• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भागरथी हत्या : दुई व्यक्ति प्रहरीको 'उच्च निगरानी'मा, प्रमाण जुटाउन कठिन

कल डिटेल्स रिपोर्ट भन्छ : घटना भएको दिन कुनै कल छैन
64x64
ललित बोहरा आइतबार, फागुन २, २०७७  १६:४२
1140x725

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आइतबार १२ दिन पुग्यो। माघ २१ गते, बुधबार विद्यालय गएकी भट्ट सम्पर्कविहीन भएपछि खोजतलास गर्दा बिहीबार बेलुका घरनजिकै स्थानीय लबलेक वनमा उनको शव भेटिएको थियो। त्यसयता प्रहरी निरन्तर अनुसन्धानमा लागिपरेको छ। तर, अझैसम्म घटनामा संलग्नको ठोस पहिचान गर्न सकेको छैन।

‘चिनजानकै व्यक्तिबाट भागरथीको बलात्कारपछि हत्या भएको हो भन्नेमा प्रहरी अलमलमा छैन’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘हत्याका लागि बाहिरबाट कोही आउनेतिर हामीले सोचेकै छैनौं। भागरथीलाई एकोहोरो पिछा गर्ने मान्छेतिरै हाम्रो अनुसन्धान पुगेको छ।’  

घटना भएको १२ दिनसम्म आइपुग्दा अनुसन्धानको घेरा निकै साँघुरो भएको र अपराधी नजिक पुगेको प्रहरी दाबी गर्छ। प्रहरीको अहिलेसम्मको अनुसन्धानले भागरथीको बलात्कारपछि हत्या भएको घटनामा स्थानीय व्यक्तिकै संलग्नता रहेको अनुमान गरिएको छ। तर, अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन। 

किशोरीको घर वरिपरी भारतीय सिमकार्डले समेत काम गर्ने भएपनि सीमापारीबाट आएर अपराध गर्न सक्ने सम्भावना ज्यादै न्यून रहेको प्रहरीको निश्कर्ष छ। किनभने घटनास्थलबाट यदि हिँडेरै सीमा पार गर्ने हो भने झुलाघाट र पिथौरागढ पुग्न झण्डै ७ घण्टा लाग्छ। त्यसकारण पनि सीमापारीबाट अपराध गर्ने सम्भावना ज्यादै न्यून रहेको प्रहरीको बुझाई छ। 

दुई जना व्यक्ति प्रहरीको 'उच्च निगरानी'मा 
भागरथीले अपराधीलाई चिनेकै निश्कर्षमा प्रहरी पुगेको भएपनि अपराधको समय वरपर अपराधीसँग भागरथीको कुनै कुराकानी भएको पाइएको छैन। भागरथीको कल डिटेल्स रिपोर्ट (सिडिआर)मा भागरथी र अपराधीबीच पछिल्लो समय कुराकानी भएको देखिएको छैन। यसैले अब अनुसन्धान भागरथीको २१ गते अगाडीको क्रियाकलाप तथा काममा पुगेको छ। २१ गते भन्दा पहिले भागरथी विद्यालय बाहेक कहाँ गएकी थिइन्? सोधखोज गरे अनुसार भागरथीकै गाउँपालिकाका दुई जना व्यक्ति प्रहरीको उच्च निगरानीमा छन्। 

दुई जनामध्ये एक जना त्यही दिन भारत गएको अनुसन्धानले देखाएको छ भने अर्को एकजना सार्वजजिक पद धारण गरेको व्यक्ति रहेको स्रोत बताउँछ। उनलाई भागरथीले केही दिन पहिले आफ्नो आवश्यक वा नगरी नहुने कामका लागि भेटेको देखिएको छ।

आवश्यक काम गर्ने सार्वजजिक पदधारण गरेका व्यक्तिले यो भएन, त्यो भएन भन्दै झुक्याउने गरेका अनुसन्धानाट खुलेको छ। भागरथीकी आमाले पनि भनिन्, ‘त्यो व्यक्तिलाई छोरीले फोन गरेकी थिइन्। कहिले हुन्छ हाम्रो काम भनेर। एक दिन सुनेकी थिएँ। मोबाइलमा मेरो फोटोहरू पनि लगेकी हो छोरीले। तर, भोलि भोलि भन्दै दैनिक रूपमा भेट्न मात्र बोलाएर काम टार्ने गरेका थिए’, उनले भनिन्। 

