• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भागरथी हत्या : घटनास्थलमा जे देखियो [स्थलगत रिपोर्ट]

64x64
ललित बोहरा शनिबार, फागुन १, २०७७  १९:२०
1140x725

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट माघ २१ गते बुधबार कालो ज्याकेट लगाएर सँधैजस्तै हाँस्दै आमासँग विदा मागेर स्कुल हिँडेकी थिइन्। बिहान ९ बजे घरबाट निस्किएकी उनी दिउँसो पौने २ बजे विद्यालय सकेर घरतर्फ फर्किन थालिन्। करिब १ घण्टाको पैदल यात्रा तय गरेकी उनका पाइलाले घरको आँगन टेक्नै पाएनन्। 

व्यवस्थापन संकायमा सनातन धर्म मावि, खोचलेकमा कक्षा १२ मा पढ्दै गरेकी उनी आफ्नो घर नजिकै घर भएका र नातामा भाइ पर्ने भानदेव भट्टसँग विद्यालयबाट घरतर्फ लागिन्। 

विद्यालयबाट ५ मिनेटको पैदल दूरीमा स्थानीय खोचलेक बजार छ। भानदेव सोही बजारमा साथीहरू कपाल काट्दै गरेको र आफू कपाल पनि कपाल काट्ने भनेर रोकिए। भागरथीले त्यहीँ छेउको एउटा पसलबाट चाउचाउ किनिन्। अनि, घर जाने उकालो बाटोतर्फ एक्लै अगाडि बढिन्। 

बजारबाट घर पुग्न जंगलको बाटो हुँदै करिब १ घण्टाको बाटो छिचोल्नु पर्छ। प्रत्येक दिन करिब पौने ३ बजे घर पुग्ने भागरथी उक्त दिन घर पुग्न पाइनन्। माघ २१ गते साँझ ७ बजेसम्म भागरथी घर नआएपछि उनकी आमा अत्तालिन थालिन्। भागरथी ढिलोमा पनि दिउँसो ३ बजेभित्र घर पुगिसक्छिन्। कहिलेकाहीँ ढिलै हुने भए घरमा आमालाई फोन गर्थिन्। 

गएको पुस ९ गते बुवाको मृत्यु भएको र एकमात्रै दाजु रोजगारीका लागि भारत गएकाले घरमा आमा र भागरथी मात्रै बस्ने गरेका थिए। तर, त्यो दिन न भागरथी घर पुगिन् न त उनको फोन नै आयो। त्यसपछि आमासँगै उनका काका पनि अत्तालिए। स्थानीय र विद्यालयमा बुझे। उनको कुनै सम्पर्क भएन। प्रहरीलाई पनि खबर गरे। तर, सबैले ‘पोइल गएको’ अनुमान गरे।  

गाउँका कतिपय किशोरी सानै उमेरमा विवाह गरेर जाने गरेका कारण भागरथी पनि विवाह गरेर पो गइन् कि भन्ने लाग्नु अस्वभाविक पनि थिएन। आफन्तले खोजी जारी नै राखे। भोलिपल्ट दिउँसोसम्म पनि उनको कुनै खबर पत्ता लागेन। त्यसपछि आफन्तहरु पनि अत्तालिन थाले। उनी फर्किहाल्छिन् भन्ने आशाको त्यान्द्रो त्यतिखेर चुडियो जब उनको शव माघ २२ गते साँझ ५ बजे जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र भेटियो। 

घटनास्थल लबलेक वन


भागरथी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते उनकै सहपाठीहरूले घर फर्कने क्रममा भागरथीको शव देखेपछि अभिभावकलाई खबर गरेका थिए। उनकै सहपाठीहरू विद्यालयबाट घर फर्कने क्रममा भागरथीको शव देखेपछि अत्तालिँदै घर पुगेर अभिभावकलाई खबर गरेका थिए। 

