• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

अब पनि नेपालले आधुनिक कृषि प्रणाली अपनाएन भने धेरै कुरा गुम्न सक्छ : इजरायली राजदूत गोडेर [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, मंसिर २७, २०७७  १६:०३
1140x725

काठमाडौं- नेपाल र इजरायलबीच दौत्य सम्बनध कायम भएको यो वर्ष ६०वर्ष पूरा हुँदैछ। यो यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ। योसँगै नेपालका लागि इजरायलका राजदूत हनान गोडेर दोहोरिएर नेपाल आएपछि चर्चाको विषय बनेको छ। नेपालमा राजदूत दोहोरिएर आएको यो पहिलो घटना हो। यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालले राजदूत गोडेरसँग नेपाल इजरायल सम्बन्धका साथै नेपाली कृषि र प्रविधिबारे गरिएको कुराकानीको सम्पादित अंश:

नेपालमा दोस्रो पटक राजदूत भएर आउनु भएको छ। कसरी सम्भव भयो?
हो, यो म दोस्रोपटक राजदूत बनेर आएको छु। केही वर्ष अगाडिसम्म यहीँ थिएँ। फेरी आउन पाउँदा खुशी छु। नेपाल धेरै राम्रो र एकदमे रमाइलो देश पनि छ। नेपालमा इजरायली सरकारको परियोजनाहरु पनि सञ्चालनमा छन्। हामी दुवै देशले परस्पर हितका धेरै काम गरेका छौं यसलाई निरन्तरता दिन पनि म आएको हुँ। 

नेपाल र इजरायलबीचको सम्बन्ध हिजो र आज कस्तो छ?
यो वर्ष हामी इजरायल नेपाल सम्बन्धको ६०औं वर्षगाँठ मनाइरहेका छौं। यो कुरा हामी बिर्सन सक्दैनौं। इजरायलको अस्तित्वको लागि नेपालले दिएको मत महत्वपूर्ण छ, मलाई लाग्छ एशियामा पहिलो पनि हो। यो दुतावास भएको भवनमा नै पहिलो पटक कार्यालय खुलेको हो। अहिलेसम्म हामी यहीँ छौं। हामी लामो समयदेखि द्विपक्षीय हितका धेरै आयोजनाहरु सञ्चालन गर्दै आइरहेका छौं। यो तथ्यले हाम्रो सम्बन्धलाई प्रष्ट पार्छ।  

हाम्रो सम्बन्धमा नेपाली जनता र इनजरायली जनता कसरी जोडिएका छन्?
हाम्रो सम्बन्ध असल छ। यसको कारण हाम्रो समान बुझाई छ। हामी दुवै साना देश हौं। दुवै देशको छिमेकमा ठूला देश छन्। ठूला देशको छिमेकमा रहेका साना देशका केही समान प्रकृतिका चुनौती, छिमेक–छिमेक बीचको सवालमा हाम्रो एक समान भोगाई र सहानुभुति रहन्छ। मलाई लाग्छ नेपाल इजरायल बीचको सम्बन्ध प्रगाढ हुन यो विषयले महत्वपूर्ण भूमिका खेलेको छ। हाम्रो देश सानो छ। मध्यपूर्वमा देशहरुबीच मित्रवत सम्बन्ध छैन। यसलाई हामीले व्यवस्थापन गर्दै आएका छौं। 

 

 

 

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो देश स्थापनाको ७० वर्षको इतिहासमा धेरै प्रगति भइसकेको छ। इजरायलमा धेरै देशका मान्छेहरु आउन चाहन्छन्, काम गर्न चाहन्छन्। इजरायलको प्रगति हेर्न चाहन्छन। नेपालीले पनि इजरायललाई मन पराउँछन् यस्तै इजरायली जनता पनि नेपाल र नेपाली मन पराउँछन्। धेरै इजरायली एकपटक नेपाल आउन, घुम्न चाहन्छन्। यस्तै इजरायलमा गएर कुनै नेपालीले नेपालबाट आएको भनेर सुनायो भने मात्र पनि हार्दिकता र स्वागत पाउँछ। 

