• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वार्ताका लागि तयार छौं: विप्लव

औपचारिक प्रस्ताव आए वार्तामा बस्न तयार छौं: सरकारका प्रवक्ता
64x64
नेपाल लाइभ मंगलबार, मंसिर ९, २०७७  १७:०७
1140x725

काठमाडौं- प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले वार्ताबाट समस्या समाधान चाहे आफूहरू तयार रहेको बताएका छन्। पार्टी पुनर्गठनको मिति मंसिर ८ का सन्दर्भमा 'इरातोखबर डट कम' मा दिएको अन्तर्वार्तामा उनले वार्तालाई षड्यन्त्रको रुपमा नलिए आफूहरू तयार रहेको बताए।

‘हामीले वार्ताको विषयमा स्पष्ट भनिसकेका छौं। हामीले पहिले पनि भनेको हो। हाम्रो पार्टी बन्ने बेलामै हाम्रो कुरा सुन भनेर भनेको होइन र, रत्नपार्कमा? हाम्रो यो पार्टी पुनर्गठन गर्ने बेलामा पनि हामीले भनेको हो। प्रचण्डजीसँग विद्रोह गर्दाखेरी पनि हामीले भनेको हो। तपाईं जता जानुस्, राज्यले हाम्रा कुरा सुन्नुपर्छ। जनयुद्धको कुरा सुन्नुपर्छ। किसान, मजदुर,महिला दलित उत्पीडित जनताका कुरा सुन्नुपर्छ’, उनले भने, 'अहिले हामी यहीँ छौं, हाम्रो कुरा सुन्नुस् भनेर हामीले भनेको होइन र? सुन भनेको हामी कुरा गर्न तयार छौं भनेको हो नि। हामीले पार्टी पुनर्गठन गर्दा र महाधिवेशनका बेलामा पनि त्यही भन्यौं। प्रतिरोध संघर्ष सुरु गर्दा पनि त्यही भन्यौं। आज पनि हामी त्यही भन्दैछौं।'

आफूहरुले कुनै व्यक्तिगत वा परिवारको कुरा नउठाएको बताउँदै चन्दले जनताको कुरा उठाएको दाबी गरे। ‘जनता कहाँ असन्तुष्ट छन्? जनतालाई कहाँ अन्याय भएको छ? नेपाल कहाँ ठगिएको छ?  कुरा सुन्नुपर्‍यो नि!', उनले भने।

'कस्तो कानुन लेखेपछि जनता खुसी हुन्छन्, कस्तो काम गर्ने सरकारसँग जनता खुसी हुन्छन? कस्तो अर्थ नीति अपनाएपछि जनताले सुख पाउँछन्? हामी सबै भन्छौं’ चन्दले भने, ‘यस्तो भन्दा हामीलाई वार्ताकै पक्षमा छैनन् भन्छन्। कसरी कुरा मिल्यो?'

प्रतिबन्धपछि पनि राज्य पक्ष आफ्ना विभिन्न नेताहरुसँग वार्ता गरिदिन आग्रह गरेको उनले बताए। ‘यदि चाहेका हुन् भने राज्यले बोल्नुपर्‍यो नि', उनले भने, ‘तर, राज्य सिके राउत जस्तो बनाउने रे भन्ने सुन्छु। सिके राउत त सिके राउत मात्रै हुन सक्छन्। नेकपा त्यस्तो हुँदैन। कसैले दिल्ली लगेर वार्ता गराउन चाहला, त्यो प्रचण्ड-बाबुराम मात्रै हुनसक्छन्। नेकपा त्यो हुँदैन।'

Ncell 2
Ncell 2
nimb
nimb

उनले वार्तालाई षडयन्त्रको रुपमा लिने कुरा आफूहरुलाई मान्य नहुने बताए। अहिलेको सत्तामा घुमाउने र पसाउने कुरा पनि आफूहरुलाई लागू नहुने बताए।

छलफलका लागि आफूहरु खुला रहेको उनले बताए। वार्ता नै गर्न चाहेको भए नेपाली जनता र राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर हुनुपर्ने उनले बताए।

गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो पार्टीलाई भूमिगत भनेकोमा उनले असन्तुष्टि जनाए। 'भूमिगत भनेर हामीले भनेकै छैनौं। हामी त जनलोकप्रिय पार्टी हौं। जनताको बीचमा बसेर काम गरिरहेका छौं। भूमिगत पार्टी हिजो पञ्चायतका बेलाको बाध्यताको शब्द हो। अहिले यत्रो प्रतिस्पर्धामा हामी आइरहेका छौं। हामी त एकदम तयार छौं। राज्य ल खुला छ, हामी त खुलामञ्चमै आउन तयार छौं भनेर हामीले भनिरहेका छौं। यो शब्द जुन उनले प्रयोग गरे, त्यो आतंकित शब्द हो', उनले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव नेतृत्वको नेकपाले वार्ताका लागि औपचारिक प्रस्ताव ल्याए बस्न तयार रहेको बताए। ‘सरकार सबै खालका द्वन्द्वको अन्त्य गरी शान्ति र समृद्धि चाहन्छ। सरकार कहिल्यै वार्ता विरोध भएन, हुन पनि चाहँदैन। हामी समस्याको समाधान वार्ताबाटै होस् भन्ने चाहन्छौ’, नेपाल लाइभसँग कुरा गर्दै गुरुङले भने, ‘यसअघि पनि सरकारले वार्ता टोली बनाएर पहल गरेको हो। उहाँहरु वार्तामा बसेर समस्या समाधान गर्न चाहनुभएन। यदि उहाँहरुले साँच्चिकै वार्ता चाहेको हो भने वार्ताको टेबुलमा बस्न तयार छौं।’

सरकारले विप्लव नेतृत्वको नेकपाले हिंसात्मक क्रियाकलाप गरेको भन्दै गत २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि उनीहरुले खुला रुपमा कार्यक्रम गर्न नपाएपछि भूमिगत रुपमा गर्दै आएका छन्। हाल प्रतिबन्धित नेकपाका एक हजार ५ सयभन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १७:०७
  • #विप्लव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
सम्बन्धित सामग्री
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र... शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह नेपालका सङ्घीय सांसद डा. अर्जुन कार्कीले जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् उत्थानशीलता अभिवृद्धि तथा जलवायुजन्य क्षति र नोक्सान... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । आचार्यले २ हजार ६४८ मत... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्