• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख ६, २०८३ Sun, Apr 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

८७ मिलियन फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैध रुपमा प्रयोग गर्ने ‘क्याम्ब्रिज एनलाइटिका’ बन्द हुने

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २०, २०७५  १०:३२
1140x725

लन्डन– लाखौं फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैधानिक रुपमा प्रयोग गरेको आरोप लागेको ‘क्याम्ब्रिज एनलाइटिका’ बन्द हुने भएको छ। बेलायतको लन्डनमा प्रधान कार्यालय रहेको राजनैतिक परामर्श दिने संस्था ‘क्याम्ब्रिज एनलाइटिका’ बन्द हुन लागेको हो।

एनलाइटिकाले आफ्ना राजनैतिक ग्राहकहरुलाई आवश्यक पर्ने व्यक्तिगत विवरण अवैधानिक ढंगबाट उपलब्ध गराउने गरेको आरोप लागेको थियो।

फेसबुकका अनुसार आफ्ना ८७ मिलियन प्रयोगकर्ताको व्यक्तिगत विवरण ‘क्विज एप्लिकेसन’को माध्यमबाट उक्त परामर्शदातृ संस्थाको पहुँचमा पुर्याइएको थियो। सामाजिक सञ्जाल फेसबुकले यस कान्डका बारेमा आफ्नो अनुसन्धान जारी रहेको बताएको छ।

सेन्ट्रल लन्डस्थित क्याम्ब्रिज एनलाइटिका रहेकाे भवन


‘उक्त घटनाको विस्तृत अध्ययन गर्न हामीले गरेका प्रतिवद्धता र संकल्पमा कुनैपनि परिवर्तन आएको छैन र हामी अबका दिनमा यस्तो घटना नदोहोरियोस् भन्न सचेत छौं।’, फेसबुकका प्रवक्ताले भने। ‘हामीले आफ्नो अनुसन्धानलाई सम्बन्धित अधिकारीहरुको सहयोगमा निरन्तरता दिइरहेका छौँ।’ उनले थपे।

आरोप के थियो?

क्याम्ब्रिज एनलाइटिकामाथि लाखौं फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनैतिक उद्देश्यका लागि अवैधानिक रुपमा प्रयोग गरेको आरोप लागेको थियो। सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति निर्वाचन तथा बेलायत युरोपियन युनियन(इयु)बाट छुट्टिने घोषणाको समयमा परामर्श दातृ संस्था ‘क्याम्ब्रिज एनलाइटिका’ले ८७ मिलियन फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण प्रयोग गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

तर डा अलेक्जेन्डर कोगनले निर्माण गरेको क्विज एप्लिकेसनमार्फत मात्रै ३० मिलियन अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण एनलाइटिकाले प्रयोग गरेको गत महिना जनाएको थियो। उसले ती सबै विवरणहरु अमेरिकी राष्ट्रपति चुनाबमा प्रयोग नभएको पनि प्रष्ट पारेको थियो।

के भन्छ क्याम्ब्रिज? 

क्याम्ब्रिजका गत मार्चमा च्यानल ४ ले क्याम्ब्रिजका तत्कालीन प्रमुख कार्यकारी अधिकृत(सिइओ) अलेक्जेन्डर निक्सको गोप्य भिडियो सार्वजनिक गरेको थियो। उक्त भिडियोमा विश्वका विभिन्न चुनाव तथा राजनैतिक घटनाहरुमा कम्पनीले कस्तो रणनीतिका आधारमा व्यक्तिगत विवरणलाई इन्टरनेट तथा सामाजिक सञ्जालको माध्यमबाट विस्तार गर्छ भन्ने निक्सले स्पष्ट पारेका छन्।

तर क्याम्ब्रिज एनलाइटिकाले भने हालसम्म कुनै पनि गल्ती नगरेको बताउँदै आएको छ। उसले इटाली, केन्या, नाइजेरियालगायतका राष्ट्रमा भएका चुनावी अभियानमा समेत आफ्नो राम्रो इतिहास रहेको दावी गर्दै आएको छ।

उक्त, भिडियो फुटेज सार्वजनिक गरिएपछि प्रमुख कार्यकारी अधिकृत अलेक्जेन्डर निक्सलाई पदबाट बर्खास्त गरिएको थियो।

किन बन्द गरियो?

