• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

यस्तो थियो सनम हत्या लुकाउन २ करोडको ‘डिल’ (अभियोगपत्रसहित)

64x64
नेपाल लाइभ बुधबार, वैशाख १९, २०७५  १६:०६
1140x725


काठमाडौं– ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा अनुसन्धान अधिकारीविरुद्ध समेत मुद्दा दायर भएको छ। उनीहरुविरुद्ध मुख्य दुई आरोप छ–मुख्य तस्कर चुडामणि उप्रेतीलाई भगाएको र र हत्याबाट मुख्य नाइकेलाई जोगाउन २ करोड रुपैयाँको डिल गरेको। 

पक्राउ परेका डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेलले बयानको क्रममा २ करोड रुपैयाँको डिल भएको स्वीकार गरेका छन्। तर, उनीहरुले अभियुक्तलाई पक्राउ गर्न त्यस्तो डिल गरेको दाबी गरेका छन्। दुवै जनाले मुख्य अभियुक्त चुडामणि उप्रेतीसँग पटक पटक फोनमा कुरा समेत गरेका थिए। अनुसन्धान अधिकारीले सो अभियुक्तको पक्राउ गर्न उक्त डिल नभएको दाबी गर्दै अभियोजनमा भनिएको छ।–प्रतिवादीहरुले दावी गर्नु भएको उक्त डिल अभियुक्तलाई पक्राउ गर्न गरिएको भन्ने जिकिर अन्य कुनै प्रमाण परिस्थितिले पुष्टि भएको देखिदैन।’ 

एसएसपी एसएसपी लोहनी र डिएसपी केसीविरुद्ध फरक दफामा मुद्दा दायर भएको छ। एसएसपी लोहनीकै आदेशमा सो काम भएको भन्दै उनलाई समेत प्रतिवादी बनाइएको छ। 
यस्ता छ उनीहरुविरुद्धको अभियोग र मागदाबी– 

Ncell 2
Ncell 2
nimb
nimb

मृतक सनम शाक्यको हत्या मोरङ्गको उर्लावारीमा भएको, निजको हत्या गरी त्यसको फोटो समेत प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेतीले प्रतिवादी मध्येका बालकृष्ण सञ्जेललाई पठाएको र सो फोटो र वारदातको जानकारी प्रतिवादी बालकृष्ण सञ्जेलले प्रतिवादी मध्येका प्र.व.उ.दिवेश लोहनीलाई गराएको भन्ने प्रतिवादीहरुको वयानबाट देखिएको अवस्था छ । लाश गाड्नलाई खाल्डो खन्ने कार्य हुँदा हुँदै प्रतिवादी बालकृष्ण सञ्जेलको आश्वासनमा लाश गाड्न खाल्डो खन्ने कार्य वन्द गरी गाडीमा लाश हाली ईटहरी तर्पm लाश लगेको भन्ने तथ्यमा समेत विवाद देखिदैन । यस्तो अवस्थामा घटनास्थल देखि २÷३ कि.मी.नजिक रहेको ईलाका प्रहरी कार्यालय उर्लावारी मोरङ्गलाई यति ठुलो गम्भीर वारदातको जानकारी पाएका वरिष्ठ प्रहरी अधिकृतहरुले कुनै जानकारी वा सुइको सम्म दिनु भएको देखिदैन । घटनास्थलमा उपस्थित गोरे भन्ने चुडामणी उप्रेती सहितका प्रतिवादीहरु मृतक सनम शाक्यको लाश गाडीमा राखी मोरङ्ग स्थित ईलाका प्रहरी कार्यालय उर्लावारी देखि २०० मिटर दुरीबाट सुनसरीको धरान तर्पm लागेकोमा उर्लावारी देखि धरान सम्म झण्डै आधा दर्जन ईलाका प्रहरी कार्यालयहरु रहेकोमा जुनसुकै प्रहरी कार्यालयले सानो सुचना पाउँदा पनि तुरुन्तै गोरे भन्ने चुडामणी उप्रेती सहितका प्रतिवादीहरुलाई पक्रन सक्ने अवस्था देखिन्छ । प्रतिवादीहरु झापा तर्पm भागेको अवस्थामा पनि सोही स्थिति देखिन्छ । प्रतिवादी बालकृष्ण सञ्जेलले मिति २०७४।११।१८ गते दिनको १४ः०० वजेको समयमा गोरे भन्ने चुडामणी उप्रेतीले सनम शाक्याको हत्या गरेको फोटो सहितको तथ्य थाहा भएपछि सोको जानकारी प्रहरी वरिष्ठ उपरिक्षक दिवेश लोहनीलाई गराएको भन्ने प्रतिवादी बालकृष्ण सञ्जेलको वयानबाट खुलेको छ । 

