काठमाडौं- सत्ता साझेदारीको लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेको विषयमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले खण्डन गरेका छन्।
कांग्रेस सत्ता बाहिर रहने उल्लेख गर्दै सत्ताधारी नेकपाको भड्कावबाट टाढा रहने प्रवक्ता शर्माले ट्विटमा उल्लेख गरेका छन्।
कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेको उनले ट्विटमा उल्लेख गरेका छन्। ‘नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं। अत यता या उताको जोडघटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्,’ शर्माले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।