आसुँ!
तिम्रो साथ कहाँ पो पाउथेँ होला र?
यदि नलाग्दो हो त घाउ
नदुख्दो हो त हृदय
नपोल्दो हो त मन
अनि नजल्दो हो त तन
तिमीलाई कसरी पो चिन्थे होला र?
पाहुना बन्ने भाग्य पनि थिएन
यदि नआउँदो हो त ऊ
अनि नहुँदो हो त भेट।।
माया!
तिमी कहाँ केमा पो अटथ्यौ होला र?
यदि नदेख्दो हुँ त सपना
नहुँदो हो त चाहना
तिमी झाँगिने त के, रोपिने पनि थिएनौँ
यदि नाफ्यालिँदो हो त प्रस्ताव
नटिपिँदो हो त स्वीकार।।
धोखा!
तिमीलाई कहिले पो सम्झन्थेँ होला र?
यदि नजुद्धो हो त नजर
नफेरिँदो हो त रहर
नफाडिँदो हो त मन
नबन्दो हो त बन्जर
तिमी थाकेर बाटो लागिसकेको हुन्थ्यौ
यदि नफाट्दो हो त ज्वाला
नउड्दो हो त खरानी।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।