    झापा, मोरङ, सुनसरीमा रहेका सुरक्षा निकायहरुलाई कुनै सुइको सम्म नदिई काठमाण्डौबाट मोरङ उर्लावारीको घट्नामा हस्तक्षेप गर्नु सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा ४ को उपदफा (१) र दफा ५ का कानूनी प्रावधान विपरीत देखिएको छ । उक्त उपदफा (१) को कानूनी प्रावधान अनुसार कुनै प्रहरी कर्मचारीले अनुसुची–१ मा उललेखित कुनै अपराध भएको वा भइरहेको वा हुन लागेको जानकारी पाएमा निजले यथाशिघ्र अपराधलाई रोक्ने, अपराधसँग सम्बन्धीत कुनै प्रमाण लोप वा नाश हुन नदिने र अपराधी भाग्न, उम्कन नपाउने व्यवस्था गर्नु पर्नेछ । तत्सम्बन्धमा तत्कालै कारवाही नगरेमा अपराध हुने वा अपराधसँग सम्बन्धित कुनै प्रमाण लोप वा नाश हुने वा अपराधी भाग्ने, उम्कने सम्भावना भएमा सो प्रहरी कर्मचारीले आवश्यकता अनुसार अर्को प्रहरी कार्यालयको क्षेत्रमा समेत गाई त्यस सम्बन्धमा आवश्यक कारवाही गर्न सक्नेछ । तर सो वमोजिम अर्को प्रहरी कार्यालयको क्षेत्रमा गई कुनै कारवाही गरेकोमा त्यसको सुचना यथासम्भव चाँडो सो प्रहरी कार्यालयलाई दिनु पर्नेंछ भन्ने व्यवस्था रहेको छ । काठमाण्डौँका प्रहरी कर्मचारीले मोरङ्गमा भएको घटनामा कुनै प्रमाण लोप नाश हुन नदिने, अपराधि भाग्ने उम्कन नदिने कार्य गर्न सक्नु तर सो कार्य मोरङ्ग सुनसरीकै प्रहरी कर्मचारीबाट हुन नसक्ने भन्ने तर्क कुनै दृष्टिले पनि विश्वास लायत देखिदैन । त्यस्तै उक्त ऐनको दफा ५ को कानूनी व्यवस्था अनुसार अन्य प्रहरी कार्यालय क्षेत्र भित्र अपराध भएमा सोको सुचना यथाशिघ्र सम्बन्धीत प्रहरी कार्यालयलाई दिनु पर्ने कानूनी व्यवस्था रहेको छ । प्रतिवादीहरु दिवेश लोहनी र प्रजित के.सी. कार्यरत रहेको प्रहरी कार्यालय त्यसमा पनि सो कार्यालयका प्रमुख दिवेश लोहनीले यस्तो बाध्यात्मक कानुनी प्रावधानको पालना गर्नु भएको छैन । प्रतिवादीहरु दिवेश लोहनी र प्रजित के.सी.ले अन्य क्षेत्रमा संगठित अपराधबाट कर्तव्य ज्यान जस्तो गम्भीर अपराध भएको स्पष्ट रुपमा थाहा हुँदा हुँदै सो क्षेत्रका प्रहरी कार्यालयमा सुइको सम्म नदिई आफ्नै कार्यालयबाट प्रहरी अधिकृत खटाउने र खटिने कार्य प्रथम दृष्टि मै कानून सम्मत रहेको देखिदैन र प्रतिवादीहरुको यो कार्यले घटनास्थल वारदातमा रहेका करिव १६ जना प्रतिवादीहरु मध्ये १३ जना प्रतिवादी त्यसमा पनि संगठीत अपराधको नाइके भई कर्तव्य ज्यानको वारदात घटाउने प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेती समेत फरार  भएको देखिन्छ । प्रतिवादीहरुले वारदातको सम्बन्धमा थाहा हुनासाथ सम्बन्धीत प्रहरी कार्यालयमा सो कुराको जानकारी दिएको भए प्रायः सवै प्रतिवादीहरु पक्राउ पर्न सक्ने अवस्था रहेको देखिन्छ । प्रतिवादीहरु ईलाका प्रहरी कार्यालय उर्लावारीको सामुन्नेबाट विभिन्न निजी गाडीहरुमा चढी धरान तर्पm गई त्यहाबाट कोही जोगवनी हुँदै कोही रक्सौल हुँदै र कोही अन्यत्रको बाटो हुँदै वारदात भएको ४÷५ घन्टा देखि भोलि पल्ट सम्ममा नेपालमा दर्ता रहेको गाडी समेत लिई नेपाल भारतको सिमाना काटेको देखिन्छ । उल्लेखित कार्य प्रतिवादीहरुले अपराधको जानकारी पाए पछि पनि सम्बन्धीत प्रहरी कार्यालयमा जानकारी नदिई ७÷८ घण्टा लगाएर आफ्नै कर्मचारी लाई पठाएको कारण सो हुन गएको भन्ने कुरामा विवाद हुन सक्दैन । 

