काठमाडौं– नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न खाले संघर्षका कार्यक्रम गर्दै आएको यो पक्षले अहिले काठमाडौंका विभिन्न ९ ठाउँबाट जुलुस निकालेको छ। जुलुसहरुको नेतृत्व गर्न स्थायी कमिटी सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरुको नाम तोकिएको छ।
सबै जुलुस रत्नपार्कमा जम्मा भई मूल जुलुसमा परिणत भइरहेको छ। त्यसपछि उक्त जुलुस रत्नपार्क-बागबजार-पुतलीसडक-प्रदर्शनी मार्ग-भद्रकाली-सहिदगेट-एनएसी-भोटाहिटी-रत्नपार्क-विद्युत प्राधिकरण हुँदै सभामा परिणत हुने बताइएको छ।
सभालाई सो पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतले सम्बोधन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।