अब अलिकति कृषिका कुरा गरौं। यो तपाईंको मन पर्ने विषय पनि हो। इजरायलको तुलनामा नेपालको कृषि कस्तो छ?
म पहिला इजरायलको कृषिको कुरा गर्छु। ७० वर्ष अगाडि हामी अभाव, भोकमा थियौं। जनताले खाद्यान्न लिनको लागि सरकारले दिने कुपनको भर पर्नुपर्थ्यो। यसमा  पनि सीमित खाना मात्र थियो। अहिलेको अवस्थासम्म आउँदा हामीले ठूलो फड्को मारेका छौं। यो चमत्कार जस्तो लाग्छ तर यो चमत्कार नभएर कडा मेहनतको नतिजा हो।

अहिले विश्वमा इजरायल कृषि उपजको प्रमुख उत्पादक मध्ये एक हो। यो कसरी सम्भव भयो भन्दा कथा जस्तो लाग्छ सुन्दा। तपाईलाई थाहा छ इजरायलमा जम्मा ३ प्रतिशत किसानले ९७ प्रतिशत जनतालाई खुवाइरहेका छन्। तपाईले सोच्नुभयो होला यो कसरी हुन्छ? हो यो कुरा नै हामी नेपाली जनतालाई भन्न चाहन्छौं, सिकाउन चाहन्छौं। हामीले यो काम गरिरहेका छौं।

Xtrem

Xtrem

हामीले इजरायलबाट प्राविधिक विज्ञहरु बोलाएर सिकाउने, नेपाली किसानलाई इजरायल लगेर सिकाउने काम गरिरहेका छौं। हामीले अनुभव र सिकाई आदान प्रदान गरिरहेका छौं। नेपालीहरुले विस्तारै सिक्न पनि थालेका छन्। 

कृषिको प्रविधि र विकासमा इजरायल पावर हाउस नै हो। नेपाल सरकार र नेपाली जनताले बढीभन्दा बढी फाइदा कसरी लिन सक्छन्? 
कृषि प्रविधिमा धेरै विकास भइसकेको छ। हामीले सिकाउने यहि नै मुख्य कुरा हो। म एउटा कुरा भन्छु सुन्नुस हैत, इजरायलमा पर्याप्त वर्षा हुँदैन साथै पानीको श्रोत पनि पर्याप्त छैन। अनि हामीले थोपा सिंचाईको विकास गर्‍यौं। यो प्रविधिको प्रयोग पानीको कमी पुरा गर्नु मात्र हैन विरुवामा पोषण र मल पुर्‍याउन पनि प्रयोग गर्‍र्यौं।

नेपालमा हामी हेछौँ नेपालमा मलको प्रयोग बारी खेतमा छरेर प्रयोग गर्छौं। अहिलेसम्म यसरी नै प्रयोग गरिन्छ जुन गलत पनि हो। इजरायलमा बिरुवाको जरामा पुग्ने गरी मल र पानी दिइन्छ। हामी यसलाई फर्टिजेसन भन्छौं। यो नै प्रविधि हो। साथै यो लगानी पनि हो। थोपा सिंचाइको लागि पाइप लगायतको समानमा खर्च हुन्छ तर यसले पानी र मलमा हुने अनावश्यक खर्च पनि बचाउँछ। यसबाट उत्पादन बढ्छ। नेपालीले सिक्ने यही हो। यदि १० रुपैयाँ लगानी गर्नुहुन्छ भने ५० रुपैयाँ कमाउनुपर्छ। 

अर्को तर्फ कृषिलाई हेर्ने तरिका पनि बदल्नुपर्छ कृषि सोख होइन यो त व्यवसाय र जीवनको अर्को बाटो पनि हो। यो कुरालाई नेपाली दाजुभाईले बुझ्न जरुरी छ। अब पुर्खाले गर्दै आएको परम्परागत कृषिबाट केही हुँदैन। यसलाई परिवर्तन गर्न जरुरी छ।