सहपाठी भानदेव भट्टले भने, ‘हामी ३ जना साथी २२ गते विद्यालयबाट घर जाँदै थियौं, बाटोबाटै केही कपडा जस्तो देखेँ। अलि तल जादाँ मान्छेको हात देखे, अनि डरले भागेर घर गएँ। बाटोमा मगर अंकललाई भनेँ। उनले पनि वास्ता गरेनन्। अनि, घर पुगेर काकालाई भनेँ। काका गएपछि भागरथी हो भन्ने थाहा भयो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि प्रहरीले माघ २२ गते रातभर शव कुरेर अपराध अनुसन्धान टोली पुगेपछि मात्रै भागरथीको शव उठायो। जुन स्थानमा भागरथीको शव भेटिएको छ, सो स्थान भागरथी पढ्ने स्थानीय सनातम धर्म मावि, खोचलेकबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको छ। बजारबाट केही उकालो बाटो हुँदै भर्खर खनिएको कच्ची सडक हुँदै घटनास्थल पुग्न सकिन्छ। पातलो तर अग्ला सल्लाका रुखमुनी बनमाराका स–साना बुट्यानहरू घटनास्थलको वरिपरी देखिन्छन्। मुख्य सडकबाट करिब ७० मिटरको दूरीमा भागरथीको शव शरीरमा लगाएको एउटा शर्टमात्रै रहेर अन्य सबै कपडाहरू खोलिएको अवस्थामा फेला परेको थियो। उनको भित्रि वस्त्रमा रगत समेत लतपतिएको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो। 

खाना पकाएर भागरथीलाई बोलाउछिन् आमा
भागरथीको शव यति विभत्स ढंगले हत्या गरेको अवस्थामा भेटिएको खबर सुनेपछि उनकी आमा पटकपटक मुर्छित् भइन्। आमाको साथमा रहेकी एकमात्रै छोरीको बलात्कारपछि हत्या भएको खबर पाएपछि उनी अहिले पनि सम्हालिन सकेकी छैनन्। घटनाको एक सातापछि नेपाल लाइभ संवाददाता उनको घरसम्म पुग्दा उनको आँखामा आँसु ओभाएका थिएनन्। एक साताभन्दा बढी समय बितिसक्दा पनि उनले अझै अन्न खाएकी छैनन्।

बरु उनी अर्धबेहोस् अवस्थामै खाना पकाउँछिन् र खाना खानका लागि छोरी भागरथीलाई बोलाउँछिन्। तर, अब न भागरथीले आमाको आवाज सुन्नेछिन् न आमाले पस्किएर दिएको खाना खानै आउनेछिन्। उनकी आमा छोरीको यो हालत बनाउने अपराधी सार्वजनिक हुने दिन कुरेर बसेकी छिन्। ‘मेरो छोरीलाई कलिलो उमेरमा ढाल्नेलाई फासी नै हुनुपर्छ’, उनको माग छ।  

भागरथीकी आमा घरको ढोकामा 

घटना भएको ४ दिनपछि घर पुगेका उनका दाईले भने आफूसँग पछिल्लो समय बहिनीको केही कुरा नभएको बताए। तर, उनले अकाउन्टमा एक बिषय लाग्यो भनेर केही दिन अगाडि फोन गरेको बताए। ‘घरको चिन्ता नगर्नुस दाई’ भनेकी थिइन्। बुवाको काजक्रिया गरेर १५ दिन अगाडि मात्र साहुको ऋण तिर्न भारत पसेका थिए उनी। 

Xtrem

Xtrem

'२१ गते भागरथीको कसैसँग कुराकानी छैन'

घटना भएको दिन माघ २१ गते भागरथीको कुनै कल नभएको पाइएको छ। त्यसैले अपराधीलाई भागरथी र भागरथीले अपराधीलाई चिनेकै हुन सक्ने निश्कर्षमा प्रहरी पुगेको छ। किनभने भागरथीको कल डिटेल्स रिपोर्ट (सिडिआर)मा भागरथी र अपराधीबीच कुराकानी भएको देखिएको छैन।

भागरथीले प्रयोग गर्ने एनसेल र एनटीसीको मोबाइलमा घटना भएको दिन कोही पनि व्यक्तिसँग कुराकानी भएको पाइएको छैन। यद्यपि, भागरथीले प्रयोग गर्ने भारतीय सिम कार्डको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अुनसार अपराधीले भागरथीको बलात्कारपछि हत्या गरेर उनको मोबाइलको सम्पूर्ण डेटा डिलिट गरेको पाइएको छ। भागरथीको किप्याड मोबाइल घटनास्थलमै भेटिएको थियो। तर, उक्त फोनको ब्याट्री झिकेर फ्याँकिएको छ। त्यतिमात्रै होइन, अपराधीले भागरथीको मोबाइलको सम्पूर्ण कल लग डिलिट गरिएको अवस्थामा फेला परेको थियो।

