काठमाडौं– ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने युवक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले उक्त ग्रुप चलाउने नविन बस्नेतलाई पक्राउ गरेको हो।
प्युठानको झिम्रुक गाउँपालिका–७ घर भई नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने १९ वर्षीय बस्नेतलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको सहयोगमा नवलपरासीबाट पक्राउ गरिएको हो।
फेसबुकमा ‘र्याप एसोसियशन’ नामक पेज खोलेर बलात्कार गर्न दुरुत्साहन गरेको, अश्लिल र आपत्तिजनक पोस्ट गर्ने कार्य गरेको पाइएपछि उनलाई पक्राउ गरिएका हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।