• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

धादिङका चेपाङ बस्तीका आमाको दुःख : बर्सेनि सन्तान, अन्न-पानीको अभाव

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १४, २०७५  ००:५४
1140x725

धादिङ– गजुरी २ सिमथलीकी रीता चेपाङ २४ वर्षकी भइन्। उनलाई जन्मजात कुपोषण छ। १८ वर्षमा विवाह गरेकी रीता १९ वर्षमा छोरीकी आमा भइन्। डेढ÷डेढ वर्षको फरकमा अरु दुई छोरी पनि जन्माइन्। जेठी छोरी प्रमिका ५ वर्षकी भइन्, १ कक्षामा पढ्छिन्। माइली रेनुका ३ वर्षकी र कान्छी रजीता ११ महिनाकी छिन्।

तीन छोरी र रीतालाई कुपोषण छ। तीन महिनाअघि जेठी र माइली बिरामी भएपछि दुई घन्टा हिँडेर ताल्तीमा रहेको स्वास्थ्य चौकीमा जचाँउन गइन्। स्वास्थ्यकर्मीले कुपोषण छ, काठमाडौं जानुपर्छ भने। रीताले खर्चको जोहो गर्ने प्रयास गरिन्। मुस्किलले परिवार पालिरहेकी रीताले खर्च जुटाउन नसकेर उनीहरुलाई उपचारका लागि काठमाडौं लैजान सकिनन्।

त्यसपछि उनले उपचारको वैकल्पिक बाटो रोजिन्। गाउँकै झाँक्री कहाँ फुक्न गइन्, तर पनि निको भएन। रीता भन्छिन्, ‘पछि पोषण केन्द्र काठमाडौं गएर जचाँएपछि कुपोषण भएको थाहा भयो। त्यसयता यो मात्रा थोरै घटेको छ। तर, अहिले पनि बच्चाहरु पातला, ख्याउटे छन्।’

रीताका श्रीमान् शेरबहादुर घरको काममा सघाउँछन्। वर्षको एक पटक यार्सा टिप्न हिमालतिर जान्छन्, बाँकी समय घरमै बस्छन्। साँझ–बिहान खोजेको साग सिस्नुले भान्सा टार्न हम्मेहम्मे पर्छ। बारीमा फलाएको अन्नले तीन महिना मुस्किलले टर्छ। बाँकी ९ महिना खोजीमेली गरेर तथा गिठ्ठा, भ्याकुर र जंगली कन्दमूलको भर पर्नुपर्छ। रीता भन्छिन्, ‘सुत्केरी भएको बेला पनि साग–सिस्नु र गिठ्ठा, भ्याकुरले छाक कटाउनु पर्यो‍। कहाँ पाउनु पोसिलो खानेकुरा?’ 

आफ्ना बच्चासँग रीता चेपाङ


कलिलो उमेरमा विवाह हुनु, शरीरको राम्रो विकास नहुँदै सन्तान जन्माउनु, राम्रो उपचार नपाउनु र पोषिलो खानेकुरा नपाउनु चेपाङ महिलाले भोग्ने समस्या हुन्। त्यसबाहेक गर्भवती अवस्थामा र सुत्केरी भएलगत्तै पनि आराम गर्न नपाउने, गरुङ्गो भारी बोकेर हिँड्नुपर्ने बाध्यतामा उनीहरु हुन्छन्। यसले आफूहरुलाई तत्काल र दीर्धकालमा धेरै खाले समस्या ल्याउँछ भन्नेसमेत उनीहरुलाई जानकारी छैन। 

यो समुदायमा धेरैको वर्षैपिच्छे बच्चा हुन्छन्। उचित लालनपालन, रेखदेख हुन नसक्दा बच्चाहरु ख्याउटे देखिन्छन्। चेपाङ बस्तीमा गरिबी, अशिक्षा, अन्धविश्वास र प्रजनन् स्वास्थ्य सम्बन्धी सामान्य जानकारी समेत नहुँदा कतिपय गर्भवती महिलाले अकालमै ज्यान समेत गुमाउनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

चेपाङहरुमा बिरामी भएका बेला स्वास्थ्य संस्थामा गएर उपचार गराउनुपर्छ भन्ने चेतना न्यून छ। ‘गाउँका अधिकांशले धाँमीझाँक्रीको विश्वास गर्छन्, माइली छोरी बिरामी हुदाँ मैले पनि झाँक्रीमा लगें। फुकेर अलिक बिसेक भएको थियो,’ रीताले भनिन्, ‘झाँक्रीबाट नभएपछि मात्रै डाक्टरकहाँ जाने हो हामी।’

