काठमाडाैं- नेपालमा बलिउड फिल्मको प्रभाव राम्रो छ। नेपालजस्तो फिल्मका लागि सानो मानिएको बजारबाट मात्रै पनि बलिउड फिल्मले करोडाैं कुम्ल्याउँछन्।
यस्तो धेरै फ्यान फलोइङ र बलिउड फिल्मको क्रेज भएको ठाउँमा इसान अवस्थीलाई त पक्कै चिन्नुहुन्छ होला।
हो, उनै इसान, जो अमिर खानको फिल्म ‘तारे जमिन पर’को मुख्य बाल कलाकारको भूमिकामा थिए।
दाँतबाहिर निस्केको, छुस्के स्वभावको, अक्षरहरु नाचिरहेको देख्ने त्यही इसान अहिले चिन्नै नसकिने भएका छन्।
उनको वास्तविक नाम दर्शील सफारी हो। १० वर्षको हुँदा उनले इसानको भूमिका निभाएका थिए। यही मार्च महिनाबाट उनी २४ वर्षको लक्का जवान बनेका छन्।
अहिले उनी फिल्म र म्युजिक भिडियोमा पनि सक्रिय छन्। उनको ‘प्यार नाल’ नामक फिल्म पनि अघिल्लो वर्षमात्रै प्रदर्शनमा आएको थियो। टेलिभिजन कलाकार अनुष्का सेनसँग उनले उक्त फिल्ममा काम गरेका थिए।
त्यसो त दर्शील टेलिभिजनको दुनियाँमा पनि प्रवेश गरिसकेका छन्। उनी नृत्यका लागि तयार पारिएको चर्चित रियालिटी सो ‘झलक दिखलाजा’को पाँचौं सिजनमा सहभागीको रुपमा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।