• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

 अदालतले विघटनलाई सदर गरे संविधान मर्छ

रमण श्रेष्ठ सोमबार, पुस २७, २०७७  १३:३६
1140x725

प्रधानमन्त्रीले जुन संविधानको धारा टेकेर प्रतिनिधि सभाको विघटन गर्नुभएको छ, त्यस धाराको बारेमा मुलुकमा बहस भएको छैन। 

प्रधानमन्त्रीले के भन्नुभएको छ भने मसँग ६४ प्रतिशतको बहुमत थियो, त्यसको आधारमा प्रतिनिधिसभा विघटन गरेको हुँ। प्रधानमन्त्री संविधानको आधारमा प्रधानमन्त्री भएको तथ्य हेर्नलाई राजपत्रमा प्रकाशित सूचना हेर्नुपर्ने हुन्छ। त्योभन्दा बाहिर भएका कुराको आधिकारिता हुँदैन।

२०७४ साल फागुन ३ गते राष्ट्रपतिको कार्यालयबाट राजपत्रमा एउटा सूचना प्रकाशित गरेको थियो। त्यसमा लेखिएको थियो, ‘सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकोले यो सूचना प्रकाशित गरिएको छ।’

प्रधानमन्त्रीले आफू उक्त पदमा पुगेको संविधानको ७६ को उपधारा १ अनुसार निर्वाचित भएको भनिरहनुभएको छ। राजपत्रमा प्रकाशित सूचनाले प्रधानमन्त्री ७६ को २ अनुसार प्रधानमन्त्री भएको उल्लेख गरेको छ। संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री निर्वाचित गर्नलाई कुनै संसदीय दलको नेतालाई प्रधानमन्त्री निर्वाचित गरिएको हुन्छ। उक्त व्यक्तिले विश्वासको मत लिनु पर्दैन।

राष्ट्रपति कार्यालयले निकालेको सूचनामा ‘माननीय सदस्य केपी ओली’ मात्रै लेखिएको थियो। उहाँ तत्कालीन एमालेको संसदीय दलको नेता हुनुहुन्थ्यो होला।तर, त्यो हैसियतले केपी ओली प्रधानमन्त्री बन्नुभएको होइन। धारा ७६ को २ मा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्ने व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न सकिने व्यवस्था छ।

२०७४ साल फागुन २७ गते प्रतिनिधि सभाको पहिलो बैठक थियो। सभामुख चयन त्यसैदिन भएपछि बैठकको दोश्रो चरणमा प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को ४ अनुसार विश्वासको मत माग्नुभएको थियो। प्रतिनिधि सभामा २७५ सांसद हुन्छन्। त्यसमध्ये पहिलो दिन ७ जना अनुपस्थित हुनुभएको थियो।

ओलीले संसदमा विश्वासको मत मागिसकेपछि २६८ जना मध्येबाट २०८ मत प्रधानमन्त्रीले पाउनुभयो। नेपाली कांग्रेसले मात्रै मत दिएको थिएन। राष्ट्रिय जनमोर्चाले भाग नै लिएन। प्रधानमन्त्री ७५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको थियो।

अहिले सबै स्पष्ट हुनुपर्ने विषय प्रधानमन्त्री कुन चाहिं धारा अन्तर्गत बन्नुभएको भन्ने नै हो। उहाँ बहुदल (एकभन्दा बढी दल)बाट निर्वाचित प्रधानमन्त्री हो। एक वा एक भन्दा बढी दलको प्रधानमन्त्री उहाँ हो। त्यसको प्रमाणको लागि २०७६ साल पुस ५ गते उपेन्द्र यादवले पदबाट मन्त्री पदबाट राजीनामा दिनुभएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संघीय समाजवादीले विश्वासको मत सोही महिनाको ९ गते फिर्ता लियो। छलफल हुनुपर्ने विषय नै यही हो। बुझाउनुपर्ने विषयलाई नेताहरुले समेत जनतामा सम्प्रेषण गरेका छैनन्। प्रधानमन्त्रीले भने जस्तै गरी उहाँ संविधानको धारा ७६ को उपधारा १ अनुसारको सरकार नै होइन। प्रधानमन्त्रीले भनेजस्तो हुँदै होइन।

कुनै दलले संसदको कुल संख्यामध्ये १६८ सिट प्राप्त गर्‍यो भने त्यो दलको संसदीय नेतालाई प्रधानमन्त्री चयन गर्न सकिने व्यवस्था छ। तत्कालीन समयमा एमालेको १२१ सिट थियो। माओवादी केन्द्रको ५३ सिट थियो। कांग्रेसको ६३ सिट थियो। मधेसवादी दलको ३४ सिट थियो। प्रधानमन्त्री ओलीलाई ५ भन्दा बढी दलले समर्थन गरेर चुनिनु भएको हो।

प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने क्रममा प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा १ अनुसार भंग गरिएको जनाइएको छ। राष्ट्रपति कार्यालयको पूर्व सूचनामा संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्ति गरेको उल्लेख गरेको थियो। संविधानको ७६ को उपधारा १,५ र ७ लाई आधार बनाएर विघटन गरिएको छ। विघटन गैरसंवैधानिक छ। ओली सरकार बहुदलीय सरकार हो।

