काठमाडौं- फेसन पारखीका लागि कुपन्डोलमा नयाँ बुटिक थपिएको छ। फेसन डिजाइनर प्रविना केसीले ‘रानी बुटिक’ सञ्चालनमा ल्याएकी हुन्। शनिबार गायिका मेलिना राईले बुटिक उद्घाटन गरेकी छन्।
‘मलाई यो बुटिक राम्रो लाग्यो,’ उद्घाटनपछि मेलिनाले भनिन्, ‘पार्टी तथा कार्यक्रममा जाँदा बुटिकमा तयार गरिएको ड्रेस पहिरिने गरेकी छु। नयाँ पुस्ता फेसनमा कन्सस छ।' बुटिकले बजारको माग धान्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरिन्।
बुटिकमा तयार पारिएको गाउन पहिरिएकी गायिका राईले गाउन देखाउँदै भनिन्, ‘मलाई यो गाउनले पनि सुहाएको छ है।’ बुटिक सञ्चालनमा ल्याएकोमा उनले डिजाइनर तथा रानी बुटिककी सञ्चालक प्रविनालाई बधाई दिइन्।
फेसन डिजाइनर प्रविना बागबजारस्थित आइआइएफटी (फेसन अफ स्कुल)की विद्यार्थी हुन्।
बुटिक उद्घाटन समारोहमा आइआइएफटीका निर्देशक तेन्जिङ शेर्पा, कुसुम द बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठलगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।