Xtrem
Xtrem

    प्रतिवादी बालकृष्ण संजेलसँग प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेतीको दुई वर्ष अगाडि देखि सँगत रहेको तथ्य निज प्रतिवादीले स्वीकार गरेको देखिएको छ । यी प्रतिवादी डेरा गरी बस्ने घरपट्टी र गोरे भन्ने चुडामणी उप्रेती बीच जग्गा लेनदेन समेतका विभिन्न विषयका कारोवार हुँदा मुनमुटाव भई झगडा पर्दा वर्षौ अगाडि देखि मध्यस्थको भुमिका निर्वाह गरेको तथ्यमा विवाद देखिदैन । यी प्रतिवादी मामा र गोरे भन्ने चुडामणी उप्रेती भान्जाको नाता सम्वन्धबाट व्यवहार गर्दै आएको तथ्य प्रस्तुत मुद्दाका प्रतिवादीहरु टेकराज मल्ल ठकुरी समेतको बयान र यी प्रतिवादीको बयानबाट पुष्टी भएको देखिन्छ । सुनको अवैध कारोवार तथा संगठित अपराध कसूरमा प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोपाल बहादुर शाही समेत भएको ३३,५७७.४ ग्राम सुनको अवैध कारोवार तथा संगठित अपराध मुद्दा काठमाण्डौ जिल्ला अदालतमा दायर हुँदा गोरे भन्ने चुडामणी उप्रेती फरार प्रतिवादीको रुपमा रहेको तथ्य महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान काठमाण्डौमा कार्यरत रहेका यी जिम्मेवार प्रहरी कर्मचारीलाई थाहा जानकारी रहेको तथ्यगत आधारहरुबाट बुझिन्छ । प्रस्तुत कर्तव्य ज्यान वारदातको दिन यी प्रतिवादीहरु प्रजित के.सी., बालकृष्ण सञ्जेल र प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेती बीच बाटोमा निकै पटक फोन सम्पर्क भएको, लाश वेपत्ता पारी केश मिलाए वापत शुरुमा रु.पाँच करोडको प्रस्ताव भएपनि डिल दुई करोडमा भएको तथ्य प्रतिवादीहरुले स्वीकार गरेको सो विषय प्रतिवादी दिवेश लोहनीलाई समेत थाहा भएको भन्ने समेत प्रतिवादी बालकृष्ण सञ्जेल र प्रजित के.सी.को वयानबाट देखिन्छ । प्रतिवादीहरुले दावी गर्नु भएको उक्त डिल अभियुक्तलाई पक्राउ गर्न गरिएको भन्ने जिकिर अन्य कुनै प्रमाण परिस्थितिले पुष्टि भएको देखिदैन । टेकराज मल्ल ठकुरी समेतका प्रतिवादीहरुको बयान हेर्दा सुनसरीको इटहरी, धरान पुग्दा कैयौँ पटक प्रहरी नायव उपरीक्षक प्रजित के.सी. र प्रहरी नायव निरीक्षक बालकृष्ण बीच पटक पटक बाटोमा फोनबाट सनम हत्यामा सम्लग्न प्रतिवादीहरुलाई संरक्षण दिने, रकम जम्मा गरी राख्न लगाउने, वारदातमा सम्लग्न प्रतिवादीहरुलाई भाग्न उम्कन र देश बाहिर फरार हुन उपाय र तरिका समेत सुझाई आपराधिक समुहलाई सहयोग पु¥याएको तथ्य प्रतिवादी टेकराज मल्ल, गोरे भन्ने चुडामणी उप्रेती र यी प्रतिवादीहरु प्रजित के.सी. र बालकृष्ण सञ्जेल बीचको कल डिटेल समेतका प्रमाणबाट पुष्टी भएको देखिन्छ । 
    प्रतिवादीहरु बालकृष्ण संजेल र प्रजित के.सी.ले घट्नाको वास्तविक तथ्यलाई लुकाई एक्कासी मोरङ स्थित जिल्ला प्रहरी कार्यालय, नजिक बिराटनगरमा लाश भेटिएको भन्ने प्रतिवेदन दिएको अवस्था छ । उक्त प्रतिवेदन आफुलाई खटाउने प्रहरी अधिकृतको कमान्ड आदेश बमोजिम नै दिएको भन्ने समेत देखिन्छ । तसर्थ प्रतिवादीहरु दिवेश लोहनी र प्रजित के.सी.को माथी विवेचित कार्यले आपराधिक समुहलाई संगठीत अपराध गर्न सघाउ पु¥याएको साथै संगठीत अपराध गर्ने त्यस्ता व्यक्तिहरुलाई भाग्ने उम्कने मौका दिएको र सो अवस्था सृजना गरि दिएको उल्लिखित प्रमाणबाट पुष्टी भएकोले प्रतिवादीहरु दिवेश लोहनी र प्रजित के.सी.ले गरेको उल्लिखित कार्य संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (४) मा परिभाषित कसूर भएकाले निज प्रतिवादीहरु दिवेश लोहनी र प्रजित के.सी.लाई सोही ऐनको दफा ९ को देहाय (ख) बमोजिम सजाय हुन मागदावी लिईएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
सम्बन्धित सामग्री
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला सडक पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्... बिहीबार, असोज १५, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्