काठमाडौं-आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।
आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।