• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालमा विद्युतीय शासन : प्रभावकारिता र पारदर्शिताको एकमात्र विकल्प

64x64
नेपाल लाइभ बुधबार, वैशाख १९, २०७५  ०८:०५
1140x725

सरकारको काम शासन हो। ई-शासनको गन्तव्य असल शासन हो। ई-शासनविना पनि असल शासन हुन सक्छ। उसो भए ई-शासनले सुशासनप्राप्तिमा कसरी थप असर पार्छ त? त्यो फरक शासन सञ्चालनको गति र तीव्रतामा भेट्न सकिन्छ। पारदर्शिता, जवाफदेहीता, अनुमेयता र विधिको शासनसहितको सरकारी सेवा सञ्चालन प्रणालीलाई तीव्र गतिमा सम्पादन गर्ने कार्यमा कम्प्युटरीकृत सूचनाप्रविधिले विश्वभरि अद्वितीय क्रान्तिकारी परिवर्तन ल्याइदिएको छ।

विश्वकै धनाढ्य सूचना प्राविधिज्ञ बिल गेट्स भन्छन्, 'विचारको गतिमा व्यवसाय गर्न सूचना प्रविधिबाट अब सम्भव छ।' विश्वविख्यात भविष्यविज्ञ एल्भिन टोफ्लरका शब्दमा विश्वभरिका देशलाई दुई वर्गमा बाँड्न सकिन्छ। ती मुलुक कम्युनिस्ट र क्यापिटलिस्ट, धनी र गरिब, विकसित र अविकसित, पूर्वीय र पश्चिमा, उत्तरी र दक्षिणी, इसाई र इस्लाममा विभक्त छैनन्। ती केवल द्रुत र सुस्त राष्ट्र हुन्।' धनी वा विकसित देशका सबै क्रियाकलापको सञ्चालनगति द्रुत हुन्छ। गरिब वा अविकसित देशमा सबै कार्य सुस्त हुन्छ। द्रुत कहलिएका देशले सूचना-प्रविधिको भरपूर प्रयोग गर्छन्। गरिब र अविकसित मुलुक परम्परागत लुम्सो प्रविधिमै रुमल्लिएका हुन्छन्।

असल शासनमा जनताले पाउने सेवासुविधा वा सरकारको कार्यसञ्चालन सरल, नैतिक, जवाफदेहीपूर्ण, उत्तरदायी र पारदर्शी गुणात्मक हुनुपर्छ। सरकारी सेवालाई ई-शासित बनाउन ढिलो गरिए नेपाल प्रतिस्पर्धामा टिक्न सक्नेछैन, समृद्ध नेपालको सपना दुःस्वप्नमा परिणत हुनेछ। विश्वप्रख्यात डिजिटल भविष्यद्रष्टा निकोलस नेग्रेपोन्टले भनेका छन्, 'कुनै पनि देशको द्रुत विकासमा त्यहाँ मौजुद भौतिक पूर्वाधारको भन्दा संस्कृतिको भूमिका ठूलो हुन्छ।' विकासको तीव्रतामा संस्कृतिको ठूलो महत्त्व छ। समृद्ध नेपाल निर्माणका लागि नेपाली प्रशासनतन्त्रको संस्कृति ई-शासन मैत्रीपूर्णता कत्तिको छ? यसको विवेचना हुनु आवश्यक छ। 

ई-शासन एवं असल शासनको मार्गको यात्रालाई गन्तव्यमा पुर्यातउन तीन संस्कृति तगारा बनेका देखिन्छन्, जो अझै जस्ताको तस्तै छन्। ती हुन्- अति गोप्यताको संस्कृति, वरिष्ठताको संस्कृति र भ्रष्टाचारी संस्कृति। त्यसमाथि, प्रविधिकेन्द्रित ई-शासनले आधुनिक प्राविधिक कौशल, सिप, नेतृत्व क्षमता, पद्धति रूपान्तरणमा उच्च तहको संरक्षकत्व र दृढ निश्चयीपनाको थप आग्रह गर्छ। वर्तमान राजनीति गर्ने पुस्ताका लागि यो कम्ती चुनौतीको विषय छैन।

