• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भागरथी हत्या : दुई व्यक्ति प्रहरीको 'उच्च निगरानी'मा, प्रमाण जुटाउन कठिन

कल डिटेल्स रिपोर्ट भन्छ : घटना भएको दिन कुनै कल छैन
64x64
ललित बोहरा आइतबार, फागुन २, २०७७  १६:४२
1140x725

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आइतबार १२ दिन पुग्यो। माघ २१ गते, बुधबार विद्यालय गएकी भट्ट सम्पर्कविहीन भएपछि खोजतलास गर्दा बिहीबार बेलुका घरनजिकै स्थानीय लबलेक वनमा उनको शव भेटिएको थियो। त्यसयता प्रहरी निरन्तर अनुसन्धानमा लागिपरेको छ। तर, अझैसम्म घटनामा संलग्नको ठोस पहिचान गर्न सकेको छैन।

‘चिनजानकै व्यक्तिबाट भागरथीको बलात्कारपछि हत्या भएको हो भन्नेमा प्रहरी अलमलमा छैन’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘हत्याका लागि बाहिरबाट कोही आउनेतिर हामीले सोचेकै छैनौं। भागरथीलाई एकोहोरो पिछा गर्ने मान्छेतिरै हाम्रो अनुसन्धान पुगेको छ।’  

घटना भएको १२ दिनसम्म आइपुग्दा अनुसन्धानको घेरा निकै साँघुरो भएको र अपराधी नजिक पुगेको प्रहरी दाबी गर्छ। प्रहरीको अहिलेसम्मको अनुसन्धानले भागरथीको बलात्कारपछि हत्या भएको घटनामा स्थानीय व्यक्तिकै संलग्नता रहेको अनुमान गरिएको छ। तर, अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन। 

किशोरीको घर वरिपरी भारतीय सिमकार्डले समेत काम गर्ने भएपनि सीमापारीबाट आएर अपराध गर्न सक्ने सम्भावना ज्यादै न्यून रहेको प्रहरीको निश्कर्ष छ। किनभने घटनास्थलबाट यदि हिँडेरै सीमा पार गर्ने हो भने झुलाघाट र पिथौरागढ पुग्न झण्डै ७ घण्टा लाग्छ। त्यसकारण पनि सीमापारीबाट अपराध गर्ने सम्भावना ज्यादै न्यून रहेको प्रहरीको बुझाई छ। 

दुई जना व्यक्ति प्रहरीको 'उच्च निगरानी'मा 
भागरथीले अपराधीलाई चिनेकै निश्कर्षमा प्रहरी पुगेको भएपनि अपराधको समय वरपर अपराधीसँग भागरथीको कुनै कुराकानी भएको पाइएको छैन। भागरथीको कल डिटेल्स रिपोर्ट (सिडिआर)मा भागरथी र अपराधीबीच पछिल्लो समय कुराकानी भएको देखिएको छैन। यसैले अब अनुसन्धान भागरथीको २१ गते अगाडीको क्रियाकलाप तथा काममा पुगेको छ। २१ गते भन्दा पहिले भागरथी विद्यालय बाहेक कहाँ गएकी थिइन्? सोधखोज गरे अनुसार भागरथीकै गाउँपालिकाका दुई जना व्यक्ति प्रहरीको उच्च निगरानीमा छन्। 

दुई जनामध्ये एक जना त्यही दिन भारत गएको अनुसन्धानले देखाएको छ भने अर्को एकजना सार्वजजिक पद धारण गरेको व्यक्ति रहेको स्रोत बताउँछ। उनलाई भागरथीले केही दिन पहिले आफ्नो आवश्यक वा नगरी नहुने कामका लागि भेटेको देखिएको छ।

आवश्यक काम गर्ने सार्वजजिक पदधारण गरेका व्यक्तिले यो भएन, त्यो भएन भन्दै झुक्याउने गरेका अनुसन्धानाट खुलेको छ। भागरथीकी आमाले पनि भनिन्, ‘त्यो व्यक्तिलाई छोरीले फोन गरेकी थिइन्। कहिले हुन्छ हाम्रो काम भनेर। एक दिन सुनेकी थिएँ। मोबाइलमा मेरो फोटोहरू पनि लगेकी हो छोरीले। तर, भोलि भोलि भन्दै दैनिक रूपमा भेट्न मात्र बोलाएर काम टार्ने गरेका थिए’, उनले भनिन्। 