यो हर्कत हेर्दा अपराधी प्रविधिसँग जानकार र चलाख रहेको बुझिन्छ। योसँगै कल लग सबै डिलिट गर्नुको कारण भागरथी र अपराधीबीच कुनै न कुनै समयमा मोबाइलमा कुराकानी वा मेसेज आदनप्रदान थियो कि भन्ने आशंका पनि गरिएको छ।

डिआइजी आफै फिल्डमा
सुदूरपश्चिम प्रहरी प्रमुख, डिआइजी उत्तमराज सुवेदी घटनाको पर्सिपल्टदेखि घटनास्थल नजिकैको प्रहरी चौकी, खोचलेकमा बसेर अनुसन्धान गरिरहेका छन्। 

सुरुमै एसपीलाई घटनास्थलमा पठाएका डिआइजी सुवेदी भोलिपल्ट आफैै फिल्डमा उत्रिएका छन्। सामान्य अवस्थामा डिएसपी वा एसपीसम्मलाई यस्ता घटनाको अनुसन्धानमा पठाउने गरिएकामा यसपटक डिआइजी आफै फिल्डमा उत्रनुलाई प्रहरीले यसलाई आफ्नो साखसँग जोडेको रुपमा समेत हेरिएको छ।

डिआइजी उत्तमराज सुवेदी

किनभने अब यसको जस वा अपजस डिआइजी आफैले लिनुपर्ने हुन्छ। र, कञ्चनपुरको निर्मला पन्त हत्याकाण्ड र अनुसन्धानको पुनरावृत्ति नहोस् भनेर डिआइजी आफै फिल्डमा खटिएका बताइन्छ। प्रमाणका सा–साना अंशलाई पनि यतिबेला सुक्ष्म अध्ययन भइरहेको प्रहरीले जनाएको छ। विगतको नजीरलाई हेरेर प्रहरी, अहिले शंका लागेका व्यक्ति प्रमाण नपाउदासम्म थुन्ने पक्षमा छैन। 

कञ्चनपुर घटनासँगै दाँजेर हेरिएको यो घटनालाई कञ्चनपुर प्रकरण दोहोरिन नदिने सुवेदीको जिकिर छ। मानिसहरूले कञ्चनपुर (निर्मला पन्त बलात्कार तथा हत्या) घटनालाई दाँजेर हेर्नु र उक्त घटनाको अपराधीबारे अहिलेसम्म कुनै प्रमाण नभेटिएको भन्नुले स्थानीय सशंकित छन्। घटनामा सबै पक्षबाट भएको कमजोरीलाई पनि बुझेर त्यस्तो कुनै कमजोरी नदोहोरिएको सुवेदी बताउँछन्।

सुरुका दिनमा अपराधी वा आशंकित व्यक्तिबारे कुनै सूचना वा जानकारी नआएको भएपनि अहिले पनि स्थानीयले आशंकित व्यक्तिहरूबारे जानकारी दिइरहेको डिआइजी सुवेदीले बताए।

यद्यपि, घटनाको सुरुवातमा स्थानीयले कुनै सूचना नदिएको र अनुसन्धान अधिकारीसँग कुराकानी गर्नै नखोजेको बुझिएको थियो। यहाँ ५० भन्दा बढी अनुसन्धान अधिकृत फिल्डमा छन्।

अपराधी पत्ता नलगाएसम्म शव नबुझ्ने आफन्तको अडान
घटना भएको १० दिन बितिसक्दा पनि अपराधीको सुइँको नपाएको भन्दै भागरथीको परिवार र आफन्तले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन्। शव बुझ्दा न्याय नपाइने डरका कारण पनि उनीहरूले पहिले अपराधी पक्रन दबाब दिइरहेका छन्। 

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ।  तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको... सोमबार, असोज १९, २०८३
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ। सोमबार, असोज १९, २०८३
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्