दुई पार्टी मिलेर एकल पार्टीको सरकार बनेको द्विविधा हामीलाई छ। ओलीलाई पूर्व एमाले र माओवादीको साथै अन्य दलको पनि समर्थन थियो। संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राप्रपा पनि समर्थन भएकाले सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बनेको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०४७ को संविधानमा प्रधानमन्त्रीलाई जुनसुकै बेला संसद् विघटन गर्ने अधिकार थियो। २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलामा अविश्वासको प्रस्ताव संसदमा दर्ता भएकाले प्रतिनिधि सभा मार्न नपाइने फैसला गरिदियो। सरकार बनाउने सम्भावना रहेकाले जसले जन्मायो उसैलाई मार्न नमिल्ने फैसला गरिदिएको थियो। राजाले अनुमोदन गरेको संसद् विघटनको सिफारिसलाई अदालतले बदर गरिदियो। 

नेपालको इतिहासमा चारपटक प्रतिनिधि सभा विघटनका घटना भएकाले २०७२ को संविधानमा विघटन गर्ने नमिल्ने प्रावधान राखियो। २०५१ सालमा गिरीजाप्रसाद कोइरालाले, २०५२ मा मनमोहन अधिकारीले, २०५४ सालमा सूर्यबहादुर थापाले, २०५९ सालमा शेरबहादुर देउवाले संसद् विघटनको सिफारिस गरे। अधिकारी र थापाले गरेको सिफारिसलाई अदालतले बदर गरिदियो।

विगतबाट शिक्षा लिएर २०७२ को संविधानमा दुई कुरालाई प्राथमिकता दिइयो- दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने। एक पटक अविश्वासको प्रस्ताव ल्याएपछि अर्को एकवर्षसम्म ल्याउन नमिल्ने प्रावधान राखियो। प्रधानमन्त्रीलाई यो विधिबाट सुरक्षित गरिसकेपछि प्रधानमन्त्रीलाई विघटनको अधिकार दिन हुँदैन भन्ने बहस भयो। त्यसै अनुसार संविधानमा सरकार बन्न सक्ने सम्भावनाका विभिन्न चरण राखियो।

प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ प्रयोग गर्ने अधिकार पनि छैन। उहाँ धारा ७६ को उपधारा २ अनुसार बनेको प्रधानमन्त्री हो। विश्वासको मत संविधानको धारा ७६ को उपधारा ४ अनुसार लिनुभएको छ। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा छैन। सनकको भरमा प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने अहिलेको व्यवस्था हो। तर, २०४७ को संविधानमा प्रधानमन्त्रीले जतिबेला पनि विघटन गर्न पाइने व्यवस्था थियो। 

प्रधानमन्त्रीले संविधानको आत्मालाई मार्नुभएको छ। संविधान मार्ने कार्यलाई मान्यता दिइयो भने २०७२ सालको संविधान रहन्न। अहिलेको मुख्य सवाल संविधानलाई बचाउने कि मार्ने हो। अहिले गरेको विघटनलाई अदालतले सदर गरिदियो भने संविधान २/४ वर्ष अघि जान सक्दैन।

अहिलेको लडाई संविधान जीवित राख्ने कि मार्ने भन्ने हो। प्रधानमन्त्रीले संविधान मार्न लाग्नुभएको छ। आमजनताले यसलाई बचाउनुपर्ने छ। संविधान बचाउनलाई अदालतले मात्रै सक्दैन। २०५९ सालमा शेरबहादुर देउवाले विघटन गरेको संसद राजनीतिक बलमा पुनर्स्थापना भएको थियो। जीवित अदालतले गरिदिएको होइन। जनताको आन्दोलनले संसद् पुर्नस्थापना भएको हो। राजाको प्रत्यक्ष शासनमा चुनाव पनि हुन नसकेपछि सडकबाट प्रतिनिधि सभा पुनर्स्थापित भएको हो।

यो बेला अदालतले पनि जे पनि गर्न सक्छ। उसको स्वविवेकको कुरा हो। विघटन ठिक/बेठीक जे भन्ला। जनताले बुझ्नुपर्ने कुरा विघटन संविधान अनुसार छ कि छैन भन्ने हो। जनताको बलमा पनि संसद पुनर्स्थापना हुन सक्छ। जनताको बलमा पुनर्बहाली भएको हाम्रो अभ्यास पनि छ।

प्रतिनिधि सभा संविधानतः मरेकै छैन। जिउँदो मान्छेलाई अरुसँगै भएकाले मरेको भनिदिँदा पत्याउन सकिँदैन। सबैले मर्‍यो भनी तर्कहीन व्याख्या गरेपछि जिउँदो मान्छेले म जिउँदै छु भनी प्रमाणित गर्नुपर्छ। अहिले भएको यही हो। यसरी नै प्रतिनिधि सभाका सदस्यले ‘हामी जिवितै छौं’ भन्दै उभिनुपर्छ।

सभामुखले प्रतिनिधि सभाको बैठक बोलाउनुपर्छ। सांसदले सभामुख र राष्ट्रपतिलाई ‘हामी जिवितै छौं’ भन्नु जरुरी छ। गैरसंवैधानिक तरिकाले मारिएको भन्दै सांसदले आधिँबेहरी सिर्जना गर्नुपर्छ। जीवित छौं भनेपनि उहाँहरुको आवाज पुगेको छैन।

(वरिष्ठ अधिवक्ता श्रेष्ठले काठमाडौंमा भएको एक कार्यक्रममा राखेको विचारमा आधारित)

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्