• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

अब पनि नेपालले आधुनिक कृषि प्रणाली अपनाएन भने धेरै कुरा गुम्न सक्छ : इजरायली राजदूत गोडेर [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, मंसिर २७, २०७७  १६:०३
1140x725

काठमाडौं- नेपाल र इजरायलबीच दौत्य सम्बनध कायम भएको यो वर्ष ६०वर्ष पूरा हुँदैछ। यो यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ। योसँगै नेपालका लागि इजरायलका राजदूत हनान गोडेर दोहोरिएर नेपाल आएपछि चर्चाको विषय बनेको छ। नेपालमा राजदूत दोहोरिएर आएको यो पहिलो घटना हो। यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालले राजदूत गोडेरसँग नेपाल इजरायल सम्बन्धका साथै नेपाली कृषि र प्रविधिबारे गरिएको कुराकानीको सम्पादित अंश:

नेपालमा दोस्रो पटक राजदूत भएर आउनु भएको छ। कसरी सम्भव भयो?
हो, यो म दोस्रोपटक राजदूत बनेर आएको छु। केही वर्ष अगाडिसम्म यहीँ थिएँ। फेरी आउन पाउँदा खुशी छु। नेपाल धेरै राम्रो र एकदमे रमाइलो देश पनि छ। नेपालमा इजरायली सरकारको परियोजनाहरु पनि सञ्चालनमा छन्। हामी दुवै देशले परस्पर हितका धेरै काम गरेका छौं यसलाई निरन्तरता दिन पनि म आएको हुँ। 

नेपाल र इजरायलबीचको सम्बन्ध हिजो र आज कस्तो छ?
यो वर्ष हामी इजरायल नेपाल सम्बन्धको ६०औं वर्षगाँठ मनाइरहेका छौं। यो कुरा हामी बिर्सन सक्दैनौं। इजरायलको अस्तित्वको लागि नेपालले दिएको मत महत्वपूर्ण छ, मलाई लाग्छ एशियामा पहिलो पनि हो। यो दुतावास भएको भवनमा नै पहिलो पटक कार्यालय खुलेको हो। अहिलेसम्म हामी यहीँ छौं। हामी लामो समयदेखि द्विपक्षीय हितका धेरै आयोजनाहरु सञ्चालन गर्दै आइरहेका छौं। यो तथ्यले हाम्रो सम्बन्धलाई प्रष्ट पार्छ।  

हाम्रो सम्बन्धमा नेपाली जनता र इनजरायली जनता कसरी जोडिएका छन्?
हाम्रो सम्बन्ध असल छ। यसको कारण हाम्रो समान बुझाई छ। हामी दुवै साना देश हौं। दुवै देशको छिमेकमा ठूला देश छन्। ठूला देशको छिमेकमा रहेका साना देशका केही समान प्रकृतिका चुनौती, छिमेक–छिमेक बीचको सवालमा हाम्रो एक समान भोगाई र सहानुभुति रहन्छ। मलाई लाग्छ नेपाल इजरायल बीचको सम्बन्ध प्रगाढ हुन यो विषयले महत्वपूर्ण भूमिका खेलेको छ। हाम्रो देश सानो छ। मध्यपूर्वमा देशहरुबीच मित्रवत सम्बन्ध छैन। यसलाई हामीले व्यवस्थापन गर्दै आएका छौं। 

 

 

 

Ncell 2
Ncell 2

हाम्रो देश स्थापनाको ७० वर्षको इतिहासमा धेरै प्रगति भइसकेको छ। इजरायलमा धेरै देशका मान्छेहरु आउन चाहन्छन्, काम गर्न चाहन्छन्। इजरायलको प्रगति हेर्न चाहन्छन। नेपालीले पनि इजरायललाई मन पराउँछन् यस्तै इजरायली जनता पनि नेपाल र नेपाली मन पराउँछन्। धेरै इजरायली एकपटक नेपाल आउन, घुम्न चाहन्छन्। यस्तै इजरायलमा गएर कुनै नेपालीले नेपालबाट आएको भनेर सुनायो भने मात्र पनि हार्दिकता र स्वागत पाउँछ। 

