• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १९, २०८२ Sat, Jan 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

घरधनीले आफैं घर नभत्काएपछि बुटवलमा चल्यो डोजर (फोटो फिचर)

64x64
नेपाल लाइभ बुधबार, वैशाख १२, २०७५  ०९:५८
1140x725

बुटवल- बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्म साढे ३ किलोमिटर सडक विस्तार कार्य कडा सुरक्षा व्यवस्थाका साथ सुरु गरिएको छ।  

बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक विस्तारका लागि गत बुधबारदेखि सुरु गर्नेगरी डोजर लगाएर बाटो छेउका घर भत्काउन थालिएपछि स्थानीयले आफैले भत्काउने भन्दै एक हप्ताको समय मागेका थिए। एक हप्तासम्म पनि कसैले आफ्नो स्वेच्छाले घर नभत्काएपछि सडक आयोजनाले आजदेखि पुन: डोजर प्रयोग गरेर सडक विस्तारलाई तीव्रता दिएको हो। 

सुरक्षाकर्मीको सहयोगमा अहिले बुटवलको नयाँ बसपार्कबाट घर भत्काउन थालिएको छ। ८२ फुट सडक क्षेत्रभित्र पर्ने संरचनामा प्रहरीको सहयोगमा डोजर चलाएर सडक विस्तारको काम सुरु गरिएको हो। 

सडक विस्तार हुने क्षेत्रमा अहिले प्रहरीको बाक्लो उपस्थिति छ। त्यस क्षेत्रमा रहेका व्यवसायीले सडक किनारामा रहेका घर नभत्काएपछि प्रहरीको सहयोगमा डोजर लगाइएको हो। घर भत्काउन सुरु गरेपछि घरधनीहरुले विरोध समेत गरेका थिए।

बुटवलको मुख्य बजार क्षेत्र राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.७ किलोमिटर सडकमा ३ सय ११ घरहरू भत्काउनुपर्नेछ। जम्मा ३० वटा घर मात्र घरधनीले भत्काएका छन्। त्यसका लागि आयोजनाले पटक पटक सूचना जारी गरे पनि घरधनीले अटेर गर्दै आएका थिए। 

राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे ३ किलोमिटर सडक खण्डमा ३ सय २५ घर सडक क्षेत्र मिचेर बनेका छन्। 

Ncell 2
Ncell 2

अहिले ४ लेनमा रहेको सडकलाई ६ लेनमा विस्तार गर्ने प्रक्रिया सुरु गरेसँगै घरधनीहरुले विस्तार रोक्न कहिले अदालत, कहिले सरकार त कहिले दलहरुको शरणमा पुगेर अवरोध सिर्जना गर्दै आएका थिए। दुई हप्ताअघि घरधनीको पक्षमा प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी तथा चार वटा व्यवसायिक संस्थाले विज्ञप्ति निकालेर सडक विस्तार रोक्न माग गरेका थिए। तर त्यो म्याद हिजो नै सकिएको थियो। 

यो सडकमा २ लेयर अर्थात् १० सेन्टिमिटर कालोपत्रे थपिनेछ। दायाँ बायाँ १–१ लेनको सर्भिस लेन र नाली पनि बनाइनेछ। यसको कुल लागत ४२ करोड रुपैयाँ अनुमान गरिएको छ। आर्थिक वर्ष २०६८/०६९ देखि निर्माण सुरु भएको सडकको ११ किलोमिटर मात्रै कालोपत्रे भएको छ। करिब १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ। 


आर्थिक वर्ष २०७०/०७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो। व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ३ अर्ब ३ करोड ८३ लाखमा ठेक्का दिइएको थियो।

आर्थिक वर्ष २०७३/०७४ देखि राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे ३ किलोमिटर सडक आयोजनामा थपिएको हो। यो समेत गरी ५ अर्ब ८६ करोड रुपैयाँमा बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइने छ।

आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले सडक क्षेत्रभित्रका घरहरु घरधनी स्वयंले नभत्काएपछि डोजर प्रयोग गरी भत्काउन थालिएको बताए। 

३ वर्षदेखि ७, ८ पटक ८२ फुटभित्र परेका संरचना हटाउन सूचना जारी गरिएको थियो। आयोजनाले अहिले सडकका दायाँबायाँ रहका रूखहरू हटाइसकेको छ। ४ वर्षअगाडि ४ लेनमा निर्माण भए पनि बुटवल बजार क्षेत्रको सडक ६ लेनको बनाउन २ वर्षअगाडि अनुमति पाएको थियो। यहाँका ४२ जना घरधनीले आफूहरूको घर ‘नभत्काई पाऊँ’ भन्दै सर्वोच्च अदालत र उच्च अदालत बुटवलमा मुद्दा दर्ता समेत गरेका थिए।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  ०९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकी डलरको भाउ निरन्तर उकालो
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल
सम्बन्धित सामग्री
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना... शनिबार, पुस १९, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले जहाज रन-वेभन्दा बाहिर गएको भए पनि यात्रु र चालक दल सुरक्षित छन् । तर, जहाजमा क्ष... शुक्रबार, पुस १८, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर लामिछानेलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गर्दै पुनरावेदन निवेदनमाथि... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
अमेरिकी डलरको भाउ निरन्तर उकालो शनिबार, पुस १९, २०८२
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु शनिबार, पुस १९, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल शुक्रबार, पुस १८, २०८२
पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ: गगन थापा शुक्रबार, पुस १८, २०८२
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल शुक्रबार, पुस १८, २०८२
पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ: गगन थापा शुक्रबार, पुस १८, २०८२
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्