आधुनिक तरिकाले कृषि गर्न जरुरी छ। केही वर्ष अगाडि सम्म नेपालमा टनेल खेती थिएन अहिले हेरौं त जताततै छ। यस्तै सिँचाई प्रणाली पनि फेरिँदै गएको छ यो पानीको अभावले होइन कृषि उत्पादन बढाउन किसानले पानी मल दिने तरिका बदलेका हुन्। हो हामीले सिकाउन चाहेको र हेर्न चाहेको परिवर्तन पनि यहि हो। अब पनि आधुनिक कृषि प्रणाली अपनाइएन भने धेरै कुरा गुम्न सक्छ। नेपालको सम्भावनालाई हेर्ने हो भने खाद्यमा आत्मनिर्भर भएर विदेश निर्यात पनि गर्न सकिन्छ। नेपालको माटो मलिलो र उब्जनशील छ। किसान पनि मेहनती छन्। हामीले यसलाई नै प्रोत्साहित गर्नुछ। 

तपाईं दोहोरिएर आएपछि केही विशेष योजना पनि छन् कि? तपाईंको मुख्य दृष्टिगोचर केमा हुन्छ?
हाम्रो ६० वर्षे सम्बन्ध त्यसै महत्वपूर्ण छैन यसका धेरै पक्ष र आयाम छन्। हाम्रो सम्बन्धको दायरालाई अझ फराकिलो बनाउनु छ। यो कृषि पर्यटन श्रम जस्ता धेरै पक्षमा हाम्रो सहकार्य छ र भविष्यमा पनि हुनुपर्छ। जसले अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो द्विपक्षीय सम्बन्ध उदाहरणीय बनोस्।

हामी यसैलाई सफल बनाउन लागि रहेका छौं। नेपाल र इजरायलबीच कस्तो अनौठो सम्बन्ध छ थाहा छ तपाईलाई, तपाईहरु सँग संसारको अग्लो शिखर सगरमाथा छ, हामीसँग संसारको होचो मृतसागर छ। यही कुराले पनि हामीहरुलाई निकट र सुमधुर सम्बन्ध बनाउन प्रेरित गर्छ। 

हामीले विभिन्न साञ्चार माध्यममा श्रम सम्झौताको विषयमा सुनेका छौं। नेपालबाट घरेलु हेरचाहको लागि श्रमिक लैजाने बारे के भइरहेको छ बनाउन सक्नुहुन्छ? 
इजरायलले नेपालबाट लिने भनेको घरेलु हेरचाहका श्रमिक हुन्। खासगरी वृद्धवृद्धाको हेरचाहको लागि लिन खोजिएको हो। यसको सम्झौता भइसकेको छ। अब यो कार्यान्वयनको चरणमा जाँदैछ। आगामी महिनाबाट औपचारिक प्रक्रिया नै सुरु हुन्छ। यो हाम्रो सम्बन्धको राम्रो उदाहरण पनि हुनेछ। दुवै पक्षले यसबाट लाभ लिन सक्नेछन्। 

अन्त्यमा नेपाली दाजुभाईलाई केही भन्न चाहनुहुन्छ? 
पहिला देशलाई बचाऔं, वातावरण पनि जोगाऔं। विकासलाई निरन्तरता दिऔं। नेपालले विकासको लामो बाटो हिड्नु छ। विकासबाट नै प्रगति सम्भव छ। अहिले धेरै राम्रा परिवर्तन र वातावरण बनेको छ। नयाँ संविधान बनेको छ। यसले विस्तारै काम गर्न थालेको छ। मेरो सबै नेपाली दाजुभाईलाई आग्रह छ विकासतर्फ लाग्नुहोस्। विकास र प्रगतिको लागि धेरै कुराको निरन्तरता आवश्यक हुन्छ।

सबैलाई मेरो शुभकामना छ। 

भिडियो

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्