• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारले ल्याउने विधेयकबारे नेकपामा छलफल गर्नुपर्ने [यी हुन् स्थायी कमिटीका मुख्य निष्कर्ष]

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २६, २०७७  १७:०९
1140x725
फाइल फोटो

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत असार १० देखि जारी बैठक शुक्रबार अन्त्य भएको छ। बैठकले सरकार र पार्टीबीचको सम्बन्ध, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको कार्यविभाजन, एमसिसी, महाधिवेशनको मिति लगायतका विषयमा निर्णय गरेको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार अब अध्यक्ष ओलीले सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र सरकारको सञ्चालन प्रभावकारी ढंगले अगाडि बढाएर त्यसलाई सफल पार्ने कार्यको नेतृत्व गर्नेछन्। प्रचण्डले कार्यकारी अधिकार सहित पार्टी कामको नेतृत्व गर्नेगरी कार्यविभाजन भएको छ।

‘सरकार पार्टीको मार्गनिर्देशनमा सञ्चालन हुने, दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र आधारभूत महत्त्वका नीति र राष्ट्रिय महत्त्वका निर्णयहरु लिनुपर्दा पार्टीको मार्गनिर्देशनलाई केन्द्रमा राखेर, ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ। राष्ट्रिय महत्त्वका निर्णयहरुको हकमा सचिवालयको परामर्श र दुई अध्यक्षहरुको परामर्श र सहमतिको आधारमा गर्ने पनि निर्णय गरिएको छ’, प्रवक्ता श्रेष्ठले भने।

त्यस्तै, सरकारले प्रस्तुत गर्ने विधेयकको सैद्धान्तिक पक्षहरुको बारेमा वा प्रस्तुत गर्ने नीतिहरुको सैद्धान्तिक पक्षको बारेमा पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने पनि आजको बैठकले निष्कर्ष निकालेको छ।

प्रवक्ता श्रेष्ठले जानकारी गराएका बैठकमा मूल विषयहरुः
- पार्टी एकताको ऐतिहासिक महत्त्वलाई आत्मसात् गर्दै पार्टी एकताको रक्षा गर्ने र पार्टीलाई अझै बढी सुदृढ गरेर अगाडि बढाउने संकल्प बैठकले यो प्रस्ताव मार्फत गरेको छ।

- पार्टीलाई विधि र पद्धतिमा संस्थागत ढंगले सञ्चालन गर्ने काममा भएका कमीकमजोरीलाई सच्याउने र अबका दिनमा पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अघि बढ्ने निर्णय पनि गरेको छ। गत वर्ष भएका निर्णयहरुलाई कार्यान्वयमा लैजाने निर्णय पनि गरेको छ।

- अध्यक्षहरुको कार्यविभाजनको हकमा ओलीले सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र सरकारको सञ्चालन प्रभावकारी ढंगले अगाडि बढाएर त्यसलाई सफल पार्ने कार्यको नेतृत्व गर्ने। प्रचण्डले कार्यकारी अधिकार सहित पार्टी कामको नेतृत्व गर्नुहुने कार्यविभाजन भएको छ।

- सरकार पार्टीको मार्गनिर्देशनमा सञ्चालन हुने, दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र आधारभूत महत्त्वका नीति र राष्ट्रिय महत्त्वका निर्णयहरु लिनुपर्दा पार्टीको मार्गनिर्देशनलाई केन्द्रमा राखेर, ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ। राष्ट्रिय महत्त्वका निर्णयहरुको हकमा सचिवालयको परामर्श र दुई अध्यक्षहरुको परामर्श र सहमतिको आधारमा गर्ने पनि निर्णय गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

- सरकारले प्रस्तुत गर्ने विधेयकको सैद्धान्तिक पक्षहरुको बारेमा वा प्रस्तुत गर्ने नीतिहरुको सैद्धान्तिक पक्षको बारेमा पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने पनि आजको बैठकले निष्कर्ष निकालेको छ।