सूचनाको पहुँचबाट अरूलाई वञ्चित पारेर आफूमा एकाधिकार राख्नसके आफू शक्तिशाली भएको ठान्ने प्रवृत्तिले गोप्यताको संस्कृतिलाई मलजल दिँदै आएको छ। वरिष्ठताको मान्यताको संस्कृतिको पछाडि नयाँ प्रविधिप्रतिको भय वा प्रविधिप्रेमी दक्ष युवापुस्ताले आफूलाई विस्तापित गर्लान् भन्ने संशय लुकेको हुन्छ। सूचना-प्रविधि घुसखोरी र भ्रष्टाचारलाई अन्त्य गर्न सहयोग पुर्याछउने शक्तिशाली साधन हो। यसबाट अनैतिक आम्दानीको मुहान बन्द हुने स्थिति सिर्जित हुन पुग्दा भ्रष्ट संस्कृति व्याप्त विद्यमान शासनव्यवस्था यसको विरोधमा खडा हुन पुग्छ।

ई-शासन लागू गर्न असमर्थ भइयो भने परम्परागत शासन-पद्धतिबाट जति प्रयत्न गरे पनि अपेक्षित चरित्रको असल शासन स्थापित हुन सक्दैन। बिस्तारै एक दिन मानिसको नियत र मनोवृत्ति परिवर्तन होला, अनि सुशासन आउला भन्दै दशकौँ पर्खन सकिन्न। तर, सुशासनका लागि अत्यावश्यक ई-शासनपद्धति रूपान्तरणमा पनि चुनौती थुप्रै छन्। शासन सञ्चालकमा डिजिटल सूचना प्रविधिको ज्ञान, सिप, कला, कौशलमा पारंगतता हुनु ई-शासनको पूर्वसर्त हो। सूचनाप्रविधि क्रान्तिकारी ढंगमा तीव्र विकसित हुँदै गरेको कान्छो आधुनिक प्रविधि हो। अधिकांश सरकारी अधिकारी या त यस प्रविधिमा अनभिज्ञ छन् या उमेर ढल्किएकाले सिक्न अनिच्छुक छन्। सरकारी सेवामा पर्याप्त संख्यामा प्रविधिप्रेमी नयाँ पुस्ताहरूको नियमित प्रवेश गराउने गरिएको छैन। नेपाली कर्मचारीतन्त्रमा आधुनिक प्रविधिप्रतिकूल संस्कृतिका अतिरिक्त सूचना प्रविधिको क्षमता र सम्भावनाको कल्पना नै गर्न नसक्ने समूहको बाहुल्य छ।

अधिकांश विकासशील मुलुकमा आफूले पाउने सेवा सस्तो सरल, पारदर्शी भएको देखेपछि मात्र जनताले प्रविधि र अधिकारीहरूको प्रशंसा गर्ने गर्छन्। छिमेकमा भएका सफलताका दृष्टान्तहरू प्रसारित हुँदै आफ्नै आँखाले सकारात्मक परिवर्तन देख्न पाएपछि त्यहाँ पनि त्यस प्रकारको शासन प्रविधि वा पद्धतिको माग बढ्न थाल्छ। अरू वातावरण जतिसुकै परिपक्व वा अनुकूल भए पनि असल नेतृत्वको अभावमा जसरी राजनीतिक क्रान्तिले मूर्तरूप लिन सकेको हुँदैन, त्यसैगरी दह्रो असल प्राविधिज्ञको नेतृत्वविना सूचना प्रविधिको उपयोगबाट खोजेको सुशासन सम्भव छैन। शासनपद्धतिमा रूपान्तरण ल्याउन सूचना-प्रविधिको सफल उपयोगको अठोटसाथ कुनै राजनीतिक वा प्राविधिक नेतृत्व अघि सरेको अझै दृष्टिगोचर हुँदैन। प्रशासनिक वरिष्ठ तहको नेतृत्व गर्नेमध्ये ई-शासनमा सिद्धहस्त मानिने चिनिएका मान्छेमध्ये कोही देखिँदैनन्। जागिरे प्रवृत्ति भएका मन्त्री र बूढो गोरुले कोरली गाई ओगट्ने, कुहिएको मनोवृत्तिका, जुनै सर्तमा पनि पदमा टाँस्सिन नछाड्ने यहाँका वरिष्ठ अधिकारीले आधुनिक प्रविधिमा पोख्त युवापुस्तालाई अभिप्रेरित गर्दै नेतृत्व गर्न र ई-शासन सफल भई जनताले सुशासनको अनुभूति गराउन फलामको च्युरा चपाएसरह हुने देखिन्छ। राजनीतिज्ञ, वरिष्ठ सरकारी अधिकारी, विशेषज्ञ र प्राविधिज्ञहरूको सहकार्य र अगुवाइमा मात्र यस्ताखाले संस्थागत शासकीय रूपान्तरण सफल हुने गरेका हुन्। 

