• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चको फैसलापछिका ५ अन्योल

64x64
नेपाल लाइभ सोमबार, फागुन २४, २०७७  ०८:१७
1140x725

काठमाडौं- नेकपाको नाम विवादमा सर्वोच्चले सुनाएको फैसलाले राजनीतिक अन्योलता सिर्जना गरिदिएको छ। खासगरी फैसलामा उल्लेख एमाले र माओवादी केन्द्र अलगअलग राजनीतिक दलको रुपमा साविककै अवस्थामा कायम रहने कुराले केही जटिल प्रश्नहरु उब्जाएका छन्।

आइतबार आएको फैसलाको विषयमा राजनीतिक दल र तिनका नेता तथा कानुनविद्हरुको समेत मतैक्य हुनसकेको छैन। आ-आफ्नो व्याख्या र विश्लेषण सार्वजनिक भएका छन्। कतिपयले त फैसला कार्यान्वयन नै हुन नसक्ने समेत बताएका छन्। जसले गर्दा फैसलापछिको राजनीतिक परिदृश्य कस्तो हुने भन्नेमा अन्योल उत्पन्न भएको हो।

खासमा ३४ महिनाअघि नै तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि धेरै राजनीतिक घटनाक्रम विकास भइसकेका थिए। तर, अदालतको फैसलाले राजनीतिक परिदृश्यलाई त्यही समयमा फर्किनुपर्ने अवस्था सिर्जना गरिदिएको छ। तत्कालीन संकटलाई सम्बोधन गरेर अघि बढ्ने राजनीति अभ्यस्तताका बीच आएको यो फैसलाको प्रक्षेपण गर्न कठिन छ।

किनकि, फैसलासँगै केही जटिल प्रश्नहरु उत्पन्न भएका छन्। दलका नेता, संविधानविद् लगायतसँग कुरा गर्दा देखिएका अन्योल समग्रमा यस्ता छन्:

१. विघटन गरिएका एमाले र माओवादीको हैसियत

२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया टुंगोमा पुगेको थियो। सोही दिन अपराह्न दुवै पार्टीका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर एकीकृत पार्टी दर्ता गरेका थिए। साथै, राष्ट्रिय सभागृहमा समारोह गरेर एकता घोषणा गरेका थिए। यी दुवै काम गर्नुअघि उनीहरुले एमाले र माओवादीलाई विघटन समेत गरेका थिए।

बालुवाटारमा बसेको दुई पार्टीको संयुक्त केन्द्रीय कमिटी बैठकमा केपी ओलीले दुवै पार्टी विघटनको घोषणा गरेका थिए। र, त्यसलाई अनुमोदन गरिएको थियो। यसरी आयोगमा नयाँ दल दर्ता गर्नुअघि नै केन्द्रीय कमिटी बैठकबाटै पुरानो पार्टी विघटनको घोषणा गरिसकिएको अवस्थामा सोही पार्टी ब्युँत्याउने तरिका अन्योलपूर्ण छ।

Ncell 2
Ncell 2

२. अर्कैको नाममा रहेको एमाले र माओवादी केन्द्र

एमाले र माओवादी केन्द्रबीच एकता भइसकेपछि तत्कालीन कानुन अनुसार एमाले र माओवादी केन्द्र क्रमशः सन्ध्या तिवारी र गोपाल किराँतीको नेतृत्वमा दर्ता भएका छन्। उनीहरुको नामलाई लिएर कुनै विवाद छैन। तर, सर्वोच्चको फैसलाले पुरानै पार्टी ब्युँत्याइदिएपछि तिवारी र किराँतीले कानुन अनुसार दर्ता गरेको पार्टीको हैसियत के हुने भन्ने अन्योल छ।

कतिपयले एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि त्यही नामका दर्ता भएका नयाँ पार्टी खारेज हुने वा नाम परिवर्तनको अवसर पाउने बताउँछन्। तर उनीहरुले जुन बेला पार्टी दर्ता गरेका थिए, त्यतिबेला उपलब्ध कानुन अनुसार गरेका थिए। यस्तो अवस्थामा उनीहरुको पार्टी खारेज वा नाम परिवर्तनको बाध्यता कति न्यायपूर्ण हुन्छ, प्रश्न स्वभाविक रहन्छ।