खोचलेक प्रहरी चौकी ।

प्रहरीले अपराधीको नजिक पुगेको भनेको पनि यी दुई जना नै हो। उनीहरूलाई नियन्त्रणमा लिने धेरै आधार भएपनि ठोस प्रमाणबिना पक्राउ गर्ने मुडमा प्रहरी छैन। कञ्चनपुरकी निर्मला पन्तको घटना जस्तो अनावश्यक नगिजोलियोस् भन्नेमा प्रहरी सचेत छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी निगरानीमा राखेका व्यक्तिहरू नै अपराधी हुन् भन्ने ठोस प्रमाण खोज्दैछौं। अहिले आन्दोलन कम भएपछि स्थानीय नागरिक पनि सूचना दिन थालेका छन्’, अनुसन्धान गरिरहेको प्रहरी स्रोतले भन्यो।


दुई फेसबुकको सबै मेसेज डिलिट, भारतीय सिमबाट दाईलाई मात्र कल
भागरथीले प्रयोग गर्ने एनसेल, एनटीसी र भारतीय मोबाइलमा घटना भएको दिन कुनै पनि व्यक्तिसँग कुराकानी भएको नपाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यद्यपि, भागरथीले प्रयोग गर्ने भारतीय सिम कार्डको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर, उनले भारतीय सिमबाट दाईलाई मात्र कल डायल गरेको देखिन्छ। भारतीय सिमकार्डबाट भारतमा रहेका दाईलाई फोन गर्ने रकम कम लाग्ने भएकाले उनले यो सिम प्रयोग गरेको देखिन्छ। 

चडेपानीका अधिकांशका घरमा भारतीय सिमकार्ड छ। त्यसबाट इन्टरनेट डेटा सस्तो पर्ने भएकाले प्रयोग गरिएको हो। त्यसतर्फ प्रहरी अनुसन्धान पनि कम छ। लगभग त्यो पाटो प्रहरीले बन्द नै गरेको पनि देखिन्छ। भागरथीले प्रयोग गर्ने दुई फेसबुक भागरथी र भूमी भट्ट नाममा छन्। एक अनुसन्धान अधिकृतका अनुसार यी दुवै फेसबकुमा कसैसँग गरिएको कुराकानी छैन। अर्थात्, सबै डिलिट गरिएको छ।

यसबाट प्रहरीले कोसँग भागरथीको कुरा हुन्थो भने पत्ता लगाउन कठिन भएको छ। किनभनेयो मेसेज हेर्न फेसबुकको मुख्यालयमा सम्पर्क गर्नुपर्ने प्रहरी बताउँछ। निर्मला पन्त घटनाको अनुसन्धानको लागि मागेको फेसबुक मेसेज विवरण प्रहरीले अहिलेसम्म पाएको छैन। 

भागरथीको घर

 
१५ दिन मात्र विद्यालयमा हाजिर भएकी थिइन् भागरथी
भागरथी भट्ट कक्षा ११ र १२ गरेर १५ दिन मात्र हाजिर भएको विद्यालयले जनाएको छ। कक्षा ११ मा कोरोना महामारीले लकडाउन हुँदा केही दिन मात्र विद्यालय आउन पाइन्। कक्षा १२ मा केही ढिलो विद्यालय सञ्चालन भयो।

तर, उनका बुवाको निधनका कारण भागरथी धेरै समयपछि मात्र विद्यालय जान पाइन्। यो १५ दिनमा न शिक्षकले राम्रोसँग उनलाई चिन्ने अवसर पाए, न त भागरथीले कुनै नजिकको साथी बनाउन पाइन्। प्रहरीका अनुसार विद्यालय र भागरथीका साथीसँगको सोधपुछ पनि सकिएको छ। उनी सनातन धर्म मावि खोचलेकमा व्यवस्थापन संकायमा अध्ययनरत थिइन्। 

सनातन धर्म मावि र लाइनमा लागेका विद्यार्थी

भागरथीका काका के भन्छन्?
घटनास्थलको भूगोल र प्रकृति हेर्दा पनि घटना स्थानीय व्यक्तिबाटै भएको सर्वसाधारण र आफन्तको आशंका छ। जुन स्थानमा भागरथीको शव भेटिएको छ, सो स्थान भागरथी पढ्ने स्थानीय सनातम धर्म मावि, खोचलेकबाट करिब आधा घण्टाको पैदल दूरीमा पर्छ।

