• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

राजमार्गमा ‘ज्यानमारा’ हाइ-बीम लाइट

संघर्ष पन्त सोमबार, चैत २, २०७७  ०७:११
1140x725
तस्बिरः पूर्वपश्चिम राजमार्गको इनरुवा-इटहरी खण्ड। 

‘झुम्कागिरा रे ... बरेली के बजारमे झुम्कागिरा, झुम्कागिरा, झुम्कागिरा... ओए होएएए। ...ए...ए...ए...ए..., लौन के गर्‍या!’ (झ्याप्प ब्रेक लाग्यो, टायर चिप्लिएर, घिस्रेर अर्कै गन्ध आयो।)

सुनसरीको इनरुवाबाट इटहरी फर्कने क्रममा झुम्का चोक आइपुगेपछि यही गीत गुनगुनाउँदै थिएँ। म चढेको टेम्पोले झयाप्पै ब्रेक लगाएपछि हामी सबै अगाडि हुत्तियौं। टायर घिस्रियो, गन्धी आउनेगरी। धन्‍न टेम्पो पल्टिएन। एकछिन त होसहवास उडेजस्तो भयो। चालक दाइलाई सोधें- के भयो, अलिक हेरेर चलाउनु न यार। 

‘हेरेरै चलाको हो के बैनी। तर, तो अगाडिको ट्रकको हाइ-बीम लाइटले आँखा चिम नै पो भयो होउ। मैले त केही पनि पो देखिन त। झण्डै बाइकलाई पो हानियो नि।’

उहाँले यसो भनिरहँदा मलाई अघिल्लो दिनको सम्झना भयो। म सात दिनको कार्यक्रमका निम्ति सुनसरीमा थिएँ। इनरुवा र इटहरीबीच लगातार आवतजावत गरिरहेको आज तेस्रो दिन थियो। दुई दिनसम्म कार्यक्रममा सहभागी हुनेहरुको बाइकमै हामीले यी दुई गन्तव्यबीचमा यात्रा गरेका थियौं। बिहान इटहरीमा कार्यक्रम अनि दिउँसो इनरुवामा। इनरुवामा कार्यक्रम सक्दा यस्तै बेलुकीको ६, साढे ६ बजिसक्थ्यो। अनि इटहरी फर्कंदा अँध्यारो भइसक्थ्यो। 

संघर्ष पन्त

पहिलो दिनको साँझ नै महेन्द्र राजमार्गमा इटहरी फर्किरहँदा मलाई डर लागिसकेको थियो। किनभने दुई तीनवटा गाडीले झण्डै हान्यो झैं भइसकेको थियो। दोस्रो दिनको बेलुकी फर्किने क्रममा त एउटा गाडीले यसरी सातो लियो कि म अन्तिम सास लिँदैछु कि झैं भयो। दोस्रो दिनको साँझ बाइकमा फर्कंदा झुम्का पुग्ने बेला विपरीत दिशाबाट हुत्तिएर आएको, हाइ-बीम लाइट बालेको बसले सातो लिएको थियो। उसको गति र लाइटले गर्दा म चढेको बाइक अचानक हाइवेबाट तल ओर्लनुपरेको थियो। धन्‍न तराईको समथर भूमि भएकाले खेतको छेउमा पुगियो, लड्न चाहिँ लडिएन।

सडकमा सवारी चढ्दा म गतिसँग एकदमै डराउँछु। जसको बाइकमा चढ्छु, विस्तारै चलाउन अनुरोध गर्छु। त्यस दिन पनि मेरो अनुरोधमा बाइकको गति २५-३० भन्दा ज्यादा थिएन। यो घटना भएपछि त मैले त्यो गति पनि घटाउन लगाएँ। बिस्तारै झुम्काचोक पनि  कट्यो तर, झुम्का पुलमा पुग्दा भने गलत साइडबाट एउटा बाइक आयो। उसलाई साइड दिँदा पुलको बिचबाट साइड-लाइट नै नबाली अर्को बाइकले एक्कासि बाटो काट्यो।

अगाडिबाट फेरि उही हाइ-बीम लाइट बालेका गाडी हुत्तिएर आए, मैले केही पनि देखिनँ। मुटु चिसो भयो। सोचें, काठमाडौंमा जन्मे/हुर्केकी मेरो सुनसरीमा मरन लेखेको रहेछ कि! बाइक चलाउनुहुने साथीले पनि केही नदेखेरै रोक्नुभयो। उहाँको पनि आश मरिसकेको रहेछ। धन्‍न ती गाडी हामीलाई नहानी गए। भाग्यको कुरा, पछाडि आइरहेका गाडि नजिक थिएनन्, त्यसैले बाइक रोक्नाले बाँचियो।
 
त्यसपछि बाटोमा के भयो, कसो भयो भन्‍ने केही ध्यान नदिएरै इटहरी पुगें। सोचें, केही भइहालेको भए घरपरिवारको के होला? भाइको पढाइ, घरको ऋण आदि कस्तो होला? मसँग ऋण लिएकाहरुकोबारे पनि मलाई बाहेक अरुलाई थाहा छैन, उनीहरुको बारे लिस्ट बनाएर घरमा छाडेको भए पनि त हुने! यस्तै सोच्दै होटेलमा पुगें। त्यहाँ पुग्नसाथै त्यहाँका साथीलाई ‘बरु खर्च व्यवस्थापन गरौँला, अबदेखि बाइकमा होइन गाडीमा जाने व्यवस्था मिलाइदिनुस्’ भनेर आग्रह गरें।

