काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जानकरी दिएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाको स्वास्थ्यमा सुधार हुँदै गएको उनी उपचाररत ओम अस्पतालले जानकारी दिएको हो।
गत बुधबार अध्यक्ष थापालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। ज्वरोको लक्षण देखिएपछि पिसिआर गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी होम आइसोलेसनमा बसेका थिए।
तर स्वास्थ्यमा थप समस्या देखिएपछि उनी शुक्रबार ओम अस्पताल भर्ना भएका थिए। उनको ज्वरो नियन्त्रणमा रहेको र श्वासप्रश्वासमा पनि समस्या नरहेको जानकारी अस्पतालले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।