• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा विघटन : बहसमा अञ्जु पन्तको गीतदेखि राजाको चर्चासम्म

64x64
नेपाल लाइभ बिहीबार, माघ १५, २०७७  २२:०६
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको बहस १२औँ दिनमा पुगेको छ। बहस १२औँ दिनमा पुग्दा  कानुन व्यवसायीले आफ्ना तर्क पेस गर्ने क्रम जारी छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ न्यायाधीश संलग्न संवैधानिक इजलासले ती कानुन व्यवसायीसँग दर्जनौँ पटक एकैखाले प्रश्नहरूको उत्तर पनि खोजी गरेको छ। कहिले सम्भावना त कहिले काल्पनिक र भावी सम्भावनासम्मका प्रश्नमा इजलासले जिज्ञासा राखेको छ। अन्तर्राष्ट्रिय अभ्यासदेखि संविधान निर्माणको समयको मनसायसम्ममा बहस चलिरहेको छ। ९४ वर्षका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीदेखि २५ वर्षका समृत खरेलसम्मले बहस गरेका छन्। अझै पाँच थान निवेदन बहसको पालो कुरेर बसेका छन्। बिहीबार निवेदकका तर्फबाट ६ जना वरिष्ठ अधिवक्ता र एक जना प्रतिनिधि सभा सदस्यले बहस गरे। 

बिहीबार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पहिलो बहस गरेका थिए। घिमिरेले भारतका संविधान निर्माता भिमराव अम्बेडकरको भनाईबाट बहस शुरु गरेका थिए। उनले प्रतिनिधि सभा विघटनका लागि संसदमा जानुपर्ने वा अन्य विकल्प गर्न सकिने भन्ने विषयमा आफ्नो कुरा राखेका थिए। 

प्रतिनिधि सभा विघटनको अधिकार छ वा छैन भन्ने कुराको परीक्षण संसदबाटै हुनुपर्ने उनको मत रहेको इजलासमा घिमिरेले सुनाएका थिए। यसका लागि परामर्शसमेत पर्याप्त हुनुपर्ने भन्दै उनले संसद विघटन गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले कसैसँग परामर्शसमेत नगरी विघटन गरेको दाबी गरे। ‘यत्रो विघटन गर्नुअघि राष्ट्रपतिले संविधान संरक्षकको भूमिका खेल्न केही छलफल त गर्न सक्नुहुथ्यो नि,’ उनले भने, ‘यसमा उहाँको चासो किन परेन?’ 

राष्ट्रपति भण्डारीले सर्वसम्मत राष्ट्रपति हुने भूमिका गुमाएको उनको आरोप थियो। प्रतिनिधि सभा विघटनका लागि प्रधानमन्त्रीले पेस गरेको संविधानको धाराले विघटन गर्न नमिल्ने उनको जिकिर थियो। उनले अन्तराष्ट्रिय अभ्यास र नेपालको संविधान निर्माणको समयमा यी विषयमा व्यापक छलफल गरेर विघटनको अधिकार हटाएको जिकीर गरे। 

बहसको अन्त्यतिर घिमिरेले इजलासमा गीत नै सुनाए। ‘म इजलासमा संविधान निर्माणको समय सम्झेर एउटा गीत सम्झिरहेको छु,’ घिमिरेले भने, ‘अञ्जु पन्तले गाएको 'न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’को अवस्थाबाट संविधान जारी भएको थियो।’

उनको यो बहसपछि इजलासमा केही समय रमाइलो माहोल बनेको थियो।

घिमिरेपछि गोविन्द शर्मा बन्दी बहसका लागि उत्रिए। उनले संविधान बनाउँदा सरकार बनाउन दलहरूलाई मजबुत बनाउने उद्देश्यले धारा ७६ राखिएको दाबी गरे। ‘संविधान निर्माणको मक्सद मिलेर सरकार बनाऔँ नत्र विघटन हुन्छ भन्ने हो,’ उनले भने, ‘यही भित्री मनसायले राखिएको हो। यो प्रधानमन्त्रीको अधिकार होइन।’ 

nimb
nimb
Ncell 2
Ncell 2

विघटन सरकार बन्न नसकेमा वा सरकार चलाउन नसकी असफल भएको अवस्थामा विघटन हुने तर प्रधानमन्त्री केपी शर्मा ओली त्यो प्रक्रियामै प्रवेश नगरेकाले विघटन बदर हुनुपर्ने उनको दाबी थियो। ‘संविधानमा प्रतिनिधि सभा विघटनको सर्त किन राखियो त? प्रतिनिधि सभा विघटन रोक्न शर्त राख्नुको कारण निर्वाचनबाट हुने खर्च रोक्ने हो,’ उनले भने, ‘नत्र यसरी हरेक पटक निर्वाचन मात्र गर्न विघटन गर्ने हो भने देश अस्थिर हुन्छ।’ 