हाम्रो बजेटले गाडी लैजान पुग्ने भएन, तर टेम्पोलाई पुग्ने भयो। तेस्रो दिन हामी त्यसमै इटहरी-इनरुवा-इटहरी गरेका थियौं। दिउँसो १ बजे इटहरीबाट इनरुवा जाँदा एकदमै उत्साहित थियौं। गर्मी बढ्न थालेको राजमार्गको तातो हावा पनि रमाइलो लागिरहेको थिये। किनभने काठमाडौंमा यस्तो टेम्पो कहाँ पाउनु! हिजो अस्ति बाइकमा फर्कंदा सातो गए जस्तो भोग्नुपर्दैन भन्‍नेमा पनि ढुक्क थियौं हामी।

Ncell 2
Ncell 2
nimb
nimb

 

तर, हाइ-बीम लाइटले टेम्पो पनि सुरक्षित भएन। लाइटले आँखालाई गाह्रो भएपछि टेम्पो साइडमा लगाएर पानीले आँखा धुँदै गरेका चालक दाइलाई फेरि सोधें- यस्तो किन हुन्छ? उहाँले भन्‍नुभो- ‘सडकछेउमा बत्ती छैन, बाटो देखिन्‍न, सबैले हाइ-बीम लाइट बाल्छन्। आफूले हाइ-बीम लाइट बाल्दा बाटो देखिन्छ तर, त्यो बाल्दा अरुले बाटो देख्दैनन्। गाह्रो हुन्छ, त्यो चैं बुझ्दैनन्।’
 
सामान्यतया राजमार्गमा हाइ-बीम लाइट नै बालिन्छ। तर, अरु गाडी वा बस्ती नजिक आएपछि त्यसलाई ‘डीम’ पार्नुपर्छ। राजमार्गमा चल्ने प्रायः सबै गाडीहरु यही नगर्दा रहेछन् जसले डरलाग्दा दुर्घटना निम्त्याइरहेको छ।

दोष कसको? जिम्मेवार को हुने?

सडक बत्ती नहुँदा गाह्रो हुन्छ। डेढ वर्ष पहिले काठमाडौंको चक्रपथमा मेरो प्रायः दिनको अनुभव यस्तै हुन्थ्यो। त्यो बेला म जावलाखेलमा काम गर्थें। घर फर्कंदा एकान्तकुनाबाट चक्रपथको बस चढेर गौशाला ओर्लिन्थें। जाडो महिनामा छिट्टै अँध्यारो हुन्थ्यो। जावलाखेलबाट सातदोबाटो नपुग्दै अँध्यारो भइसक्थ्यो। सडक बत्ती नहुँदा आकस्मिक ब्रेक लगाउने र कहिलेकाहीँ गाडीले मान्छेलाई नै हानेको पनि देखिन्थ्यो। सरकार त सरकार नै भइहाल्यो, हामी नागरिक पनि सडकमा बत्ती नराखेको देख्दादेख्दै केही पर जेब्राक्रसबाट बाटो काट्ने कष्ट गर्दैनौं। आकाशे पुल हुन्छ, त्यहाँ पनि चढ्दैनौं। जहाँ पुग्यो त्यहीँबाटै जथाभावी बाटो काटिदिन्छौं। अनि आफ्नो र अरुको पनि ज्यान जोखिममा पारिदिन्छौं। त्यो बेला लाग्थ्यो- चक्रपथको बाटो भर्खर बनेको भएर होला, सडक बत्ती बनाउन नभ्याएको। 

यसपालि सुनसरी आएपछि थाहा भयो, हाम्रा राजमार्गमै पनि सडक बत्ती रहेनछन्। जसरी हामी सडक कालोपत्रे गर्न दबाब दिन्छौं, त्यसैगरी सडक बत्ती पनि राख भनेर झक्झक्याउनुपर्ने होइन र? त्यति गरेको भए स्थानीय सरकारले सुन्थे कि? सडक सुरक्षित छैन, हामीलाई थाहा छ। तर, हामी आफै पनि किन असुरक्षित भएर गाडी चलाउछौँ? हामी नै यस्तो गैरजिम्मेवार भएपछि हामीले चुन्‍ने नेता मात्र कसरी जिम्मेवार बनून् भन्‍ने अपेक्षा गर्ने?

ट्राफिक प्रहरीले सडक सुरक्षित बनाउन नियमित जाँच गर्छन्, अरु विभिन्‍न नियम पनि बनाएर लागू गरिएको छ। तर, सडकछेउका बत्तीबारे कसैले पनि ध्यान दिनु नपर्ने? यो जिम्मवारी कसको? यसको पहल कसले गर्ने? अनि बेपरवाह बन्‍ने हामी नागरिकलाई कसले सिकाउने? 

सडक सुरक्षित बनाउने कैयन कुरा छन्, सडक बत्ती त त्यसको एउटा पाटो मात्र हो। त्यसबारे हामीले कहिले कुरा गर्ने, कहिले बहस चलाउने? सुनसरीमा असुरक्षित सडकमा बल्लतल्ल बाँच्दा मेरो मनमा यीनै प्रश्न उब्जिएका छन्- यो कसको दोष हो? जिम्मेवार हुनुपर्ने को हो? 

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्