• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

'प्रसव पीडा'मा माथिल्लो तामाकोशी, फागुन १५ सम्म निर्माण सम्पन्न हुँदै

कति पुग्यो लागत? यस्तो छ कम्पनीको वित्तीय अवस्था
हेमन्त जोशी/अरुण सापकोटा सोमबार, पुस २०, २०७७  १५:०१
1140x725

काठमाडौं- ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। २०७१ साल चैतमा उत्पादन गर्ने लक्ष्य राखेर निर्माण सुरु भएको यो आयोजना बारम्बार भाका सार्दै ६ वर्ष पर धकेलिएर सम्पन्न हुने चरणमा पुगेको हो। 

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विज्ञान प्रसाद श्रेष्ठ अबको २ महिनाभित्रमा आयोजनाको सिभिलतर्फको सबै काम सकेर उत्पादन सुरु हुने बताउँछन्। ‘९९ प्रतिशत बनिसक्यो। बत्ती बाल्नै लागेको बेलामा रोकिएको हो। फागुनको मध्यतिर टेस्टिङ र कमिसनिङका काम सुरु हुन्छन्। यो आर्थिक वर्षको अन्तसम्ममा त आयोजनाका सबै युनिटहरु संचालनमा आइसक्छन्‚’ सिइओ श्रेष्ठले भने। 

आयोजनालाई गत आर्थिक वर्षभित्रमा नै संचालन गर्ने लक्ष्यमा मुख्यगरी कोभिड १९ महामारी र हाईड्रोमेकानिकलतर्फ ठेक्का पाएको भारतीय ठेकेदार कम्पनीको कमजोरी बाधक बनेको सिईओ श्रेष्ठ बताउँछन्। ‘ठेक्कासँग सम्बन्धित मालबस्तुको ढुवानीमा समस्या भयो। ठेकेदारले महत्वपूर्ण सामान आपूर्ति गर्न सकेन। तर अहिले अर्को कम्पनीमार्फत काम गरिरहेका छौं‚’ उनले भने।

आयोजनामा हाइड्रोमेकानिकल तर्फको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको इन्जिनियरिङ एन्ड रेल्वे कम्पनीले अन्तिम अवस्थामा काम गर्न नसक्ने भन्दै ढिलाइ गरेको थियो। पेनस्टक पाइप जडानका लागि आवश्यक सामग्री ढुवानी नभएपछि अहिले त्यो काम अस्ट्रेलियन कम्पनी एन्ड्रिज हाइड्रोले गरिरहेको छ। 

आयोजनाको भर्टिकल पेनस्टक जडानको कामलाई पहिलेको भन्दा केहि परिवर्तन गरेर आयोजना संचालनमा ल्याउन लागिएको श्रेष्ठ बताउँछन्। ‘पेनस्टक पाइप जडानमा पहिलेको ढाँचामा केही परिवर्तन गरेर जतिसक्दो चाँडो काम सकाउनतर्फ लागेका छौं। फेब्रुअरी भित्रमा सिभिलतर्फको काम सकिन्छ। त्यसपछि उत्पादनको चरणमा जान्छ‚’ उनले भने‚ ‘अब जतिसक्दो चाँडो आयोजना संचालनमा ल्याएर राजस्व संकलन गर्नेतर्फ ध्यान दिनु छ। ‘टाईम ओभर रन’ ‘कस्ट ओभर रन’ भयो भन्नुको अर्थ छैन।’

आगामी फागुन मध्यतिर संरचना निर्माणका काम सक्ने, एक महिना जति टेस्टिङ र कमिसनिङको काम भएपछि बत्ती बल्न थाल्छ। आयोजनाका सबै युनिटहरु संचालन भएर पूर्ण रुपमा संचालनमा आएको अवस्थामा पुग्न भने असार सम्मको समय लाग्नेछ।

