• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वार्ताका लागि तयार छौं: विप्लव

औपचारिक प्रस्ताव आए वार्तामा बस्न तयार छौं: सरकारका प्रवक्ता
64x64
नेपाल लाइभ मंगलबार, मंसिर ९, २०७७  १७:०७
1140x725

काठमाडौं- प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले वार्ताबाट समस्या समाधान चाहे आफूहरू तयार रहेको बताएका छन्। पार्टी पुनर्गठनको मिति मंसिर ८ का सन्दर्भमा 'इरातोखबर डट कम' मा दिएको अन्तर्वार्तामा उनले वार्तालाई षड्यन्त्रको रुपमा नलिए आफूहरू तयार रहेको बताए।

‘हामीले वार्ताको विषयमा स्पष्ट भनिसकेका छौं। हामीले पहिले पनि भनेको हो। हाम्रो पार्टी बन्ने बेलामै हाम्रो कुरा सुन भनेर भनेको होइन र, रत्नपार्कमा? हाम्रो यो पार्टी पुनर्गठन गर्ने बेलामा पनि हामीले भनेको हो। प्रचण्डजीसँग विद्रोह गर्दाखेरी पनि हामीले भनेको हो। तपाईं जता जानुस्, राज्यले हाम्रा कुरा सुन्नुपर्छ। जनयुद्धको कुरा सुन्नुपर्छ। किसान, मजदुर,महिला दलित उत्पीडित जनताका कुरा सुन्नुपर्छ’, उनले भने, 'अहिले हामी यहीँ छौं, हाम्रो कुरा सुन्नुस् भनेर हामीले भनेको होइन र? सुन भनेको हामी कुरा गर्न तयार छौं भनेको हो नि। हामीले पार्टी पुनर्गठन गर्दा र महाधिवेशनका बेलामा पनि त्यही भन्यौं। प्रतिरोध संघर्ष सुरु गर्दा पनि त्यही भन्यौं। आज पनि हामी त्यही भन्दैछौं।'

आफूहरुले कुनै व्यक्तिगत वा परिवारको कुरा नउठाएको बताउँदै चन्दले जनताको कुरा उठाएको दाबी गरे। ‘जनता कहाँ असन्तुष्ट छन्? जनतालाई कहाँ अन्याय भएको छ? नेपाल कहाँ ठगिएको छ?  कुरा सुन्नुपर्‍यो नि!', उनले भने।

'कस्तो कानुन लेखेपछि जनता खुसी हुन्छन्, कस्तो काम गर्ने सरकारसँग जनता खुसी हुन्छन? कस्तो अर्थ नीति अपनाएपछि जनताले सुख पाउँछन्? हामी सबै भन्छौं’ चन्दले भने, ‘यस्तो भन्दा हामीलाई वार्ताकै पक्षमा छैनन् भन्छन्। कसरी कुरा मिल्यो?'

प्रतिबन्धपछि पनि राज्य पक्ष आफ्ना विभिन्न नेताहरुसँग वार्ता गरिदिन आग्रह गरेको उनले बताए। ‘यदि चाहेका हुन् भने राज्यले बोल्नुपर्‍यो नि', उनले भने, ‘तर, राज्य सिके राउत जस्तो बनाउने रे भन्ने सुन्छु। सिके राउत त सिके राउत मात्रै हुन सक्छन्। नेकपा त्यस्तो हुँदैन। कसैले दिल्ली लगेर वार्ता गराउन चाहला, त्यो प्रचण्ड-बाबुराम मात्रै हुनसक्छन्। नेकपा त्यो हुँदैन।'

Ncell 2
Ncell 2

उनले वार्तालाई षडयन्त्रको रुपमा लिने कुरा आफूहरुलाई मान्य नहुने बताए। अहिलेको सत्तामा घुमाउने र पसाउने कुरा पनि आफूहरुलाई लागू नहुने बताए।

छलफलका लागि आफूहरु खुला रहेको उनले बताए। वार्ता नै गर्न चाहेको भए नेपाली जनता र राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर हुनुपर्ने उनले बताए।

गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो पार्टीलाई भूमिगत भनेकोमा उनले असन्तुष्टि जनाए। 'भूमिगत भनेर हामीले भनेकै छैनौं। हामी त जनलोकप्रिय पार्टी हौं। जनताको बीचमा बसेर काम गरिरहेका छौं। भूमिगत पार्टी हिजो पञ्चायतका बेलाको बाध्यताको शब्द हो। अहिले यत्रो प्रतिस्पर्धामा हामी आइरहेका छौं। हामी त एकदम तयार छौं। राज्य ल खुला छ, हामी त खुलामञ्चमै आउन तयार छौं भनेर हामीले भनिरहेका छौं। यो शब्द जुन उनले प्रयोग गरे, त्यो आतंकित शब्द हो', उनले भने।

तर सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव नेतृत्वको नेकपाले वार्ताका लागि औपचारिक प्रस्ताव ल्याए बस्न तयार रहेको बताए। ‘सरकार सबै खालका द्वन्द्वको अन्त्य गरी शान्ति र समृद्धि चाहन्छ। सरकार कहिल्यै वार्ता विरोध भएन, हुन पनि चाहँदैन। हामी समस्याको समाधान वार्ताबाटै होस् भन्ने चाहन्छौ’, नेपाल लाइभसँग कुरा गर्दै गुरुङले भने, ‘यसअघि पनि सरकारले वार्ता टोली बनाएर पहल गरेको हो। उहाँहरु वार्तामा बसेर समस्या समाधान गर्न चाहनुभएन। यदि उहाँहरुले साँच्चिकै वार्ता चाहेको हो भने वार्ताको टेबुलमा बस्न तयार छौं।’

सरकारले विप्लव नेतृत्वको नेकपाले हिंसात्मक क्रियाकलाप गरेको भन्दै गत २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि उनीहरुले खुला रुपमा कार्यक्रम गर्न नपाएपछि भूमिगत रुपमा गर्दै आएका छन्। हाल प्रतिबन्धित नेकपाका एक हजार ५ सयभन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १७:०७
  • #विप्लव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने
हर्क साम्पाङले पनि दिए राजीनामा
सम्बन्धित सामग्री
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्न... आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २  बाट उम्मेदवारी दिने भएका छन् । भोलि सोमबार राप्रपा केन्द्रीय कार्यालयमा नेपालले... आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हु... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्