काठमाडौं–नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले ६९औं भन्सार दिवसका अवसरमा आइतबार काठमाडौंमा भिसिटिएस तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ। कर सम्बन्धमा रहेका विभिन्न जिज्ञासाहरुमा अन्तक्रिया गर्ने उद्धेश्यसहित सो कार्यक्रम आयोजना गरिएको नाडाले जनाएको छ। प्रशिक्षणमा आय करको महत्व, व्यक्तिगत रुपमा लिइने ब्याज, पर्सनल आईटीआरमा समावेश हुने आम्दानीसम्बन्धी छलफल गरिएको थियो।
यस्तै, एउटै प्यानमा गरिने बुककिपिङ, टिडिएस कस्तो अवस्थामा मात्रै काट्न मिल्ने, वडा कार्यालय र कर कार्यालयमा जाने टिडिएसका प्रकृतिका बारेमा कार्यक्रममा चर्चा भएको थियो।
कार्यक्रममा भन्सार विभागकातर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागका निर्देशक सूर्यप्रसाद पोखरेल तथा राजस्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिएका थिए। त्यसैगरी नाडाकातर्फबाट सिए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।