काठमाडौं- दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५९ रनले हराएको छ।
सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर ४८ रन मात्र बनाउन सकेको हो। गण्डकीका लागि पूर्णता शाहीले १७ बलमा २ रन, शिला क्षेत्रीले २१ बलमा ४ रन, सृष्टी पौडेलले १० बलमा ८ रन, सीमाना केसीले २५ बलमा ४ रन, एलिशा लामिछानेले ७ बलमा ४ रन सातै अविजित रहेका ज्योत्सिन्का मरासिनीले १४ बलमा ६ साथै कुसुम गोदारले १९ बलमा ५ रन बनाए।
सुदूपश्चिमका लागि सुनिता लुहारले दुई साथै कविता कुँवर, ऋतु कनोजिया र लक्ष्मी साउदले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूपश्चिमले १९.३ ओभरमा १०७ रन बनाउँदा सबै विकेट गुमाएको थियो। जसमा मञ्जु बोकटीले १४ बलमा १० रन, रेवती धामीले ३६ बलमा २७ रन, कविता कुँवरले ११ बलमा ७ रन, डोली भट्टले ९ बलमा २ रन, बिन्दु रावलले २३ बलमा १३ रन, ऋतु कनोजियाले ११ बलमा ७ रन, कविता जोशीले ३ बलमा २ रन, रुबी पोद्दारले ९ बलमा ५ रन, सुनिता लुहारले ३ बलमा १ रन र लक्ष्मी साउदले २ बलमा १ रन बनाएका थिए।
गण्डकीका लागि सृष्टि पौडेल र एलिशा लामिछानेले तीन–तीन साथै एञ्जिला विश्वकर्मा, कुसुम गोदार र ज्योत्सिन्का मरासिनीले एक–एक विकेट लिए।
प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत नै वागमती प्रदेश र प्रदेश नम्बर १ को खेल मंगलबार दिउँसो हुँदेछ। यसअघि नै समूह ‘ए’ बाट एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् भने प्रदेश नम्बर २ र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।