• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘मिच्छामि दुक्कडम’ : क्षमा मागौं, क्षमा दिऔं

गणेशप्रसाद लाठ मंगलबार, चैत ३, २०७७  ०७:००
1140x725

एक बिहान सुरञ्जन गाडीमा कतै जाँँदै थिए, मोबाइलमा एसएमएस आयो। एक भारतीय मित्रले लेखेका थिए, ‘मित्र, क्षमादान दिनू। लामो समयदेखि तिमीसित गफ हुन सकेको छैन। आज पर्यूषण पर्वको अवसर पारेर सच्चा हृदयले याचना गर्दै छु- यदि मैले आफ्नो मन, वचन अथवा कर्मले जानेर अथवा नजानेर तिम्रो चित्त दुखाएको भए हात जोरेर क्षमायाचना गर्दछु। मिच्छामि दुक्कडम!’

उनलाई मित्रको भनाइ निकै मीठो लाग्यो। अन्य मित्रहरूले पनि प्रत्येक वर्ष यस्तै एसएमएस पठाउने गरेको उनलाई सम्झना भयो। उनले त्यही एसएमएस कपी गरेर देश-विदेशका अन्य मित्रहरूलाई पठाए। उनको मनमा सुखद अनुभूतिका सुक्ष्म तरङ्गहरू उठ्न थाले।

उल्लिखित अंश पंक्तिकार आफैंले लेखेको काल्पनिक उपन्यास ‘क्षमादान’बाट झिकिएका हुन्। तपाईंलाई कौतुहल हुन सक्छ, यो पर्यूषण पर्व के हो? ‘मिच्छामि दुक्कडम’को अर्थ के हुँदो होला? खासमा पयुर्षण पर्व भनेपछि जैन धर्मवलम्बीहरुले विशेष महत्वका साथ मनाउँदै आएको एक वार्षिक उत्सव हो। श्वेताम्बर जैन धर्मवलम्बीहरु यो उत्सव आठ दिनसम्म मनाउने गर्छन् भने दिगम्बर जैन धर्मवलम्बीहरु दश दिनसम्म मनाउँछन्। 

उत्सवको अवधिभर पूजा, अर्चना, समागम, तपस्या, आरती, त्याग, उपवास जस्ता धार्मिक कार्यक्रमहरू धुमधामपुर्वक आयोजना गरिन्छ। र, उत्सवको अन्तिम दिनलाई क्षमायाचना दिवसको रुपमा मनाउने गरिन्छ। सोही दिन जैन धर्मवलम्बीहरु ‘मिच्क्षामि दुक्कडम’ भनेर एक अर्कासित क्षमायाचना गर्छन्। मिच्क्षामिको शाब्दिक अर्थ ‘क्षमा’ हो र दुक्कडमको अर्थ ‘नराम्रो कर्म’।

गुम्सिएका पीडा फुकाऔं
पृथ्वीमा करोडौं रङ्ग-रुप, वर्ण, जाति-प्रजाति अथवा नश्लका प्राणी होलान्। तथापि मानव मात्र यस्तो प्राणी हो जो मानसिक एवं बौद्धिक रुपमा अन्य सबै प्राणीभन्दा बलियो एवं तीक्ष्ण हुन्छ। मानव मात्र नै यस्तो विलक्षण क्षमतावान प्राणी हो, जसभित्र स्वय‌ंको मात्र होइन अरु मानवलगायत अन्य प्राणीको समेत दुःख–सुख, आनन्द–पीडा, आशक्ति–विरक्ति समेत बुझ्न सक्ने सामर्थ्य हुन्छ। त्यसैले हुनसक्छ, हामी कुनै पनि मान्छेको मूल्यांकन उसको सोचाइ, वचन र कर्मको आधारमा सजिलै गर्न सक्छौं। आफ्नो सम्पर्कमा आउने मान्छेको हाउभाउ आदि हेरेर मात्र उसको मनभित्र लुकेका कुरा ठम्याउन सकेका हुन्छौं।

मधेशतिर एउटा आहान छ, ‘इ त तोहार व्यवहार बताई, भात खाए लायक बार कि लात!’ (अर्थात्, ‘यो त तिम्रो व्यवहारले निर्णय गर्ने हो, तिमीले भात खान पाउने हो कि लात!’) हुन पनि हो, कुनै व्यक्तिविशेषले आफ्नो सोचाइ, वचन वा कर्मद्वारा अनुचित अथवा अपेक्षा गरिएको भन्दा विपरीत व्यवहार प्रदर्शन गर्दछ भने सरोकारवाला व्यक्तिभित्र अपमान, पीडा अथवा क्रोधको भाव स्वस्फूर्त रुपमा उत्पन्न हुन थाल्छ।

यस्ता खराब वचन अथवा व्यवहारका कारण बर्षौं पुरानो मित्रता कठोर शत्रुतामा परिणत हुन बेर लाग्दैन। एउटै आमाका दुई सन्तानबीच बोलचाल-आवतजावत समेत बन्द भइदिन्छ। कतिपय बेला त एउटा व्यक्तिले अञ्जानमै अर्काको अपमान गरिराखेको हुन्छ। त्यस्ता व्यक्तिलाई ‘तैंले यो बेठीक गरिस्’ भनेर कसैले सम्झाइदिएको पनि हुँदैन। अनि, मलाई फलानोले अपमानित गर्‍यो भनेर मनभित्र घाउ पालेर बस्नेसम्मको अवस्था बन्छ।