२०१५ सालमा राजा र २०४७ मा प्रधानमन्त्रीको सिफारिसमा राजाले विघटन गर्न सक्ने व्यवस्था राखेको तर अन्तरिम संविधानमा विघटनको व्यवस्था हटाइएको उनले बताए। ‘तत्कालीन समयमा पनि प्रतिनिधि सभा थियो तर किन राखिएन?,’ उनले भने।  

संविधान संसोधन गर्न सवैधानिक इजलासले नसक्ने तर व्याख्या गर्न सक्ने उनको तर्क थियो। प्रधानमन्त्री दिन नसकेमा संसद स्वत: भङ्ग हुने उनको तर्क थियो। विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री दिन नसकेमा स्वतः भङ्ग हुने संविधानको धारा ७६ को व्यवस्था रहेको उनको दाबी थियो। 

अविश्वास प्रस्तावको व्यवस्था किन राख्ने त?
बन्दीले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार दिने हो भने २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने संविधानको व्यवस्था राख्नुको अर्थ नहुने दावी गरे। 

‘प्रधानमन्त्रीलाई विघटनको विशेष अधिकार दिने हो भने अविश्वासको प्रस्ताव राख्न तोकिएको समय, अधिकार पनि निष्प्रभावी हुन्छ,’ बन्दीले भने, ‘प्रतिनिधि सभामा चेक एन्ड ब्यालेन्सका लागि एउटा मात्र धारा सक्रिय हुने, अर्को नहुने हुँदैन। त्यसैले २ वर्ष अविश्वासको प्रस्ताव किन पर्खनु पर्‍यो।’ 

'राष्ट्रपति संविधानको संरक्षक रहनु भएन' 
बन्दीले राष्ट्रपति भण्डारीको भूमिकामा प्रश्न उठाए। उनले भण्डारी संविधानको संरक्षक हुनबाट चुकेको तर्क गरे। २०४७ को राजा र अहिले राष्ट्रपतिको अधिकारमा केही फरक नभएकोले यस्तो अवस्थामा राष्ट्रपतिले राजाले गरेको जति काम पनि नगरेको उनको दाबी थियो। 

गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, मनमोहन अधिकारीदेखि अन्य प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनमा राजाले राय लिएर काम गरेको र अधिकारको मुद्दामा त सर्वोच्चले नै बोलेको उनको दाबी थियो। उक्त फैसलामा सरकार बन्ने अन्य विकल्प हुन सक्छ र सरकार गठन हुन सक्छ कि सक्दैन हेर्नुपर्ने भनिएको उनले सुनाए। 

‘अर्को मन्त्रिपरिषद गठन हुन सक्ने वा नसक्ने कुरा राष्ट्रपतिले हेर्नुपर्नेमा त्यसो भएको छैन,’ उनले भने, ‘संविधानको संरक्षकको रुपमा राष्ट्रपतिको दायित्व बन्दैन। संविधान यति कमजोर होइन, राष्ट्रपति असफल हुनु भयो।’ राष्ट्रपतिले अनुमोदन गरेको विघटनको प्रस्ताव यसरी हेर्दा पनि गैरसंवैधानिक भएको उनको दाबी थियो। 

'प्रधानमन्त्रीले 'फल्ट-लाइन' प्रयोग गरे'
बन्दीले प्रधानमन्त्री ओलीले आफैँले निर्माण गरेको संविधानमा हुँदै नभएको फल्ट लाइन (दरार) प्रयोग गरी विघटन गरेको दाबी गरे। भूकम्प आउँदा जसरी दरार बन्छ, त्यसैगरी संविधानमा छ भनी दाबी गरेको उनको तर्क थियो।  

‘संविधानमा दरार भएकाले विघटन गर्न पाउँछु भन्ने प्रधानमन्त्रीको आशय देखिन्छ। तर धारा ७६ मा यस्तो छैन,’ उनले भने, ‘यदि संविधानमा यस्तै समस्या थियो भने यसलाई मेटाउने काम कार्यकारी प्रधानमन्त्रीको हुन्थ्यो। तर दुःखको कुरा, उहाँले यसमै खेल्न खोज्नु भयो।’ 

प्रधानमन्त्रीले संविधानमाथि खेल्न नसक्ने भन्दै अदालतले विघटनको निर्णय उल्टाउनु पर्ने दाबी बन्दीको थियो। उनले प्रधानमन्त्री अध्ययनशील भएको र बुद्धका कुरा पनि गर्ने अनि रामका कुरा पनि गर्न थालेको भन्दै 'अकुशल कार्यले मोक्ष नदिने' बताए। संविधानबाहिर गएको ट्रयाकलाई अदालतले रोक्नुपर्ने नत्र देश पुनः द्वन्द्वमा जान सक्ने उनको तर्क थियो। 