विकट बस्ती भएका कारण सिमथलीका अधिकांश चेपाङ किशोरीको १५ वर्ष नपुग्दै विवाह हुनेगर्छ। सानै उमेरमा विवाह हुनुलाई परम्परा ठान्ने यो समुदायमा गर्भनिरोधक अस्थायी वा स्थायी साधन प्रयोग गर्नुपर्छ भन्ने चेतनाको पनि अभाव छ। त्यसैले गाउँमा तीनदेखि आठसम्म सन्तान भएका परिवार प्रसस्तै भेटिन्छन्। रीतालाई पनि अर्को सन्तानको चाहना छ। उनी भन्छिन्, ‘तीनवटी छोरी छन्, अब छोराको चाहना छ।’

जिल्लाको बुस्रबाङ, श्यामैडाँडा, चोथर, हेराङ, च्याङ्ली, बरभन्ज्याङ लगायतका चेपाङ बस्तीमा कुपोषण भएका बालबालिका भेटिन्छन्। यस्ता  बालबालिकाले समयमा उपचार पाउँदैनन्। त्यसैले अधिकांशको शारिरीक र मानसिक विकासमा समस्या हुनेगरेको छ। 

अभिभावकसँग उपचार गर्न आर्थिक स्रोत नहुनुका साथै कसरी उपचार गर्ने भन्ने जानकारी समेत हुँदैन। अशिक्षा, अज्ञानता, अन्धविश्वास र असुरक्षित खानपानका कारण यहाँका बालबालिका कुपोषणको शिकार हुनेगरेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। 

Xtrem

Xtrem

चेपाङको अवस्था सुधारका लागि सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाले जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन्। उमेरै नपुगी बिहे गर्ने र सानै उमेरमा बच्चा जन्माउने काम गलत हो, यसले आमा र बच्चालाई खतरा हुन्छ भन्ने खालका सचेतनात्मक कार्यक्रमहरु गाउँमा भइरहेका छन्। तर, चेपाङ समुदायमा त्यस्ता कार्यक्रमको उल्लेख्य प्रभाव देखिँदैन। 

गजुरी गाउँपालिका ६ गठ्ठेडाँडाकी रजिना चेपाङको यो भनाइले चेपाङ गाउँको अवस्था झल्काउँछ। रजिना भन्छिन्, ‘अधिकांश चेपाङले कलिलै उमेरमा विवाह गर्छन्। बिहे गरेको वर्ष दिनमै सन्तान जन्माउँछन्। कतिपय आमा बन्दै गरेका महिलाले स्वास्थ्य संस्था नदेखी बच्चा जन्माउँछन्। खानेकुरामा पहिल्यै कुखुरा साँच्न सके मासु खायो, नत्र खोले–पीठोमै सुत्केरीले पनि चित्त बुझाउनुपर्छ।’ 

चेपाङ गाउँमा भर्खर जन्मेका बालबच्चाको पनि राम्रो स्याहारसुसार हुँदैन। पौष्टिक आहारा त परैको कुरा भो। रजिना भन्छिन्, ‘डाक्टर न उपचार, गर्भवती छँदा पनि पेट बोकेरै ज्याला गर्यो, व्यथा लागेपछि जता गयो, त्यतै बच्चा जन्मायो।’ रजिनाले पनि सुत्केरी हुँदा न स्वास्थ्य परीक्षण गराइन्, न कुनै खोप र औषधिको प्रयोग नै गरिन्।

१४ वर्षमा भागेर विवाह गरेकी रजिना अहिले २० वर्षकी भइन्। तीनवटा बच्चा छन्। ४ वर्ष र साढे २ वर्षकी छोरी र १ महिनाको छोरा छ। दुई छोरीहरुमा सुरुमा कुपोषण देखियो। पछि उपचार गरेपछि निको भयो। फेरि अहिले छोरालाई कुपोषण देखिएको छ। बच्चा बिरामी हुन थालेपछि उनले पनि पहिला गाउँमै झाँक्रीकहाँ फुक्न लगेकी थिइन्। 

झाँक्री कहाँ लगेपछि झन् बिरामी भएपछि तीन घन्टा हिँडेर उनी गजुरी स्वास्थ्य चौकीमा जचाउन गइन्। ‘कडा खालको कुपोषण छ,’ भनेपछि जिल्ला अस्पताल गइन्। उपचारपछि कुपोषणको

मात्रा घटे पनि राम्रो खानेकुरा नपाएर होला अहिले पनि सधैँजसो समय उनको छोरा बिरामी भइरहन्छ।

यस्तै कथा छ, ठूली कान्छी चेपाङको। ६ छोरी र एक छोराकी आमा ३८ वर्षीया ठूलीकान्छी चेपाङ हेर्दै बिरामीजस्ती देखिन्छिन्। तर, शरीर रोगी भए पनि हरेक दिन उनले उकालो ओरालो गर्नुपर्छ। उचित स्याहार नपाउने र पोषिलो खानेकुराको अभाव भए पनि उनले बर्सेनिजस्तो बच्चा जन्माइन्। ‘सन्तान जन्मनु संसारको नियम हो,’ ठूलीकान्छीले आफूले बुझेको कुरा सुनाइन्, ‘भगवानले जति दिन्छन्, त्यति हात थाप्नुपर्छ।’   

