काठमाडौं– दैनिक रुपमा विमानस्थलबाट सुन तस्करीका लागि थाई एयरलाइन्स र नेपाल एयरलाइन्सका कर्मचारीले सुन तस्करी गर्न विमानस्थलमा विशेष खालको भर्याङ बनाएको छानबिनमा खुलेको छ। केटिएम ४४ नामक सो सो विशेष भर्याङमा सुन लुकाउने ठाउँ राखिएको र त्यसलाई बेलुका ग्यारेजमा लैजाने गरिएको थियो। ग्यारेजबाटै एयरलाइन्सका कर्मचारीले आफ्नो सवारी साधन र खल्तीमा राखेर सुन तस्करी गर्दै आएका थिए।
सुन थाई एयर र फ्लाई दुबईका जहाजबाट मात्र तस्करी हुने गरेको थियो। छानबिन समितिको प्रतिवेदनमा यस्तो छ विमानस्थलबाट हुने तस्करीको तरिका–
थाई एयरवेजको इन्जिनियरिङ तर्फका सिनियर टेक्निसियन वीरेन्द्रमान श्रेष्ठ र गोपालकुमार श्रेष्ठले सुन अवैध तवरले चोरी पैठारी गर्न केटिएम ४४ सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्याङलाई मोडिफाइड गर्ने अक्किल निकालेको, सुन आउने दिनको कामको खटनपटन अापराधिक समूहका सदस्यहरु भित्रैबाट पर्नेगरी कपिलराज पुरीले गर्ने गरेको, उल्लिखित प्रतिवादीहरुको सल्लाह बमोजिम जहाजको पछाडिपट्टिको (ट्वाइलेटतर्फ) भर्याङ लगाउने काम एलबी भन्ने लालबहादुर मगर र वीरेन्द्रमानले गर्ने गरेको पाइएको।
वीरेन्द्रमानले गाडीको सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्याङको माथिल्लो सिँढी (जहाजमा चढ्दा दायाँ पर्ने भाग) को रेलिङको तलपट्टि फलामको प्वाल भएको बारको माथिल्लो भागमा रहेको बिर्को अर्थात् शिललाई खोल्न मिल्ने र सुनका बिस्कुट छिराएपछि तल पिँधमा अड्किने स्क्रु नटले बन्द हुने बनाएको। उक्त सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्याङ जहाज आएपछि लालबहादुर मगर र वीरेन्द्र समेतले लगाउने गरेको, जहाजबाट सबै यात्रु निस्किसकेपछि प्रतिवादी मध्येका दोराम खत्री समेतले ट्वाइलेटबाट सुन निकाल्ने र सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्याङको प्वालमा छिराउने गरेको।
भर्याङमा बसेर मानिसहरुको आवतजावतले चोरी पैठारीको काममा अवरोध नपुगोस् भनी प्रतिवादीहरु गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ र मृतक सानु वनले व्यवस्थापन गर्ने गरेको, सम्बीर प्रसाद तोलाङ्गे र पुण्यप्रसाद तामाङले एयरहोष्टेज र अन्य क्रियु स्टाफलाई चलाखीपूर्वक निगरानी तथा छल्ने कार्य गर्ने गरेको पाइएको। जहाजभित्र लुकाएको सुन समूह बाहिरका मानिसले थाहा नपाउन भनी जहाज भित्रका ब्ल्यांकेट पट्याउने काम हेमन्त गौतम र बालकृष्णले गर्ने कार्य गरेको, सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्याङ ग्यारेजमा ल्याएर राखी रात परेपछि भर्याङबाट सुन निकाल्ने काम गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले गर्ने गरेको, सुन झिकेपछि प्रायः गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ र मृतक सानु बनले आफ्नो मोटरसाइकल तथा स्कुटरमा बनाएको फल्स बटममा राखी र कहिलेकाहीँ बरामद जिन्स ज्याकेटमा राखी एयरपोर्टबाहिर चोरी पैठारी गर्ने गरेको तथ्य प्रतिवादीहरुले विशेष अनुसन्धान टोली समक्ष उल्लेख गरेको।
अधिकार प्राप्त अधिकारी समक्षको बयान, श्रव्यदृश्य अभिलेख सामग्री, थाई एयरवेजको जहाजमा लगाउने सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्याङको फोटो, सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्याङको वस्तुस्थिति व्यहोराको मुचुल्का, जहाजको ट्वाइलेटमा सुन लुकाउन प्रयोग गरिएको स्थान समेतका सामग्रीहरुको भिडियो फोटोहरु, बरामद मोटरसाइकल, बरामद जिन्स ज्याकेटहरु समेतका प्रमाणबाट पुष्टि भएको देखिन्छ।
यसैगरी प्रतिवादीहरु राजु महर्जन, मृतक प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलले नेपाल वायुसेवा निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सवारी साधनहरु र ग्राउण्ड ह्याण्डलिङ इक्विपमेण्ट प्रयोग गरी फ्लाई दुवईको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उक्त कम्पनीका जहाजहरुमा विदेश दुबई समेतबाट पठाइएको सुन अवैध तवरले चोरीपैठारी गर्ने काममा संलग्न रहेको देखिन्छ।
राजु महर्जनले विमानस्थलभित्र नेपाल वायु सेवा निगमले सञ्चालन गर्ने सटल बस यात्रुबस चलाई जहाजनेर लगेपछि विदेशबाट आएका यात्रुहरु सबै बसमा बसिसकेपछि सहयोगी प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलको सहयोगमा सुन चोरी पैठारीका लागि गोरे भन्ने चुडामणि उप्रेतीका संगठित समूहका सदस्यले बोकी ल्याएको सुन सहितको झोला बसको सिटको पछाडिपट्टि बनाएको गोप्य स्थानमा लुकाई यात्रु झरिसकेपछि राजु महर्जनले निर्देशन गरेको स्थानमा बस लगी मृतक प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलले राख्ने गरेको पाइएको।
उक्त बसमा भएको सुनलाई गोरे भन्ने चुडामणि उप्रेतिले निर्दिष्ट गरेको आपराधिक समूहको व्यक्ति तथा स्थानमा यिनै राजु महर्जनका समूहले पुर्याउने गरेको, साथै यस आपराधिक समूहको सल्लाह बमोजिम मृतक सानु बनलाई जिम्मा लगाउने गरेको र कुनै बखत गोरे भन्ने चुडामणि उप्रेतीको निर्देशन एवं सेटिङ बमोजिम प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलको सहयोगमा पालै पालो चोरी पैठारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाहिर पहिलेदेखि सम्पर्क भई रोकिबसेको गाडीसम्म पुर्याई पास गर्ने गरेको तथ्य निज प्रतिवादीहरुको बयान, बस्तुस्थिति ब्यहोराको मुचुल्का, भिडियो,अधिकार प्राप्त अधिकारी समक्षको बयान समेतका प्रमाणबाट पुष्टि भएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।