उनको तर्क लगत्तै न्यायाधीशहरूले 'राजनीतिक विषयमा धेरै नजाऔँ' भन्दै रोकेका थिए। प्रतिनिधि सभाका सदस्य एवं निवेदक कृष्णभक्त पोखरेलले पनि संविधान निर्माणको समयमा भएका छलफल र संसदले सहयोग असहयोग गरेको बारेमा इजलासमा बहस गरेका थिए। 

आफू प्रतिनिधि सभाको कार्यसमिति नियमावली र संविधान निर्माणको कार्यदलमा रहेर काम गरेको व्यक्ति भएकाले उक्त समयमा भएका कुराहरू इजलासमा राख्ने भन्दै उनले बहस शुरु गरेका थिए।   

२०४७ सालको संविधानमा राख्दा कति पटक विघटन भयो? यही अदालतले पटकपटक उल्टाएको कुरा संविधान निर्माणको समयमा सोचेर नै अहिलेको व्यवस्था गरिएको उनको दाबी थियो। उनले प्रधानमन्त्रीलाई संसदले पटकपटक सहयोग गरेको भन्दै केही उदाहरणसमेत पेश गरेका थिए। 

‘नियम निलम्बन गरेर संविधान कार्यान्वयन, मौलिक हकका कानुन बनायौँ,’ पोखरेलले भने, ‘प्रधानमन्त्री कम्बोडिया जानुपर्ने भएकाले सम्झौता पास गर्न नियम निलम्बन गर्‍यौँ। बेपत्ता आयोगको म्याद थपका लागि तीनदेखि पाँच दिनमा गरेर पठायौँ। यो अवधिमा चिकित्सा शिक्षाबाहेक मतान्तर भएको छैन। अधिकांश विधेयक प्रधानमन्त्रीले जे ल्याउनु भएको छ, पास गर्ने काम प्रतिनिधि सभाले गरेको छ। २०६२/६३ मा जनआन्दोलनबाट प्रतिनिधि सभा पुनर्स्थापना गर्नु परेकाले व्यापक छलफल भएरै बनाएको हो।'

'बेलायतको 'फिक्स टर्म एक्ट' थाहा भएरै २१५ मा हामीले सविधानको मस्यौदा बनाएका हौं,’ उनले भने, ‘धारा ७६ त मन्त्रीपरिषद गठनको धारा होइन र श्रीमान्? मन्त्रिपरिषद दिन सकेन भने मात्र विघटनको कुरा हो।’ सोही धाराको उपधारा ५ ले उपधाराहरू १,२,३,४ लाई नछुने उनको जिकीर थियो। प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्था रहँदारहँदै ओलीले विघटनको सिफारिस गरेको उनको भनाइ थियो। 

‘संविधानको मस्यौदामा शुरुमा राष्ट्रपतिले विघटन गर्न सक्ने व्यवस्था राखिएको थियो। तर विज्ञहरूको सल्लाहपछि प्रधानमन्त्रीको सिफारिस राखिएको हो,’ उनले भने, ‘यसरी मन्त्रिपरिषद् गठन हुन नसकेमा मात्र विघटन गरेर नयाँ निर्वाचनमा जाने हो।’ 

उनको बहसकै बीचमा न्यायाधीश सपना प्रधान मल्लले धारा ७६ को उपधारा ५ को बारेमा जिज्ञासा राखेकी थिइन्। पार्टीभित्र विवाद भएपछि चलाउन नसक्ने भएँ भनेर प्रधानमन्त्रीले लिखित जवाफमा भनेकोले यो विवाद पार्टीको संसदीय दल वा प्रतिनिधि सभा कहाँ छलफल हुनुपर्ने हो भनी अर्का न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्न सोधेका थिए। जवाफमा उनले यो विघटन नै गैरसंवैधानिक भएकाले यसमा छलफल नै आवश्यक नभएको बताए।

बिहीबारै वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, तुल्सी भट्ट र हरि उप्रेतीले पनि बहस गरेका थिए। मुद्दा शुक्रबारका लागि 'हेर्दाहेर्दै' रहेको छ। इजलासले समय निर्धारण गर्दै बहस गराइरहेको छ। विगतका दिनभन्दा अलि छिटो र व्यवस्थित बहस हुन थालेको छ।  

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  २२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश
इरानसँग हतारमा सम्झौता नगर्ने राष्ट्रपति ट्रम्पको भनाइ
सम्बन्धित सामग्री
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम न... आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली... आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्ने राष्ट्रपति ट्रम्पको भनाइ सोमबार, जेठ ११, २०८३
आजको मौसमः हिमाल-पहाडका केही स्थानमा मध्यम वर्षा-हिमपात, तराईमा तातो हावा सोमबार, जेठ ११, २०८३
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्