अब अलिकति कृषिका कुरा गरौं। यो तपाईंको मन पर्ने विषय पनि हो। इजरायलको तुलनामा नेपालको कृषि कस्तो छ?
म पहिला इजरायलको कृषिको कुरा गर्छु। ७० वर्ष अगाडि हामी अभाव, भोकमा थियौं। जनताले खाद्यान्न लिनको लागि सरकारले दिने कुपनको भर पर्नुपर्थ्यो। यसमा  पनि सीमित खाना मात्र थियो। अहिलेको अवस्थासम्म आउँदा हामीले ठूलो फड्को मारेका छौं। यो चमत्कार जस्तो लाग्छ तर यो चमत्कार नभएर कडा मेहनतको नतिजा हो।

अहिले विश्वमा इजरायल कृषि उपजको प्रमुख उत्पादक मध्ये एक हो। यो कसरी सम्भव भयो भन्दा कथा जस्तो लाग्छ सुन्दा। तपाईलाई थाहा छ इजरायलमा जम्मा ३ प्रतिशत किसानले ९७ प्रतिशत जनतालाई खुवाइरहेका छन्। तपाईले सोच्नुभयो होला यो कसरी हुन्छ? हो यो कुरा नै हामी नेपाली जनतालाई भन्न चाहन्छौं, सिकाउन चाहन्छौं। हामीले यो काम गरिरहेका छौं।

हामीले इजरायलबाट प्राविधिक विज्ञहरु बोलाएर सिकाउने, नेपाली किसानलाई इजरायल लगेर सिकाउने काम गरिरहेका छौं। हामीले अनुभव र सिकाई आदान प्रदान गरिरहेका छौं। नेपालीहरुले विस्तारै सिक्न पनि थालेका छन्। 

कृषिको प्रविधि र विकासमा इजरायल पावर हाउस नै हो। नेपाल सरकार र नेपाली जनताले बढीभन्दा बढी फाइदा कसरी लिन सक्छन्? 
कृषि प्रविधिमा धेरै विकास भइसकेको छ। हामीले सिकाउने यहि नै मुख्य कुरा हो। म एउटा कुरा भन्छु सुन्नुस हैत, इजरायलमा पर्याप्त वर्षा हुँदैन साथै पानीको श्रोत पनि पर्याप्त छैन। अनि हामीले थोपा सिंचाईको विकास गर्‍यौं। यो प्रविधिको प्रयोग पानीको कमी पुरा गर्नु मात्र हैन विरुवामा पोषण र मल पुर्‍याउन पनि प्रयोग गर्‍र्यौं।

नेपालमा हामी हेछौँ नेपालमा मलको प्रयोग बारी खेतमा छरेर प्रयोग गर्छौं। अहिलेसम्म यसरी नै प्रयोग गरिन्छ जुन गलत पनि हो। इजरायलमा बिरुवाको जरामा पुग्ने गरी मल र पानी दिइन्छ। हामी यसलाई फर्टिजेसन भन्छौं। यो नै प्रविधि हो। साथै यो लगानी पनि हो। थोपा सिंचाइको लागि पाइप लगायतको समानमा खर्च हुन्छ तर यसले पानी र मलमा हुने अनावश्यक खर्च पनि बचाउँछ। यसबाट उत्पादन बढ्छ। नेपालीले सिक्ने यही हो। यदि १० रुपैयाँ लगानी गर्नुहुन्छ भने ५० रुपैयाँ कमाउनुपर्छ। 

अर्को तर्फ कृषिलाई हेर्ने तरिका पनि बदल्नुपर्छ कृषि सोख होइन यो त व्यवसाय र जीवनको अर्को बाटो पनि हो। यो कुरालाई नेपाली दाजुभाईले बुझ्न जरुरी छ। अब पुर्खाले गर्दै आएको परम्परागत कृषिबाट केही हुँदैन। यसलाई परिवर्तन गर्न जरुरी छ।