स्वदेशी पैसा, स्वेदेशी वस्तु-साधन, राष्ट्रप्रेमी विशेषज्ञ, अधिकारीको लगनशीलता, दृढ प्रतिबद्धता, नेतृत्व, सक्रिय सहभागिता र संलग्नताविना सूचना-प्रविधि क्रान्तिको उपलब्धिलाई उपयोग गर्दै कार्यान्वयन गर्ने जमर्को गरिएमा ई-शासनले यहाँको कचल्टिएको वर्तमान जुम्सो, लुम्सो, षड्यन्त्रमुखी, अपारदर्शी, भ्रष्ट शासकीय प्रणालीमा रूपान्तरण ल्याउन सक्नेछ। प्रविधिप्रेम घनीभूत नयाँ पुस्ताको बाहुल्य 8मा छ, तर सरकारमा तिनको उपस्थिति शून्य देखिन्छ न तिनलाई उत्प्रेरित गर्ने प्रवेश गराउने इन्गेज गराउने प्रयत्न सुरु भएको देखिन्छ। सुशासनसहितको समृद्ध नेपालको चाहनालाई मूर्तता दिन क्रमभंगता ल्याउनुपर्ने क्षेत्र अहिले यही सूचना प्रविधिको अधिकतम् उपयोग हो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिबद्ध राजनीतिक नेतृत्व र वरिष्ठ सरकारी अधिकारीको अग्रसरताविना ई-शासनबाट सुशासन सम्भव हुने गुन्जायस छैन। यसलाई मुलुकको राजनीतिले निरन्तर संरक्षण र हौसला दिएको हुनुपर्छ, विशेषज्ञ कर्मचारीले निराश नभई अभियान जारी राख्नुपर्छ। दृढ इच्छाशक्ति, लगन, परिश्रम, कौशल र सिपको प्रदर्शन खाँचो पर्नेछ। मलेसियामा मोहम्मद महाथिर, सिंगापुरमा लिक्वान यु, चीनमा डेङ जिआव पेङ, कोरियामा पार्क चुङ ही, भारतमा राजीव गान्धीजस्ता राजनेताले सूचना प्रविधिलाई राष्ट्रनिर्माणमा उपयोग गर्ने दृढ एवं दिगो नेतृत्व गरे। 

कर्मचारीतन्त्रतर्फबाट जति प्रतिरोध खेप्न परे पनि बुलडोजिङ गरेरै छिमेकी भारतमै पनि सम्पूर्ण आन्ध्र प्रदेशभरि पूर्वमुख्यमन्त्री चन्द्रबाबु नाइडु ई-शासन स्थापित गराइछाड्ने भारतकै पहिलो सफल प्रविधियोद्धा बने। फलस्वरूप आन्ध्र प्रदेशको सदरमुकाम हैदराबाद अहिले साइबराबाद नामले पनि परिचित छ।