खोचलेक प्रहरी चौकी ।

प्रहरीले अपराधीको नजिक पुगेको भनेको पनि यी दुई जना नै हो। उनीहरूलाई नियन्त्रणमा लिने धेरै आधार भएपनि ठोस प्रमाणबिना पक्राउ गर्ने मुडमा प्रहरी छैन। कञ्चनपुरकी निर्मला पन्तको घटना जस्तो अनावश्यक नगिजोलियोस् भन्नेमा प्रहरी सचेत छ।

Ncell 2
Ncell 2

‘हामी निगरानीमा राखेका व्यक्तिहरू नै अपराधी हुन् भन्ने ठोस प्रमाण खोज्दैछौं। अहिले आन्दोलन कम भएपछि स्थानीय नागरिक पनि सूचना दिन थालेका छन्’, अनुसन्धान गरिरहेको प्रहरी स्रोतले भन्यो।


दुई फेसबुकको सबै मेसेज डिलिट, भारतीय सिमबाट दाईलाई मात्र कल
भागरथीले प्रयोग गर्ने एनसेल, एनटीसी र भारतीय मोबाइलमा घटना भएको दिन कुनै पनि व्यक्तिसँग कुराकानी भएको नपाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यद्यपि, भागरथीले प्रयोग गर्ने भारतीय सिम कार्डको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर, उनले भारतीय सिमबाट दाईलाई मात्र कल डायल गरेको देखिन्छ। भारतीय सिमकार्डबाट भारतमा रहेका दाईलाई फोन गर्ने रकम कम लाग्ने भएकाले उनले यो सिम प्रयोग गरेको देखिन्छ। 

चडेपानीका अधिकांशका घरमा भारतीय सिमकार्ड छ। त्यसबाट इन्टरनेट डेटा सस्तो पर्ने भएकाले प्रयोग गरिएको हो। त्यसतर्फ प्रहरी अनुसन्धान पनि कम छ। लगभग त्यो पाटो प्रहरीले बन्द नै गरेको पनि देखिन्छ। भागरथीले प्रयोग गर्ने दुई फेसबुक भागरथी र भूमी भट्ट नाममा छन्। एक अनुसन्धान अधिकृतका अनुसार यी दुवै फेसबकुमा कसैसँग गरिएको कुराकानी छैन। अर्थात्, सबै डिलिट गरिएको छ।

यसबाट प्रहरीले कोसँग भागरथीको कुरा हुन्थो भने पत्ता लगाउन कठिन भएको छ। किनभनेयो मेसेज हेर्न फेसबुकको मुख्यालयमा सम्पर्क गर्नुपर्ने प्रहरी बताउँछ। निर्मला पन्त घटनाको अनुसन्धानको लागि मागेको फेसबुक मेसेज विवरण प्रहरीले अहिलेसम्म पाएको छैन। 

भागरथीको घर

 
१५ दिन मात्र विद्यालयमा हाजिर भएकी थिइन् भागरथी
भागरथी भट्ट कक्षा ११ र १२ गरेर १५ दिन मात्र हाजिर भएको विद्यालयले जनाएको छ। कक्षा ११ मा कोरोना महामारीले लकडाउन हुँदा केही दिन मात्र विद्यालय आउन पाइन्। कक्षा १२ मा केही ढिलो विद्यालय सञ्चालन भयो।

तर, उनका बुवाको निधनका कारण भागरथी धेरै समयपछि मात्र विद्यालय जान पाइन्। यो १५ दिनमा न शिक्षकले राम्रोसँग उनलाई चिन्ने अवसर पाए, न त भागरथीले कुनै नजिकको साथी बनाउन पाइन्। प्रहरीका अनुसार विद्यालय र भागरथीका साथीसँगको सोधपुछ पनि सकिएको छ। उनी सनातन धर्म मावि खोचलेकमा व्यवस्थापन संकायमा अध्ययनरत थिइन्। 