आधुनिक तरिकाले कृषि गर्न जरुरी छ। केही वर्ष अगाडि सम्म नेपालमा टनेल खेती थिएन अहिले हेरौं त जताततै छ। यस्तै सिँचाई प्रणाली पनि फेरिँदै गएको छ यो पानीको अभावले होइन कृषि उत्पादन बढाउन किसानले पानी मल दिने तरिका बदलेका हुन्। हो हामीले सिकाउन चाहेको र हेर्न चाहेको परिवर्तन पनि यहि हो। अब पनि आधुनिक कृषि प्रणाली अपनाइएन भने धेरै कुरा गुम्न सक्छ। नेपालको सम्भावनालाई हेर्ने हो भने खाद्यमा आत्मनिर्भर भएर विदेश निर्यात पनि गर्न सकिन्छ। नेपालको माटो मलिलो र उब्जनशील छ। किसान पनि मेहनती छन्। हामीले यसलाई नै प्रोत्साहित गर्नुछ। 

तपाईं दोहोरिएर आएपछि केही विशेष योजना पनि छन् कि? तपाईंको मुख्य दृष्टिगोचर केमा हुन्छ?
हाम्रो ६० वर्षे सम्बन्ध त्यसै महत्वपूर्ण छैन यसका धेरै पक्ष र आयाम छन्। हाम्रो सम्बन्धको दायरालाई अझ फराकिलो बनाउनु छ। यो कृषि पर्यटन श्रम जस्ता धेरै पक्षमा हाम्रो सहकार्य छ र भविष्यमा पनि हुनुपर्छ। जसले अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो द्विपक्षीय सम्बन्ध उदाहरणीय बनोस्।

हामी यसैलाई सफल बनाउन लागि रहेका छौं। नेपाल र इजरायलबीच कस्तो अनौठो सम्बन्ध छ थाहा छ तपाईलाई, तपाईहरु सँग संसारको अग्लो शिखर सगरमाथा छ, हामीसँग संसारको होचो मृतसागर छ। यही कुराले पनि हामीहरुलाई निकट र सुमधुर सम्बन्ध बनाउन प्रेरित गर्छ। 

हामीले विभिन्न साञ्चार माध्यममा श्रम सम्झौताको विषयमा सुनेका छौं। नेपालबाट घरेलु हेरचाहको लागि श्रमिक लैजाने बारे के भइरहेको छ बनाउन सक्नुहुन्छ? 
इजरायलले नेपालबाट लिने भनेको घरेलु हेरचाहका श्रमिक हुन्। खासगरी वृद्धवृद्धाको हेरचाहको लागि लिन खोजिएको हो। यसको सम्झौता भइसकेको छ। अब यो कार्यान्वयनको चरणमा जाँदैछ। आगामी महिनाबाट औपचारिक प्रक्रिया नै सुरु हुन्छ। यो हाम्रो सम्बन्धको राम्रो उदाहरण पनि हुनेछ। दुवै पक्षले यसबाट लाभ लिन सक्नेछन्। 

अन्त्यमा नेपाली दाजुभाईलाई केही भन्न चाहनुहुन्छ? 
पहिला देशलाई बचाऔं, वातावरण पनि जोगाऔं। विकासलाई निरन्तरता दिऔं। नेपालले विकासको लामो बाटो हिड्नु छ। विकासबाट नै प्रगति सम्भव छ। अहिले धेरै राम्रा परिवर्तन र वातावरण बनेको छ। नयाँ संविधान बनेको छ। यसले विस्तारै काम गर्न थालेको छ। मेरो सबै नेपाली दाजुभाईलाई आग्रह छ विकासतर्फ लाग्नुहोस्। विकास र प्रगतिको लागि धेरै कुराको निरन्तरता आवश्यक हुन्छ।

सबैलाई मेरो शुभकामना छ। 

भिडियो

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
यस्तो रहनेछ देशभरको मौसम
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्