विद्वता तिम्रो बढेर जाओस्
कीर्ति सबतिर छाओस्
प्रयासरतहरकदम रहनू
असफलताले देख्न नापाओस्।
सत्कर्म सद्भावका तिम्रा कदमले
हरपल साथ निभाओस्
वैमनश्यता र बेइमानी नजरको संकट
कुनै दिन तिम्रो सामु नआओस्।।
सन्तुष्टिको बलियो गहना लगाएर
हरेक प्रहर तिमी उदाइरहनू
असम्भव भन्ने कमजोरीले
एक क्षण पनि छुन नापओस्।।
सूर्यको तेज बोकेर पनि
चन्द्रमा जस्तै सौम्य रहनू
देख्नेले देख्लान् दाग
तैपनि उज्ज्यालोमा कमी नआओस्।।
माया भरेर उनेको माला
गलामा तिम्रो हरदम सजाई
दिदी र बहिनी बनेर तिम्रै
रहूँ म जन्मौंजन्म रमाइरमाई।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।