• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हामी 'छाउपडी गोठमुक्त गाउँ' बनाउँदैछौं, के तपाईं ‘गुफा’मुक्त सहर बनाउन सक्नुहुन्छ?

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १८, २०७५  ०८:०१
1140x725

चितवनकी केटीसाथीको पहिलो रजस्वला अनुभूति सुनेर भर्खर कोठामा फर्किएको छु। बाख्राको खोरमा गुज्रिएका २० दिनको दुःखद् स्मृति उनले सुनाइरहँदा कुनै दन्त्यकथाभन्दा कम दर्दनाक लागिरहेको थिएन मलाई। 

आफ्नो स्मृति सुनाइसकेपछि थापा थरकी उनले भनेकी थिइन्, ‘तपाईंतिर त छाउपडी (रजस्वला) प्रथा अझै कठोर छ है!’

म फिस्स हाँसेको थिएँ। मेरो त्यो हाँसोमा उनीप्रतिको कटाक्ष थियो। हाम्रा दिदीबहिनीहरुले यो हदसम्मको दुःख त पाएका छैनन् भन्ने सन्तुष्टि थियो। र, कुनै अमूक 8शास्त्रीले उनको दिमागमा पारिदिएको पूर्वाग्रह प्रतिको आक्रोश थियो।

उनले के बुझिन्, त्यो उनै जानून्।

मैले यत्ति भनेँ, ‘तपाईंले खेपेजति कठोरचाहिँ छैन।’

उनले छक्क परेर मतिर प्रश्नवाचक नजर फ्याँकिन्। 

मैले उत्तरमा भनेको थिएँ, ‘पहिलोपल्ट रजस्वला हुँदा हाम्रा दिदीबहिनीले घामपानी, दाजुभाइ, किताबकापी सबै हेर्न पाउँछन्।’ किन यसो भनेको थिएँ भने उनले ती २० दिन घामपानी, किताबकापी र आफन्तको अनुहार हेर्न नपाएको बताएकी थिइन्। 

राजधानी लगायत सहरीया र शिक्षितहरुको ‘सभ्यता’मा यस्तैगरी ‘गुफा’ राख्ने प्रचलन छ क्या रे! सायद, निरीह र गरिबहरुको उही प्रचलन ‘कुप्रथा’ र शिक्षित र धनीहरुको प्रचलन ‘संस्कृति’ हुन्छ। हाम्रो 8मा एउटै खाना हेपिएको व्यक्तिलाई घिचाइन्छ र मानिएको मान्छेलाई ज्युनार गराइन्छ। एउटै हिँडाइमा निर्धाेले मुन्टिनुपर्छ र बलियो सवार हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यही बेला गाउँबाट दाइ (अमर खड्का, जो स्थानीय राजनीतिमा सक्रिय छन्) को फोन आएको छ। उहाँले हाम्रो गाउँ (बाजुराको रजाली) लाई छाउपडी गोठमुक्त वडा घोषणा कार्यक्रमको मिति बैसाख २० लाई तय भएको बताइरहनुभएको छ।

त्यसपछि दिमागमा अटोसेभ भएर बसेको छाउपडीसँग जोडिएका केही अनुभूतिहरुको फोल्डर खुल्न थाल्यो। 

सम्झिएँ पहिलो घटना। जुनबेला कक्षा ८ को जिल्लास्तरीय परीक्षा भर्खरै पार लाएको ठूलो जोसमा थिएँ। त्यही बेला सेभ द चिल्ड्रेनको सहयोगमा पिसविन नामक स्थानीय गैरसरकारी संस्थाले बालक्लब गठन गर्न थाल्यो। गठनको उद्देश्य तीनटा बताइएको थियो। पहिलो, माओवादी द्वन्द्व भएकाले बालबालिका शान्तिका क्षेत्रका विषयमा लबिङ गरिने, दोस्रो छाउपडी र बालविवाह जस्ता कुप्रथा हटाउने र तेस्रो, बालबालिकाको व्यक्तित्व विकास। म बालक्लबको अध्यक्ष चुनिएँ। 

आफूलाई 8ले ‘रिकगनाइज’ गरेको जोस थियो। मनमा आँट र साहसको मिटर यति चढेको थियो कि म सबथोक गर्न सक्छु भन्ने लागेको थियो। बालक्लब गठनसँगै यी विषयमा तीनदिने तालिम सकेर घर फर्किंदै गर्दा संकल्प गरेँ, आमालाई छाउगोठ जान दिन्नँ। 