ठूलीकान्छीको घर रहेको बेनीघाट रोराङ गाउँपालिका वडा २ बुस्रबाङमा स्वास्थ्य चौकी छैन। त्यसैले सुत्केरी भएको बेला नजिकैको स्वास्थ्यचौकीसम्म पुगेर नियमित स्वास्थ्य जाँच गराउनु उनीहरुका लागि मुस्किल कुरा हो। थकान, भोकले शिथिल र गलेको शरीरले खानेपानीको जोहो गर्नुपर्छ। कस्तोसम्म अवस्था आउँछ भने, सुत्केरी र बिरामी भएको बेलामा गाउँमा पैंचो गरेर पनि पानी चलाउनुपर्छ।

बेनिघाट गाउँपालिका महादेवस्थानको ताल्तीमा स्वास्थ्य चौकी छ। बु्रसबाङबाट ताल्ती आउन ९ घन्टा पैदल हिँड्नुपर्छ। यो पूरै एक दिनको बाटो हो। बिरामी र बच्चा बोकेर आउने महिलाका लागि झन् कष्टकर छ। स्वास्थ्य चौकीबाट गाउँमा पुगेर स्वास्थ्य सेवा दिन जनशक्तिको अभाव रहेको स्वास्थ्य चौकीका कर्मचारी बताउँछन्। 

बिरामी भएका बेला स्वास्थ्य संस्था आएर उपचार गराउने क्रम बढेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य निरीक्षक विष्णु रिजालले बताए। ‘धेरैजसो चेपाङ युवती गर्भवती हुँदा चेकजाँचका लागि स्वास्थ्य संस्था आउनै मान्दैनन्,’ रिजालले भने, ‘स्वास्थ्य चौकी आएका चेपाङ महिलामध्ये धेरैजसो उमेर नपुगी गर्भवती भएको पाइन्छ।’ 

बु्रसबाङमा चेपाङ समुदायको ३६ घर छ। ब्रुसवाङसम्म पुग्न पृथ्वीराजमार्गको मलेखु बजारदेखि १ दिन पैदल यात्रा गर्नुपर्छ। २०६८ सालको जनगणना अनुसार नेपालमा ६८ हजार ६ सय ९९ चेपाङ छन्।  तीमध्ये धादिङमा झन्डै १८ हजार चेपाङ बसोबास गर्छन्।  

चेपाङ समुदायमा ‘विहेबारी २० वर्ष पारी’ भन्ने सरकारी अभियान नारामै सीमित छ। कानुनले बिहे गर्ने उमेर तोकेको भए पनि धादिङका गाउँबस्तीमा चेतनाको अभावले अझै पनि सानै उमेरमा विवाह भइरहेको छ। 

अन्न र पानीको अभाव

अधिकांश बस्तीमा खानेपानी र खाद्यान्न समस्या छ। कतिपय गाउँमा खेती गर्ने जमिन थोरैतिनो हुने तर पर्याप्त पानी नहुने समस्या छ। यस्ता गाउँमा मकै, कोदो लगाइए पनि पानी नभएर उब्जनी थोरै हुन्छ। 

पानी लिन दुई घन्टा लगाएर कुवामा पुग्नुपर्छ। झिसमिसेमा नगए त्यहाँ पनि पालो आउँदैन। एक गाग्री पानीका लागि बिहान जान्छ। बिरामी र सुत्केरी महिलालाई झनै समस्या हुन्छ। त्यस्तो बेलामा पानी पैंचो लिएर पछि तिर्नुपर्छ। गाउँमा अलिक ठूला भएपछि पानी बोक्ने काम केटाकेटीको भागमा पर्छ।

श्यामेडाँडाका चेपाङ बालबालिका पानी लिन कुर्दै


श्यामेडाँडामा १ सय ६४ घरधुरी छ। गाउँभरि ४ वटा कुवा छन्। गाउँनजिक भरपर्दो मुहान छैन। बस्तीबाट एक, डेढ घन्टा हिँडेर पानी लिन जानुपर्छ। ‘दिनभरिमा एक ग्रागी पानीले पुर्याउनुपर्छ,’ गजुरी ६ की बिमला चेपाङ भन्छिन्, ‘तिर्खा मेट्नेगरी पानी खान पनि पाउँदैनौं। कहिलेकाहीँ गाउँमा पाहुना आउँदा दिने पानी समेत हुँदैन।’

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०७५  ००:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस आयोगले २०८३ भदौ २६ गते निर्णय गर्दै प्रसाईंले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर सुरक्षा घेरा तोडेको र ‘संसद् भवन जलाउनुपर्छ’ जस्ता... बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रु ग्यासहरु प्रहार गरिएको भन्दै आयोगले सुरक्षा निकायलाई स्रोत साधानयुक्त बनाउन भनेको हो । बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्