- पार्टीको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ। र त्यसको तयारी सम्बन्धी कामहरुलाई अगाडि बढाउनका निम्ति २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्म पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने निष्कर्ष निकालिएको छ।

- बैठकले नेपाल र भारतको बीचमा भएको सीमा समस्या (मुख्यतः लिम्पियाधुरा, लिपुलेक र कालापानी) को अतिक्रमित भूभागमा नेपालको हक भोगको स्थापित गर्नेगरी र नेपाली भूमिमा भएका विदेशी सुरक्षाकर्मीलाई फिर्ता पठाउने गरी जो प्रस्ताव सरकारले अगाडि बढायो र नयाँ नक्सा सार्वजनिक गर्‍यो, त्यसबमोजिम संविधानमा संशोधन गर्ने काम गर्‍यो,त्यसको निम्ति सरकारलाई धन्यवाद प्रदान गरेको छ। सबै राजनीतिक पार्टीहरुलाई राष्ट्रिय एकताको निम्ति आभार व्यक्त गरेको छ। जनचेतना जागृत गर्ने र यो प्रक्रियामा साथ दिने सबै बुद्धिजीवी र नागरिक समाजलाई र सांसदहरुलाई पनि धन्यवाद दिएको छ। र अब भारतसँग राजनीतिक कूटनीतिक वार्ताद्वारा नै यो समस्याको, नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा हल निकाल्ने आवश्यक भएको निष्कर्ष पार्टीले निकालेको छ। र सरकारले त्यस दिशामा जो पहलकदमी गरेको छ, त्यसलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने पनि अपेक्षा गरेको छ। र सरकारले अहिलेसम्म यस सम्बन्धी जे काम गरेको छ, त्यसलाई सकारात्मक भन्दै उच्च मूल्यांकन गरेको छ।

- कोभिड १९ का बारेमा सरकारले अहिलेसम्म यसको रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा जे नीति, योजना, कार्यक्रमहरु र निर्णयहरु अगाडि बढाएको छ, त्यसलाई सकारात्मक रुपमा लिँदै त्यसको प्रभावकारी नियन्त्रणका लागि र यसबाट उत्पन्न समस्याहरुको सम्बोधन र समाधानका लागि राष्ट्रिय एकताका साथ अगाडि बढ्ने दृढता पनि बैठकले प्रकट गरेको छ। यससँग सम्बन्धित कुराहरुको हकमा अझै व्यवस्थित ढंगले रोकथाम, नियन्त्रण र उपचारको प्रक्रिया अगाडि बढाउने, फ्रन्टलाइनमा खटिने चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुको सरोकार विषय, उनीहरुको मनोबल उठाउने विषयहरुलाई गम्भीर ढंगले सम्बोधन गर्ने र अहिले देखा परेका जति समस्याहरु छन्, त्यसलाई पनि दृढतापूर्वक समाधान गर्ने निष्कर्ष पनि निकालेको छ।

- एमसिसीको हकमा यसलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ। तर के संशोधन र परिमार्जन गर्ने भन्ने कार्यका पार्टीले झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर पार्टीले यस सम्बन्धमा छिट्टै निष्कर्ष निकाल्ने छ र त्यसै आधारमा यो प्रक्रिया अगाडि बढाइने छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १७:०९
  • #नेकपा
  • #विधेयक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते
ट्राफिक कारबाहीमा एकै दिन २१ लाख १० हजार राजस्व संकलन
कोशीमा भारी वर्षाको चेतावनी
सम्बन्धित सामग्री
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित चितवनमा भएको प्रथम महाधिवेशनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन्। शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम विजयी भएकी हुन् । शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै हुने भएको हो । शुक्रबार, असार १२, २०८३
ताजा समाचारसबै
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते शनिबार, असार १३, २०८३
ट्राफिक कारबाहीमा एकै दिन २१ लाख १० हजार राजस्व संकलन शनिबार, असार १३, २०८३
कोशीमा भारी वर्षाको चेतावनी शनिबार, असार १३, २०८३
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
एलपिजी प्रतिबन्ध हटायो भारतले शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्