आयोजनालाई राष्ट्रिय प्रसारणलाई लाइनमा जोड्ने २ सय २० केभी गोंगर–खिम्ती प्रसारणलाइनअन्तर्गतको २२ नम्बर टावर गत भदौमा पहिरोका कारण भाँचिएको थियो। तर त्यसको मर्मत सम्भारको काम भइरहेको र आयोजनाले उत्पादन सुरु गर्ने बेलासम्ममा प्रसारणलाइन पनि पूर्ण संचालन गर्नुपर्ने अवस्थामा पुगिसक्ने श्रेष्ठको भनाइ छ। ‘आयोजना सम्पन्न गर्नु भनेको प्रसव पीडा भोग्नुजस्तै हो। जसरी एक आमाले पेटमा बच्चा हुर्काउँछ र बच्चा जन्मिदा बढी दुःख हुन्छ। हामी त्यही चरणमा छौं‚’ उनी भन्छन्। 

यो आयोजना पूर्ण स्वदेशी लगानीमा बनिरहेको छ। आर्थिक वर्ष २०६/६८ मा शुरु भएको यो आयोजनाको २०७१ साल चैतलाई निर्धारित सम्पन्न मिति मानिएको थियो तर पटकपटक गरी उक्त अवधि थपेर अहिले फागुन १५ सम्म पुगको हो। तामाकोशी संचालन भइसक्दा नेपालले भारतबाट विद्युत आयात गर्नुपर्ने छैन। बरु वर्षायाममा आन्तरिक खपत भन्दा पनि भारत निर्यातका लागि सोच्नुपर्ने बेला आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

निर्माणमा ढिलाइ हुँदा ब्याज पुँजीकरण बढ्यो 
अपर तामाकोशीको लागत ब्याज पुँजीकरणसहित ७६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माणमा ढिलाइ हुँदा ब्याज पुँजीकरण मात्रै २४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। गएको वर्ष कम्पनीले आयोजनाको जम्मा लागत ४९ अर्ब २९ करोड रुपैयाँ लाग्ने भन्दै सार्वजनिक गरेको थियो। तर यस वर्ष थप तीन अर्ब रुपैयाँले बढेर लागत ५२ अर्ब २९ करोड रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए।

जम्मा लागत र लागतको ब्याज पुँजीकरण सहित ७६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको श्रेष्ठले जानकारी दिए। उनले भने‚ 'यदि हामीले अनुमान गरेअनुसार फागुन १५ भित्रमा सम्पुर्ण सभिल वर्कको पुरा भएको खण्डमा ब्याज पुँजीकरण तथा प्रशासनिक खर्चसहित जम्मा ७६ अर्ब रुपैयाँमा निर्माण कार्य सकिन्छ।' आयोजना निर्माणका लागि कम्पनीले शेयर पुँजीबाट मात्रै १० अर्ब ५९ करोड रुपैयाँ जुटाएको छ। बाँकी ४१ अर्ब ७० करोड रुपैयाँ बैंकबाट कर्जा लिएको छ। यसै कर्जालाई हरेक वर्ष ब्याज पुँजीकरण गर्ने क्रममा लागत थप १३ अर्ब १२ करोड रुपैयाँ थप बढ्ने भएको हो। निर्माण कार्यमा जति ढिलाइ हुँदै जान्छ बैंकको ब्याज पुँजीकरण पनि बढ्दै जान्छ।

बैंकहरुको ब्याजदरमा हुने उतारचढावका कारण पनि बैंकको लागत प्रभावित भैरहेको छ। आयोजनाको भर्टिकल पेनस्टक पाइप जडानमा ढिला हुँदा आयोजनाको निर्माण प्रभावित भएको हो। जसकारण कम्पनी हरेक दिन लाखौँ रुपैयाँ ब्याजको दायित्व कम्पनीले व्यहोर्नुपर्ने हुन्छ। प्राविधिकहरुले पटक पटक धोका दिदा कम्पनीको निर्माण प्रभावित हुने गरेको छ। यसको प्रत्यक्ष भार शेयरधनीहरुले भरपाइ गर्नुपर्ने हुन्छ। लागत जति धेरै बढ्यो लगानीकर्ताले पाउने प्रतिफल पनि कम हुँदै जान्छ। साथ साथै कम्पनीले लाभांश पनि दिन सक्दैन। ऋणदाता संस्थाहरु सँग कम्पनीले उत्पादन सुरु भए पछि १० वर्षसम्ममा कर्जा भुक्तानी गरिसक्ने सम्झौता गरेको थियो। तर निर्माण कार्य ढिलाइ हुँदै गर्दा लागत ब्याज पुँजीकरण सहित दोब्बरले बढिसकेको छ। यसले गर्दा ऋण तिर्ने अवधि थप लम्बिने देखिन्छ। त्यसैले गर्दा लगानीकर्ताले लाभांश पाउन अझै धेरै समय कुर्नुपर्ने देखिन्छ।

