काठमाडौं- नेपालकी ट्रान्सजेन्डर अर्थात् तेस्रोलिङ्गी मोडल अञ्जली लामाले हलिउड फिल्ममा डेब्यु गर्ने भएकी छन्। हलिउड फिल्म सेयरिङ ए राइड नामक फिल्ममा उनले अभिनय गर्ने भएकी हुन्।
विश्वका महिला कलाकारलाई फिल्ममा समावेश गर्ने लक्ष्य राखेको फिल्म निर्माण टोलीले अन्य ६ देशका महिलालाई निर्देशनको जिम्मा दिएको छ।
चलचित्रमा बलिउड नायिका ज्याक्लिन फर्नान्डेजले पनि अभिनय गर्नेछिन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार चलचित्रको छायांकन भारत र अमेरिकामा हुनेछ।
फिल्ममा अञ्जली र ज्याकलिन बाहेक कारा डेलेविन्ज, इवा लोन्गारिया मार्गरिटा वायलगायतले अभिनय गर्नेछन्। लर्वोलिनो इन्टरटेन्मेन्टको सह निर्माणमा रहने फिल्ममा वि डु इज टुगेदरले निर्माणको जिम्मा लिनेछ।
यो फिल्ममा महिलाको फरक फरक जीवनको कथा प्रस्तुत हुनेछ। नेपालको प्रतिनिधित्व गर्दै गरेकी ट्रान्स मोडल अञ्जलीले यसअघि ‘ल्याम्मे फेशन सो’मा समेत सहभागिता जनाइसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।