मध्यप्रदेशमा ज्ञानदूत नामको लोकप्रिय अनुपम विद्युतीय शासन संचालित छ। ग्रामीण आर्थिक क्रियाकलापको सूचनाका लागि त्यस्तैखाले अर्को ८ भारतीय प्रदेशमा लोकप्रिय ई-चौपाल कार्यक्रम छ। भारतका ६ लाख चानचुन सबै ग्राम पंचायतलाई एकआपसमा ई-संजालद्वारा आबद्ध गर्ने बृहत् प्रत्येक गाउँ ज्ञानकेन्द्र बनाउने लक्ष्य लिइएको ८० भन्दा बढी ठुल्ठूला स्वदेशी, विदेशी संघसंस्था र सयौँ राजनीतिज्ञ, वैज्ञानिक, प्राविधिज्ञ र विशेषज्ञहरूको हातेमालोमा एलायन्स फर भिलेज नलेज मिसन कार्यक्रमको अध्यक्षता भारतीय हरित कृषिक्रान्तिका पिता, जेनेटिक्स विद्याका विश्वप्रसिद्ध वैज्ञानिक एवं विज्ञान प्रशासक, राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट ७० भन्दा बढी मानार्थ विद्यावारिधिद्वारा सम्मानित भइसकेका ८८ वर्षिय डा स्वामीनाथनले गरेका छन्। तीन दर्जनभन्दा बढी मानार्थ विद्यावारिधिद्वारा सुशोभित भइसकेका भारतका वैज्ञानिक-इन्जिनियर पूर्वराष्ट्रपति डा कालामले आफ्नो कार्यकालमा राष्ट्रपति भवन कार्यालयलाई पूर्णतः ई-शासनद्धारा संचालित गरे। महान लक्ष्यप्राप्तिका लागि भिजनरी व्यक्तित्व, वैज्ञानिक, प्रशासनिक नेतृत्व अपरिहार्य छ। समृद्ध नेपालले पनि त्यस्तै महान् भिजनरी नेताहरूको आग्रह गरेको छ।

राजनीतिक र अन्य अधिकारकेन्द्रित श्रोत भागबण्डा-केन्द्रित कार्यशैली र चरित्र मात्र प्रदर्शन गर्ने, उडन्ते जराबिनाका आर्थिक लाभविनाका पपुलिष्ट योजनाको नारा मात्र भट्याउने, धरातलीय यथार्थमा उभिन नजान्ने, कौवाको पछि मात्र दगुर्ने, एकादेशको कथा वा फेरिटेल जस्तो कथामा आत्मरति गर्ने तर प्रविधि, विज्ञान, इन्जिनियरिङ, अर्थपूर्ण जिवनोपयोगी रोजगारी, जनताको दिनदैनिक खानेपानी, सरसफाइ, फोहरमैला, पर्यावरण ब्यवस्थामा सिन्को नभाच्ने, जनताले के गरी सुखको अनुभूति गर्छन् भन्ने कुरामा रत्ति मन नलगाउने, फिरन्ते राजनीतिक नेता कर्मचारी वा कथित विद्वानहरुको जगजगी तबसम्म रहिरहन्छ जब सम्म यस मुलुकमा प्रविधि इन्जिनियरीङ विज्ञान र विद्युतिय शासनको दमदार हस्तक्षेप हुदैन। 

Xtrem

Xtrem

बाइसे चौबीसे राज्य भनेको सुनेर हामी दंग पर्थ्यौ तर अहिले ७-८  सय सरकार हामी आफैले बनाएका छौं। तीनको आआफ्नै डम्फूको नाच हेर्न पाएका छौं। तिनलाई अधिकार सिकाइएको छ अधिकारको सदुपयोग गर्न श्रोत सृजना र श्रोतको प्रभावकारी सदुपयोग सिकाउने न प्रविधि छ न कुनै सक्षम जनशक्ति र संगठन मौजुद रहेको छ न कुनै लक्ष योजना वा कार्यक्रम दृष्टिगोचर छन्। सबैजसो सरकार नेता र कर्मचारी रोगीगाईको थुन निचोर्नमा पारगंत हुदै गएका देखिन्छन्। यी सबै रोग अरु केही हैन पछौटे प्रविधिको कारणले हो। प्रविधिको बोक्सी रोगले गाँजेको कारणले हो।

डिजिटल अर्थशास्त्र नेपालीका लागि बोक्सीविद्या सरह नै हुन पुगेको छ। बोक्सी झार्ने झाँक्रीको समय यही हो। विद्युतीय शासनले मात्र नेपालको पछौटे बोक्सीरोग झार्नेछ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
सम्बन्धित सामग्री
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ उनले अडियो क्लिपमा कुराकानी गरेका ती दुई व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताइन् । साथै उनले कुनै प्रम... बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव स... बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्