सुरुवाती अवस्थामा ३५ अर्ब लागतको अनुमान गरेर १० वर्ष कर्जा तिर्न लाग्ने भन्दै गर्दा कम्पनीले कम्तिमा पनि १७/१८ वर्ष कर्जा भुक्तानी गर्न समय लगाउने प्रस्ट देखिन्छ। कम्पनीले निर्माण कार्य सम्पन्न भए पछिको पहिलो वर्ष चार अर्ब आम्दानी गर्ने प्रक्षेपण गरेको थियो। त्यस्तै उत्पादन सुरु भएको दोस्रो वर्षमा ९ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ। औसतमा पनि कम्पनीले ९ अर्ब रुपैयाँ आम्दानी गर्दै जानेछ। कर्जा भुक्तानी गरिसकेपछि कम्पनीले शेयरधनीलाई औषतमा वार्षिक लाभांश २५ प्रतिशत दिन सक्नेछ। तर यसका लागि कम्तिमा पनि १० वर्षभन्दा लामो समय कुर्नुपर्ने हुन्छ। 

निर्माण कार्य सम्पन्न भएपछि मात्रै वार्षिक साधारणसभा 
कम्पनीले आयोजनाको सिभिल वर्क सम्पन्न भए पछि मात्रै गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा बोलाउने योजना बनाएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको साधारणसभामा चार जनाको सञ्चालक समितिको निर्वाचन गर्ने कार्ययोजना बनाए पनि पहिलो चरणमा गणपुरक संख्या नपुग्दा साधारणसभा सम्पन्न गर्न सकेको थिएन। गणपुरक संख्या पुर्‍याएर साधारणसभा सम्पन्न गरे पनि सञ्चालक समितिको भने निर्वाचन गर्न सकेन।

कम्पनीले लाभांश पनि दिन नसक्ने र लगानीकर्तामा खुसीको सञ्चार हुने भन्दै निर्माण कार्य सकिएपछि मात्रै साधारणसभा गर्ने योजना बनाएको श्रेष्ठले जानकारी दिए। सर्वसाधारण समुहको तर्फबाट चार जना सञ्चालक बन्न पाउने भएकाले दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा चलखेल हुने गरेको छ। सञ्चालक बन्न शेयर उठाउने तथा प्रोक्सी संकलन गर्ने होडबाजी चन्ने गरेको छ।

बेला बेलामा आयोजनाको निर्माण सकिने हल्ला चलाएर बजार प्रभावित हुँदै आएको छ। प्राथमिक शेयर निष्काशन गरेकै वेलामा आयोजनाको निर्माण कार्य १० प्रतिशतमात्रै बाँकी रहेको बताउदै आएको कम्पनीले दुई वर्ष बितिसक्दा पनि सम्पन्न गर्न सकिरहेको छैन। यसै अवधिमा गएका दुई तीन महिनामा अपर तामाकोशीको शेयर लगातार बढिरहेको छ। बजारमा कम्पनीको शेयर मूल्य ६/७ सय रुपैयाँ पुग्ने हल्ला चलाउदै दोस्रो बजारका लगानीकर्ताको कम्पनीको आयोजना निर्माण कार्य सकिने विषयमा अफवाह चलाउने गरेका छन्।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्