Xtrem

Xtrem

वर्षौंदेखि प्रचलनमा रहेको संस्कृतिमाथि एक बालमष्तिस्कले धावा बोल्न लागेको थियो। आफू बालक्लबको अध्यक्ष भएको उच्च मनोबलसहित मैले बुवा र आमा सँगै भएको समयमा प्रस्ताव गरेँ। बुवाको मौन समर्थन रह्यो तर आमाको आपत्ति। 

मैले सम्झाएँ, त्यसपछि अड्डी कसेँ र अन्तिममा मेरो आफ्नो कोठा (जो मूलघरसँगै जोडिए पनि दैलो बेग्लै थियो) मा बस्न सकिने उपाय सुझाएँ। आमा राजी हुनुभयो। आमासँगै समयमा रजस्वला हुने काकी, जेठीआमाहरु पनि पछि मेरै कोठाको भुइँमा ओछ्यान लगाएर सुत्न थाल्नुभयो। मैले आफ्नो जितको सानोतिनो बिगुल नै फुकेँ, अन्य बालक्लबका साथीहरु जम्मा भएका बखत।

छुन हुने र नहुनेका सूची थिए। खान हुने र नहुनेका सूची थिए। ती पूर्णतः हटाउन सकिएन तर घटाउँदै गइयो। तर, सभ्यहरुको संस्कृतिमा रहेको घामपानी हेर्न नहुने र दाजुभाइ देख्न नहुने भन्ने कहिल्यै थिएन। 

त्यसपछि हाम्रो गाउँमा मेरो घरमा जस्तै सँगै जोडिएका छुट्टै कोठा भएकाहरु आमाले जस्तै गरी बस्न थाले। त्यसमा कसैको रोकटोक भएन। केही हजुरआमालाई भने चालचलन मान्न छाडेकोमा सामान्य गुनासो थियो। 

किन बनाइयो होला त छुट्टै गोठ? 
त्यतिबेलै मेरो कलिलो दिमागमा खेलेको थियो र आमाले नै गुत्थी फुकाइदिनुभएको रहेछ। मैले पछि आएर मात्रै बुझेँ। यसैलाई आधार बनाएर पोहोरसालतिर 8शास्त्रका एक प्राध्यापकसँग तर्क गरेको थिएँ। छाउपडी प्रथाप्रति उनको दृष्टि वक्र हुनु स्वाभाविक थियो। तर, त्यो 8 र त्यहाँका सदस्य (म पनि एउटा हुँ) प्रति उनको घृणाभाव थियो। 

‘के मेरी आमा र दिदीबहिनीलाई म माया गर्दिनँ हूँला?’ मैले प्रश्न गरेको थिएँ, ‘के छाउपडी प्रथा मान्ने कुनै श्रीमान्‌ले आफ्नी श्रीमतीले दुःख पाओस् भन्ने चाहना राख्छ होला?’

सायद उनको 8शास्त्रमा भावुकताका लागि कुनै ‘स्पेस’ थिएन। उनले यी विषयमा मसँग बहस गर्न अनिच्छा जनाए। म चुप लागेँ। त्यसपछि मेरो दिमागमा उनी विद्वान् होइन, शिक्षित मात्रै हुन् भन्ने आयो। उनीप्रति दन्किइसकेको आक्रोशको ज्वाला आफ्नै शान्तिले निभाएँ। 

उनी गइसकेपछि त्यहीँ जम्मा भएका अरुले यसबारे जान्ने रुचि देखाए। उनीहरुलाई छाउपडी प्रथाको विकासक्रमबारे सरसर्ती सुनाएँ, जुन मलाई आमाले भन्नुभएको थियो। 

हामी चिसो ठाउँमा बस्छौं। ढुंगामाटोका साना घर बनाउँछौं। मेरो पहिलो घर जम्मा एकतलाको थियो। भुइँमा गाइभैंसी बाँधिन्थ्यो। माथिल्लो तलामा हामीले खाना पकाउने चुल्हो थियो। चुल्हो वरिपरि हामी ६ जनाको परिवार सुत्थ्यौं। ओढ्ने प्रशस्त लुगा नभएकाले हिउँदको महिना चुल्होको आगो रातभरि निभ्दैनथ्यो। 

आमा महिनावारी भएपछि भने समस्या पर्थ्यो। किनभने अहिलेको जस्तो स्यानिटरी प्याड प्रशस्त उपलब्ध हुने जमाना थिएन र भए पनि हाम्रा (मेरो गाउँकै मान्छेका) अरु आवश्यकताका अगाडि त्यो सोख हुन जान्थ्यो। आमा महिनावारी भएको बखत मेरो कोठामा सुताउँदा उहाँ हिँड्ने बाटोमा रगतका थोपा देखेको हुँ। 

रगत देखेपछि घिनाउने र डराउने मानवीय स्वभाव हुन्छ। एकपल्ट सम्झिनुहोस् त, यदि भान्छा कोठामै रगत चुहियो भने? त्यस्तो अवस्थामा के तपाईं निर्धक्क खाना खान सक्नुहुन्छ? 

