काठमाडौं- नेकपाको केपी शर्मा ओली पक्षीय संसदीय दलको बैठक शनिबार बालुवाटारमा बस्यो। बैठकमा ११५ सांसद उपस्थित भएको दाबी गरिएपनि सांसदहरूकाे सूची भने सार्वजनिक गरिएन।
ओली पक्षीय सांसद खिमलाल भट्टराईले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना गरी कुल १ सय १५ जना सांसद उपस्थित भएको दाबी गरे। शुक्रबार प्रचण्ड-माधव पक्षको संसदीय दलको बैठक बसेको थियो। बैठकमा उपस्थित र उपत्यका बाहिरका रहेर उपस्थित हुन नसकेका गरी १ सय ११ जना सांसद आफ्ना पक्षमा रहेको प्रचण्ड-माधव पक्षले दाबी गरेको थियो।
प्रतिनिधि सभामा नेकपाका १७४ सांसदमध्ये १७२ जनाले मात्र मतदान गर्न पाउँछन्। यस्तै, राष्ट्रिय सभामा नेकपामा ५० सांसदमध्ये ४९ जनाले मतदान गर्न पाउँछन्।
प्रचण्ड-माधव पक्षले प्रतिनिधि सभाका ८७ र राष्ट्रिय सभाका २४ सांसद आफूसँग रहेको दाबी गरेको छ भने ओली पक्षले प्रतिनिधि सभाका ९१ र राष्ट्रिय सभाका २४ जना सांसद आफूसँग रहेको दाबी गरेको छ।
यो पनि पढ्नुहोस्
दुवै पक्षले दाबी गरेको संख्या अनुसार संघीय संसदमा भएका नेकपाका सांसद भन्दा ५ जना बढी देखिएका छन्। प्रतिनिधि सभा सदस्य लालबाबु पण्डित र तुलसा थापा तथा राष्ट्रिय सभाका सदस्य वामदेव गाैतम नेकपाकाे दुवै पक्षमा खुलेका छैनन्।
ओली पक्षले आफूसँग ११५ जना सांसद रहेको दाबी गरेपनि अहिलेसम्म उनको पक्षमा खुलेका सांसदको संख्या हेर्दा त्यो दाबी पुग्ने देखिँदैन।
यी हुन् ओली पक्षमा खुलेका सांसदहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।