काठमाडौं- दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ टिमकी कप्तान रुबिना क्षेत्रीले अर्धशतक बनाएकी छिन्। वागमती प्रदेशविरुद्धको खेलमा उनले ४८ बलमा ५० रन बनाएकी हुन्। जसमा उनले ६ चौका बनाइन्।
रुबिना ५५ बलमा ५५ रन बनाएर आरती बिडारीको बलमा क्याच आउट भइन्। प्रतियोगितामा यो तेस्रो अर्धशतक हो। यसअघि प्रदेश नम्बर २ की अनुराधा चौधरीले कर्णाली प्रदेशविरुद्ध ६० बलमा अविजित ६९ रन बनाएकी थिइन्। यस्तै कर्णाली प्रदेश विरुद्ध नै एपिएफकी सीता राना मगरले ५९ बलमा ६८ रन बनाएकी थिइन्।
प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५९ रनले हराएको थियो। यसअघि नै समूह ‘ए’ बाट एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् भने प्रदेश नम्बर २ र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।