काठमाडौं- नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीलाई कोरोना संक्रमण देखिएको छ। पार्टी केन्द्रीय कार्यालयमा बिहीबार गरlएको पिसिआर परीक्षणको रिपोर्टमा पोजेटिभ आएको हो।
केसीसहित सांसद गगन थापालगायतलाई कोरोना संक्रमण देखिएको छ।
नेता केसीले शनिबार साँझ आफू संक्रमित भएको खबर संचारमाध्यमबाट पाएको तर केन्द्रीय कार्यालयले खबर नगरेको भन्दै सााजिक सञ्जालमा दुःख व्यक्त गरेका छन्।
उनले आफू सेल्फ क्वारेन्टाइनमा बसेको भन्दै आफ्नो सम्पर्कमा आएकालाई परीक्षण गर्न पनि आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।