सनातन धर्म मावि र लाइनमा लागेका विद्यार्थी

भागरथीका काका के भन्छन्?
घटनास्थलको भूगोल र प्रकृति हेर्दा पनि घटना स्थानीय व्यक्तिबाटै भएको सर्वसाधारण र आफन्तको आशंका छ। जुन स्थानमा भागरथीको शव भेटिएको छ, सो स्थान भागरथी पढ्ने स्थानीय सनातम धर्म मावि, खोचलेकबाट करिब आधा घण्टाको पैदल दूरीमा पर्छ।

बजारबाट केही उकालो बाटो हुँदै भर्खर खनिएको कच्ची सडक हुँदै घटनास्थल पुग्न सकिन्छ। केही खोल्सो परेको स्थानमा भेटिएको शवको वरिपरी डेढ मिटर उचाइका वनमाराका बुट्यानहरू छन्। मुख्य सडकबाट करिब ७० मिटर तल ओरालो भागमा रहेको घटनास्थल माथि सडकमा हिँड्नेहरूले सजिलै देख्न भने सक्दैनन्। त्यसकारण पनि अपराधीले एकान्त ठाउँ रोजेको प्रहरीको निश्कर्ष छ।

घटनास्थल र घटनाको प्रकृति हेर्दा कुनै नयाँ अपराधी आएर घटना गराउन सक्ने सम्भावना ज्यादै न्यून रहेको र घटनामा संलग्न अपराधी पहिलेदेखि नै बाटो ढुकेर बसेको हुनसक्ने प्रहरीको बुझाइ छ। तर, सर्वसाधारण भने घटना त्यहीँ भएको हो भनेर पत्याउने अवस्थामा छैनन्।

‘दिउँसै त्यहाँ बलात्कारपछि हत्या होला भने मलाई लाग्दैन, किनकी त्यहाँ भन्दा चार-पाँच सय मिटर पर त फिड बनाउने धेरै मजदूर कार्यरत छन्। सडकमा ट्क्याटर पनि गुडिरहेका हुन्छन्’, भागरथीका काका शिवराज भट्टले भने, ‘अपहरणपछि बलात्कार र त्यसपछि घर पुर्‍याउने भन्दै हत्या भएको जस्तो लाग्छ। तर, प्रहरीले २ बजेर ४७ मिनेटमा त्यहीँ मोबाइल अफ भएको छ भनेकाले विश्वास गर्नु पर्ने भयो।’ 

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा सिआइबीका टोलीसहित भोलिपल्टै घटनास्थल पठाएको थियो।  त्यसको अर्को दिन अर्थात् माघ २४ गतेदेखि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डिआइजी उत्तम सुवेदी पनि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारी लगायतका अधिकांश प्रहरी अधिकृत पनि यतिबेला घटनास्थलमै खटिएर अनुसनधान गरिरहेका छन्। 

लबलेक वनमा गोठाला गएका किशाेरीहरू 

घटनापछि गाउँ नै त्रासमा
स्कुल पढ्न गएकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले अहिले उक्त क्षेत्रका स्थानीय त्रसित छन्। आफ्ना सहकर्मीको बलात्कारपछि हत्या भएको घटनाले भागरथीका साथीहरू अहिले त्रासकाबीच विद्यालय जान बाध्य छन्। 

भागरथीको बलात्कारपछि हत्या भएको माघ २१ गतेबाट बन्द भएको विद्यालय बुधबारबाट मात्रै खुलेको थियो। तर, पनि विद्यार्थीहरू विद्यालय जानै डराइरहेको स्थानीय पूजा कपाडीले बताइन्।

भागरथीको हत्या भएको लबलेक वनमा गोठालाहरू पनि समूहमा बस्ने गरेका छन्। शनिबार तथा विद्यालय विदाका दिन युवतीहरू त्यो जंगलमा गोठालो जाने गर्ने गर्छन्। तर, घटना भएदेखि उनीहरू पनि त्रसीत बनेका छन्।  

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १६:४२
  • #भागरथी
  • #भागरथी_हत्या_घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्