काठमाडौंं–प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आठौं दिनको बहस सर्वोच्च अदालतमा जारी छ। रिट निवेदक देव गुरुङका तर्फबाट बहसका क्रममा अधिवक्ता मेघराज पोखरेलले ५ वर्ष सरकार चलाउन नसके प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
‘चलाउन सके ५ वर्ष चलाउने हो, नसके पदबाट हट्नु्पर्छ,’ उनले भने, ‘संसद चलाउँदिन भने राजीनामा दिने हो, विघटनको अधिकार हुँदैन,’ उनले भने।
अधिवक्ता पोखरेलले राजनीतिक स्थायीत्वका लागि नै विगतमा प्रधानमन्त्रीलाई दिइएको संसद विघटनको अधिकार झिकिएको र अविश्वासको प्रस्ताव पनि २ वर्षसम्म राख्न नपाउने व्यवस्था गरिएको बताए। उनले हुँदै नभएको शक्ति छ भन्नु संविधानमाथिको बदनियत भएको पनि इजलासमा बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।