काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा मंगलबार पनि सुनुवाइ जारी छ।
मंगलबारको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो पुरानै प्रश्न दोहोर्याएका छन्। उनले बहस गरेका हरेकजसो वरिष्ठ अधिवक्ता/अधिवक्तालाई सोध्ने गरेको 'बहुमतको प्रधानमन्त्रीले सरकार चलाउँदिन भनेपछि संविधानमा विकल्प के छ?' भन्ने प्रश्न आज पनि दोहोर्याएका छन्।
'संविधानको धारा ७६ (१ ) अनुसार सरकार बन्यो। म सरकार चलाउन सक्दिनँ भनेपछि संविधानले के हल दिएको छ?', बहसमा उत्रिएका एक अधिवक्तालाई प्रधानन्यायाधीश राणाले प्रश्न गरे, 'नेकपाको बहुमत प्राप्त सरकार छ। बहुमत प्राप्त दल नेकपाले सरकार नबनाउने भनेमा सविधानले के विकल्प दिएको छ?'
राणाले संसदले सहयोग गरेन भने विघटन गर्न पाउने कि नपाउने? भन्ने प्रश्न पनि राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।