३. नेकपाको नामबाट निर्वाचित सांसदहरुको हैसियत

२०७४ सालमा सम्पन्न निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै दलको रुपमा भाग लिएका थिए। त्यतिबेला उनीहरुले आ-आफ्नो तर्फबाट उम्मेदवार उठाएका र विजय प्राप्त गरेको अवस्था थियो। तर, २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भइसकेपछि राष्ट्रिय सभाको एक तिहाइ सदस्यका लागि निर्वाचन भएको छ।

त्यस्तै, संघदेखि स्थानीय तहको कैयौं रिक्त पदमा निर्वाचन भएको छ। त्यतिबेला नेकपाको तर्फबाट उम्मेदवार भई विजयी भएका जनप्रतिनिधि छन्। पूर्वएमाले र पूर्वमाओवादी अलगअलग भएको अवस्थामा उनीहरुको हैसियत के हुने भन्ने अन्योल छ। उनीहरु स्वतन्त्र सांसद्को हैसियतमा हुने र कुन दल जान भनेर रोज्ने सक्ने कतिपय बताउँछन्। तर, दलको तर्फबाट निर्वाचित भएको र लामो समयसम्म  सांसद् भएकाहरु एकाएक स्वतन्त्र सांसद् हुने अवस्था आउनु अनौठो हुनजान्छ।

४. एमाले र माओवादीका महाधिवेशन कहिले?

एमालेले २०७१ असार १९- साउन १ मा काठमाडौंमा नवौं महाधिवेशन आयोजना गरेको थियो। सोही महाधिवेशनबाट केपी ओली अध्यक्षमा निर्वाचित भएका थिए। त्यस्तै, माओवादीले २०६९ माघ २०-२६ मा हेटौंडामा सातौं महाधिवेशन गरेको थियो। र अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिएको थियो।

संवैधानिक प्रावधान अनुसार यी दुवै पार्टीको महाधिवेशन गर्नैपर्ने सीमा नाघिसकेको छ। एमाले र माओवादीको रुपमा उनीहरुको वैधानिकता रहने अवस्था छैन। नेकपा गठनदेखि अहिलेसम्मको अवस्था शून्य समय हुने र त्यसअघिको समयावधि अनुसार ५ वर्षमा महाधिवेशन गर्नसक्ने केहीको भनाइ पाइन्छ। यस सन्दर्भमा निर्वाचन आयोगले केही निर्णय गर्ने अपेक्षा गर्न सकिन्छ।

५. यसबीचका निर्णय के हुन्छ?

एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पार्टीका तर्फबाट धेरै निर्णय भएका छन्। तिनका प्रभावहरु सम्बन्धित व्यक्ति वा क्षेत्रमा परेका हुनसक्छन्। तर एमाले र माओवादी अलगअलग भएको अवस्थामा नेकपाको तर्फबाट भएका निर्णयहरुको हैसियत के हुन्छ? त्यसबीचमा निर्णय, अपिल वा प्रतिबद्धताको अपनत्व र दायित्व कसले लिनुपर्छ? यसबीचमा भएका हुनसक्ने आम्दानी वा ऋणको दायित्व कसले लिने? यस्ता विषयमा पनि अन्योल थपिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  ०८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
सम्बन्धित सामग्री
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पाल... सोमबार, फागुन १८, २०८२
बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितक... सोमबार, फागुन १८, २०८२
निर्वाचन प्रचार-प्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको गृहमन्त्री अर्यालको दाबी प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध... सोमबार, फागुन १८, २०८२
ताजा समाचारसबै
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण मंगलबार, फागुन १९, २०८२
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज होली पर्व मनाइँदै मंगलबार, फागुन १९, २०८२
मौन अवधि सुरु : केके गर्न पाइँदैन ? मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्