कआउट गर्न मन पर्छ। खासगरि धेरैजसो सेलिब्रेटी विकेंडमा एक्सरसाइट गर्न छोड्छन्। तर आलिया समय पाएसम्म विकेंडमा पनि वर्कआउट गर्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।