आजको भागदौडको जिन्दगीमा हामी कोही पनि यस्तोखाले परिस्थितिबाट अछुतो छैनौं। जानाजान होस् अथवा अञ्जानमै, कति आफन्त, हितैषी वा परिचितहरुको चित्त हामीले दुखाएका हुन्छौं। कतिपय बेला हामी स्वयम् पनि त्यसरी चित्त दुख्ने पीडितको कित्तामा परेका हुन्छौं। यस्तो परिस्थितिमा हामीले आफूसित चिनजान भएका अथवा नजिकका व्यक्तिहरुलाई वर्षमा कम्तीमा एक पटक मौका पारेर, भेटेर अथवा फोन संवाद गरेर भए पनि क्षमायाचना साटासाट गर्न सक्छौं। त्यसो गर्‍यौं भने लामो समयदेखि गुम्सिएर बसेको तिक्तता अथवा अपमानको घाउ तत्क्षण निको हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

होलीले सम्झाएको क्षमायाचना र क्षमादान
मैले ‘क्षमादान’ उपन्यास लेखें। यो अपराधकर्म, प्रतिशोध, इख, क्षमायाचना र क्षमादानवरिपरी घुम्दै गरेको कथा हो। यस कथाका एक पात्र हुन्, सुरञ्जन। उनी अनेकन् ग्लानीबोधबाट जेलिएका हुन्छन्। र, उनीभित्र कसैकसैप्रति प्रतिशोधको आगो पनि उत्तिकै दन्किएको हुन्छ। उनी भित्रभित्रै दुःख र पीडाले भरिएका हुन्छन्। रातभरि ठीक ढङ्गले निदाउनसमेत सकेका हुँदैनन्। तर, एक दिन कुनै एक भारतीय मित्रको ‘मिच्छामि दुक्कडम’ सन्देश प्राप्त हुनसाथै उनीभित्र सकारात्मक ऊर्जाको रसायन सक्रिय हुन्छ। उनी आफ्ना अन्य मित्रहरुलाई समेत त्यही सन्देश पठाउँछन्। र, त्यसबाट उनलाई अनौठो सन्तुष्टिको भाव प्राप्त हुन्छ।

त्यो सकारात्मक रसायनको प्रभावले नै होला, उनी आफ्ना पिताको हत्या गर्ने व्यक्तिकी आमालाई खोज्न काठमाडौंबाट सिरहा हिँड्छन्। पिताको हत्या गर्ने व्यक्ति त जेलमा हुन्छ, तर बिधवासरह जीवन बिताउँदै आएकी आमा चाँहि मन्दिरअगाडि भीक्षा मागेर जेनतेन बाँचेकी हुन्छिन्। उनलाई खोज्दाखोज्दै सुरञ्जन त्यही मन्दिर अगाडि पुग्छन्। 

ती महिलाको दारुण अवस्था देखेर सुरञ्जनका आँखा द्रवित हुन्छन्। उनी आदेशात्मक स्वरमा आफ्नो कर्मचारी मुनीलाललाई भन्छन्, ‘आइसँ ई महिलाक बासस्थान तोँ बैसेत आएल हमर घर हएत। ओकरा एकटा अलगे कोठा दऽ दिहे। कपडालत्ता, खानपिन आ दवाईपानीके सेहो कोनो कमी होबऽ नहीँ दिहे। ओकर ख्याल राखू। खर्च घटलापर हमरा खबर करू।’ (आजदेखि यी महिलाको बासस्थान तिमी बस्दै गरेको हाम्रो घर हुन्छ है। उनलाई एउटा सिङ्गो कोठा दिनू। लत्ताकपडा, खानपिन र दवाईपानीको कुनै कमी हुन नदिनू। यिनको ख्याल राख्नू। खर्च घटेको खण्डमा मलाई खबर गर्नू।)

यति गरेपछि उनको अन्तर्मनमा सुखद् अनुभूतिका तरङ्गहरू घनीभूत हुन थाल्छन्। लामो समयदेखि कुनै नजानिँदो भारीबाट थिचिएको अनुभवबाट आफू मुक्त भएको अनुभव गर्छन्। त्यसैले भनिन्छ, अन्तस्करणलाई साक्षी राख्दै क्षमायाचना गर्नु साहसी मान्छेको काम हो भने सदासयताका साथ क्षमादान दिनु ठूलो हृदय भएकाहरुको काम हो। यी दुवै कामबाट जस्तोखाले अनुभूतिसित साक्षात्कार हुन्छ, त्यो आफैंमा विलक्षण हुन्छ।

Xtrem

Xtrem

यसपालीको होली (फागू पूर्णिमा) आउँदैछ। होलीमा परापूर्वकालदेखि चल्दै आएको क्षमायाचना र क्षमादानको परम्परालाई अझै जोडबल लगाउँदै सच्चा हृदयले निरन्तरता दिने कि?

([email protected])

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्