क्याम्ब्रिज एनलाइटिकाका प्रवक्ता क्लरेन्स मिचेलले बिबिसीलाई उपलब्ध गराएको विज्ञप्तिमा भनिएको छ,‘कम्पनीको कार्य कानुनी रुपमा मात्रै नभएर राजनैतिक तथा अनलाइन विज्ञापनको अन्तर्राष्ट्रिय मानक सुचकका आधारमा आर्थिक क्षेत्रले पनि स्विकार गरिरहेको अवस्थामा पनि हामीले आफ्नो रेकर्डलाई अझै परिस्किृत गर्दै लैजाने प्रयास गरिरहेका छौँ। यस्तो अवस्थामा पनि केहि महिना अघिदेखि कम्पनीमाथि लगातार रुपमा गलत आरोपहरु लगाइराखिएको छ।’

क्याम्ब्रिज एनलाइटिकाकाे बन्द भएकाे कार्यालय


‘क्याम्ब्रिजमाथि बनेको अविश्वसनिय धारणाका बाबुजुद पनि कर्मचारीहरुले भने नैतिक तथा कानूनी रुपमा पनि आफ्नो कार्यसम्पादन गरिरहेका छन्। तर लगातारको मिडियावाजीले यसका ग्राहक तथा आपूर्तिकर्ताहरुलाई समेत घेराबन्दीमा पार्ने काम भएको छ। फलस्वरुप हामी यो निर्णयमा पुगेका छौं कि व्यवसायलाई लगातार लामो समयसम्म चलाइराख्न निकै कठिन छ।’, विज्ञप्तिमा उल्लेख छ।

सो सम्बन्धमा बेलायतको संसद, युरोपियन युनियन तथा अमेरिकी सिनेटले पनि आफ्नो अनुसन्धानलाई जारी राखेको बताइएको छ। फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले सोहि घटनाका सम्बन्धमा बेलायती संसदीय समिति तथा अमेरिकी कंग्रेसमासमेत उपस्थित भएर आफ्नो बयान दिइसकेका छन्। जुकरबर्गले उक्त कार्यका लागि माफी समेत मागीसकेका छन्।

क्याम्ब्रिज एनलाइटिकामा मूख्य लगानी कसको?

राजनैतिक परामर्श दातृ संस्था क्याम्ब्रिज एनलाइटिकाको मुख्य लगानीकर्तामा अमेरिकी ‘हेज फन्ड’का अरबपति रोवर्ट मर्सर रहेका छन्। बेलायती समाचार संस्था गार्जियनका अनुसार उक्त कम्पनीमा मर्सरको लगानी १५ मिलियन अमेरिकी डलर रहेको बताइएको छ।

कम्प्युटर वैज्ञानिक मर्सर अमेरिकाको रिपब्लिकन पार्टीको मूख्य सहयोगीका रुपमा चिनिन्छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानमा समेत सघाएका थिए।

उनले हालसम्म आफ्नो राजनैतिक विचार प्रष्ट हुने तरिकाले अन्तर्वाता दिएका छैनन्। यसका अलावा व्यक्तिगत विवरण प्रयोग काण्डका बारेमा पनि सार्वजनिक रुपमा हालसम्म उनको कुनै पनि अभिव्यक्ति बाहिर आएको छैन।

घटनाको समयरेखा

१७ मार्च – क्याम्ब्रिज एनलाइटिकाका पूर्वकर्मचारी क्रिस्टोफर विइलीको भनाईलाई उदृत गर्दै ५० मिलियन फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अनधिकृत रुपमा प्रयोग भएको समाचार न्युयोर्क टाइम्समा प्रकाशित।
२३ मार्च – क्याम्ब्रिज एनलाइटिकाको कार्यालयको खोजी गर्न बेलायती तथ्यांक अनुगमन गर्ने निकायद्वारा ‘सर्च वारेन्ट’ जारी।
२७ मार्च – बेलायती संसदीय समितिको बैठकमा एनलाइटिकाका पूर्वकर्मचारी क्रिस्टोफर विइलीको बयान।
४ अप्रिल – अनुचित तवरबाट करिब ८७ मिलियन प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक क्याम्ब्रिज एनलाइटिकासमक्ष पुगेको फेसबुकद्वारा स्पष्ट।
१० अप्रिल – उक्त काण्डका बारेमा अमेरिकी कानुन निर्माताहरुद्वारा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गको बयान।
१७ अप्रिल – बेलायती संसदीय समितिमा बयानका लागि बर्खास्तगीमा परेका क्याम्ब्रिज एनलाइटिकाका प्रमुख अलेक्जेन्डर निक्सद्वारा इन्कार।
२ मे – क्याम्ब्रिज एनलाइटिकाद्वारा कम्पनी बन्द गर्ने घोषणा। 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०७५  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की
सम्बन्धित सामग्री
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ पक्राउ पर्नेमा नागरिक राहदानी नम्बर ए ८३४८८४८७ वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राज... शनिबार, वैशाख ५, २०८३
कैलालीमा मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु, आमा र भाइ बिरामी चुरे गाउँपालिका–३, भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र उनका ८ वर्षीय दाजु भीम ताम्राकारको उपचारका क्रममा ज्यान गएको हो। शनिबार, वैशाख ५, २०८३
ताजा समाचारसबै
गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव शनिबार, वैशाख ५, २०८३
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन शनिबार, वैशाख ५, २०८३
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की शनिबार, वैशाख ५, २०८३
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्