काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण पुष्टी भएको छ। सोमबारबाट सुरु हुन लागेको कांग्रेसको केन्द्रीय समितिको बैठकका लागि कांग्रेसका नेताहरुको पिसिआर परीक्षण गरिएको थियो।
सो क्रममा थापासहित अर्जुननरसिंह केसीलगायतलाई कोरोना संक्रमण पोजिटिभ देखिएको हो। कोरोना संक्रमण पोजिटिभ देखिएका पूर्व स्वास्थ्य मन्त्री थापालाई लक्षण भने देखिएको छैन।
थापाले शनिबार ट्वीटरमा लेखेका छन्‚ ‘असाेज १५ गते पार्टी कार्यालयमा भएकाे पिसिआर परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु। यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।