सुन्नेले ‘हो त नि’ भावमा मलाई हेरिरहेका थिए। 

खाने र सुत्ने कोठा एउटै भएपछि त्यस्तो समयमा बाहिर बस्ने बाध्यता हुन्थ्यो। सबै गाउँले मिलेर महिनावारी भएका महिलालाई बस्ने छुट्टै घर बनाइदिए। स्वाभाविक रुपमा अरु घरभन्दा सानो हुन्छ र त्यसैलाई भनियो छाउपडी गोठ। 

समयको सान्दर्भिकता अनुसार यो प्रथा ठिकै थियो होला। तर, यसमा केहीले भ्रमहरु थप्दै गए र कुप्रथा पनि भयो। कुप्रथाको जालोमा बेरिएको भनिएको मेरो गाउँ बैसाख २० गते छाउपडी गोठमुक्त घोषणा हुँदैछ। ओहो! केही वर्षकै अन्तरालमा देखिएको यति ठूलो परिवर्तन। 

यतिबेला म गद्गद् छु र खोजिरहेको छु, आफ्नै मनभित्र यो तीव्र परिवर्तनको कारण। आफ्नै गाउँलाई नियाल्दा यसको पहिलो कारण समृद्धि देखेँ मैले। र, दोस्रो चेतना। किनभने अहिले हरेकले नयाँ घर बनाएका छन्। उनीहरुका खाने र सुत्ने कोठा छुट्टाछुट्टै छन्। अझ परिवारका सदस्यहरु अनुसार नै कोठा बनाउन सक्ने ल्याकत छ। 

मेरो जुन गाउँ छाउपडी गोठमुक्त वडा घोषणा गरिँदैछ, जसलाई आधुनिक कृषि प्रणालीका लागि जिल्लाकै नमुना गाउँका रुपमा हेरिन्छ। जसका कारण कृषक वर्गमा पनि आर्थिक उन्नति छ। यो परिवर्तन यसैको परिणाम हो। गाउँको विकास र चेतनाका लागि निरन्तर संघर्ष गर्ने उक्त वडाका अध्यक्ष वीरबहादुर रावल, युवा राजनीतिज्ञ अम्मर खड्का, काशी विक, गीता रावल, सहकारीकर्मी अम्मर खड्का, युवा अभियान्ता डबलबहादुर रोकाया, धर्म रोकाया, नन्दलाल खड्का, नरबहादुर रावल, विष्णु रावल, शिक्षकहरु श्याम रावल, अम्मर रावललगायत यो परिवर्तनका महत्वपूर्ण हिस्सेदार हुन्।
 
आफ्नै गाउँमा, त्यो पनि आफ्नै आँखा अगाडिको यो परिवर्तन हेरेर दावाका साथ भन्न सक्छु, विकासको लहर गाउँसम्म पुर्याउने हो भने यो प्रथा आफैं लोप भएर जानेछ। 

तर, जसले यो विषयलाई भजाएर सुदूर–कर्णाली क्षेत्र र त्यहाँका हामी बासिन्दालाई ‘बदनाम’ बनाइरहेका छन्, उनीहरु यो कुप्रथाको तथ्य खोज्न चाहँदैनन्। आफूलाई विकासे भन्ने उनीहरु यो प्रथाको मूलजरोमा पुग्न चाहँदैनन्। किनभने उनीहरुलाई भजाइरहनुछ गरिबी। उनीहरुलाई बेचिरहनुछ, त्यसकै कारण निम्तिइरहेका यी र यस्तै समस्या। 

आफूअनुकूल बनाइएका डकुमेन्ट्री हेरेर आफूलाई 8शास्त्री भनाउनेहरु यहीँ छन्। र, उनीहरु हामीलाई वर्षौंदेखि घोषणा गरिरहेका छन्- माया, प्रेम र संवेदना  नभएका पुरुषहरु। 

आज म चुनौती दिन चाहन्छु, हामीले आफ्नो गाउँलाई त छाउपडी गोठमुक्त घोषणा गर्यौं। छोरी रजस्वला हुँदा २० दिन घामपानी नदेखिने अँध्यारो कोठा (गुफा) मा राख्ने तपाईंहरुले यस्तै मुक्तिको घोषणा गर्न सक्नुहुन्छ?
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०७५  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्