बजारबाट केही उकालो बाटो हुँदै भर्खर खनिएको कच्ची सडक हुँदै घटनास्थल पुग्न सकिन्छ। केही खोल्सो परेको स्थानमा भेटिएको शवको वरिपरी डेढ मिटर उचाइका वनमाराका बुट्यानहरू छन्। मुख्य सडकबाट करिब ७० मिटर तल ओरालो भागमा रहेको घटनास्थल माथि सडकमा हिँड्नेहरूले सजिलै देख्न भने सक्दैनन्। त्यसकारण पनि अपराधीले एकान्त ठाउँ रोजेको प्रहरीको निश्कर्ष छ।

घटनास्थल र घटनाको प्रकृति हेर्दा कुनै नयाँ अपराधी आएर घटना गराउन सक्ने सम्भावना ज्यादै न्यून रहेको र घटनामा संलग्न अपराधी पहिलेदेखि नै बाटो ढुकेर बसेको हुनसक्ने प्रहरीको बुझाइ छ। तर, सर्वसाधारण भने घटना त्यहीँ भएको हो भनेर पत्याउने अवस्थामा छैनन्।

‘दिउँसै त्यहाँ बलात्कारपछि हत्या होला भने मलाई लाग्दैन, किनकी त्यहाँ भन्दा चार-पाँच सय मिटर पर त फिड बनाउने धेरै मजदूर कार्यरत छन्। सडकमा ट्क्याटर पनि गुडिरहेका हुन्छन्’, भागरथीका काका शिवराज भट्टले भने, ‘अपहरणपछि बलात्कार र त्यसपछि घर पुर्‍याउने भन्दै हत्या भएको जस्तो लाग्छ। तर, प्रहरीले २ बजेर ४७ मिनेटमा त्यहीँ मोबाइल अफ भएको छ भनेकाले विश्वास गर्नु पर्ने भयो।’ 

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा सिआइबीका टोलीसहित भोलिपल्टै घटनास्थल पठाएको थियो।  त्यसको अर्को दिन अर्थात् माघ २४ गतेदेखि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डिआइजी उत्तम सुवेदी पनि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारी लगायतका अधिकांश प्रहरी अधिकृत पनि यतिबेला घटनास्थलमै खटिएर अनुसनधान गरिरहेका छन्। 

लबलेक वनमा गोठाला गएका किशाेरीहरू 

घटनापछि गाउँ नै त्रासमा
स्कुल पढ्न गएकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले अहिले उक्त क्षेत्रका स्थानीय त्रसित छन्। आफ्ना सहकर्मीको बलात्कारपछि हत्या भएको घटनाले भागरथीका साथीहरू अहिले त्रासकाबीच विद्यालय जान बाध्य छन्। 

भागरथीको बलात्कारपछि हत्या भएको माघ २१ गतेबाट बन्द भएको विद्यालय बुधबारबाट मात्रै खुलेको थियो। तर, पनि विद्यार्थीहरू विद्यालय जानै डराइरहेको स्थानीय पूजा कपाडीले बताइन्।

भागरथीको हत्या भएको लबलेक वनमा गोठालाहरू पनि समूहमा बस्ने गरेका छन्। शनिबार तथा विद्यालय विदाका दिन युवतीहरू त्यो जंगलमा गोठालो जाने गर्ने गर्छन्। तर, घटना भएदेखि उनीहरू पनि त्रसीत बनेका छन्।  

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १६:४२
  • #भागरथी
  • #भागरथी_हत्या_घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग बालेनले राखेको बैठकमा तामाङ पनि सहभागी भएका थिए । बैठकलगत्तै उनलाई सिंहदरबारबााट पक्राउ गरिएक... सोमबार, भदौ २९, २०८३
प्रधान सेनापति सिग्देल चीन प्रस्थान चिनियाँ पक्षको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनल... आइतबार, भदौ २८, २०८३
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
महिला एसिया कप: च्याम्पियन भारतले यसपटक पनि पाकिस्तानी गृहमन्त्रीको हातबाट लिएन ट्रफी सोमबार, भदौ २९, २०८३
गगन र शेरबहादुर दुवै पक्षको महाधिवेशन रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा दरपिठ सोमबार, भदौ २९, २०८३
‘ग्रे जोन’ रणनीतिक म्यानुभरिङ हो, सुपरपावर र नेपालको भूराजनीतिमा ठूलो संकट छ : बुद्ध छिरीङ मोक्ताङ सोमबार, भदौ २९, २०८३
नागरिकता प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंहलाई विशेष अदालतबाट सफाइ सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्