• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यदलको प्रतिवेदन : ओलीको अडानकै अनुमोदन

64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०७७  १८:२९
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। प्रतिवेदनको निष्कर्ष पार्टीका कमिटीबाट स्वीकार गरिएमा गत वैशाखबाट सुरु भएको र गत असारदेखि तीव्र बनेको ओलीको राजीनामाको विषय स्थगित हुने भएको छ। कार्यदलको प्रतिवेदनबारे प्राप्त प्रारम्भिक जानकारीहरुले ओलीको सत्ता संकट पनि टर्ने स्पष्ट पारेका छन्।

कार्यदलले ओलीको राजीनामालाई थाती राख्ने संकेत प्रचण्डले यसअघि नै गरिसकेका थिए। गत बुधबार एपीवान टेलिभिजनबाट प्रशारित ‘द ब्राभो डेल्टा सो‘ मा प्रचण्डले प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने बताएका थिए। ‘अब महाधिवेशनमा जाने भन्ने कुरा भएपछि पदका कुरा गौण भए। हिजो पनि हाम्रो विवाद पदका लागि भएको थिएन। पार्टी एकताका कुरा गर्दा या गठबन्धनसहित निर्वाचनमा जाँदा र पार्टी एकता गर्दा पनि हामीबीच पदको बार्गेनिङ भएको थिएन’, प्रचण्डले भनेका थिए।

जबकि, असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा असार १६ गतेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय प्रवेश गरेको थियो। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले राजीनामाको विषय उठाएपछि स्थायी कमिटी बैठक भने बिथोलिँदै आएको थियो। अध्यक्षद्वयको एक्लाएक्लै र सामूहिक भेटले पनि स्थायी कमिटीलाई निरन्तरता दिने र एजेन्डामा छलफल गराउने सूत्र फेला पार्न नसकेपछि साउन ३० कार्यदल गठन गरिएको थियो।

प्रतिवेदनबारे जानकार नेताहरुले दिएको जानकारी अनुसार प्रतिवेदनका अन्य सुझाव र निष्कर्षले पनि ओलीलाई नै नैतिक रुपमा विजयी बनाएको छ। उनले कुनै कुरा गुमाउनु नपर्ने सुनिश्चितता प्रतिवेदनले गरिदिएको छ।

प्रतिवेदनमा चैतमा महाधिवेशन गर्ने कुरा उल्लेख गरिएको  छ। यसबाट पनि ओलीले गुमाउनुपर्ने केही देखिँदैन। किनकि, यो निर्णय गत माघमा सम्पन्न केन्द्रीय कमिटीले तय गरिसकेको विषय हो। गत साउन ३ गते मंसिरमै महाधिवेशन गर्ने विषय उठे पनि त्यो त्यतिकै सेलाएको थियो। चैतमा महाधिवेशन गर्ने सम्बन्धमा ओलीले कुनै नकारात्मक टिप्पणी गरेका थिएनन्। वा, नगर्ने भनेका थिएनन्। त्यसैले यसबाट उनले गुमाउनुपर्ने कुरा केही छैन। ‘एउटा कक्षा दोहोर्‍याएर नपढ्ने’ उनको यसअघिको वाचा पूरा गर्ने अवसर त्यो हुनसक्छ। तर, त्यतिबेलाको परिस्थितिका विविध आयामबारे अहिल्यै कुनै निश्चितता हुनसक्दैन।

Ncell 2
Ncell 2

महाधिवेशनको विषय आफ्नो पक्षमै रहेका कारण ओलीले यसअघि नै महाधिवेशनको कुरा उठाउँदै आएका थिए।

यो पनि पढ्नुहोस्

सचिवालय र महाधिवेशनमा ओलीको जोड किन?बुधबार, साउन २१, २०७७

प्रतिवेदनले आगामी चैतमा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने र महाधिवेशनको तयारीमा अघि बढ्ने उपाय सुझाएको छ। पार्टीका सैद्धान्तिक र विवादका अन्य विषय पनि सोही महाधिवेशनबाट टुंगो लगाउने प्रतिवेदनमा उल्लेख छ। 

कार्यदलले शनिबार बुझाएको प्रतिवेदनले ‘पावर सेयरिङ’को आवश्यकता भने औंल्याएको छ। त्यसमा मुख्यतः ओलीले सरकारको नेतृत्व गर्ने सँगसँगै प्रचण्डले पार्टी सञ्चालन गर्ने उपाय सुझाइएको छ। गत मंसिर ४ गते नै सचिवालयबाट यो निर्णय भएको भए पनि ओलीले कार्यान्वयन नगरेको र पार्टीमा पनि हस्तक्षप गरेको प्रचण्डको आरोप छ। प्रतिवेदनले सोही निर्णयलाई थप व्याख्या गरेको बताइएको छ। यसको प्रष्टता र कार्यान्वयनको निरन्तरता भयो भने प्रचण्डले केही राहत पाउँछन्। तर, नेकपाभित्र जुन घनत्वको लडाइँ भयो, त्यसको आलोकमा, केही अधिकार थपिएको अध्यक्ष हुनुको उपलब्धि भने साह्रै नगन्य हो। किनकि, विधानतः उनी पहिल्यैदेखि बराबरी अधिकारसहितका अध्यक्ष हुन्।

प्रतिवेदनमा संघीय सरकार र प्रदेश सरकारको हेरफेरको उपाय पनि सुझाइएको छ। यसले मुख्यतः माधव नेपाल पक्षलाई फाइदा पुर्‍याउन सक्छ। मुख्यमन्त्री परिवर्तन हुँदा अवसर पाउने नेताहरु उनकै समूहबाट हुने निश्चितः प्राय छ। 

पेचिलो बन्दै आएको ओलीको राजीनामाको विषय थाती रहेसँगै अब असार १० गते तय गरिएको एजेन्डामै रहेर स्थायी कमिटीमा छलफल हुनेछ। 

कार्यदल बन्ने बित्तिकै माधव नेपाल पक्षले गरेको आशंका थियो- ‘ओली र प्रचण्डबीच कुनै गोप्य सहमति त भएको छैन? कार्यदललाई अध्यक्षद्वयले आफूहरु बीचको सहमतिलाई छोप्ने र ध्यान मोड्ने औजारको रुपमा प्रयोग गरेका त होइनन्?’ प्रतिवेदनपछि पनि यो प्रश्न उसैगरी उठ्न सक्छ। लडाइँको ठूलो मोर्चाको नेतृत्व गरेका प्रचण्ड बिस्तारै गल्दै जानुमा कुनै कारण हुनसक्छ भन्ने आशंका हुनु स्वभाविक हुनजान्छ। किनकि, प्रचण्डले विगतमा पनि त्यस्तो व्यवहार देखाएका छन्।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १८:२९
  • #नेकपा
  • #नेकपा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
सम्बन्धित सामग्री
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन वैकल्पिक शक्तिहरूसँग दिनभरि छलफल गरेका बालेन आज बिहान साढे ७ बजे नै ज्वागल आइपुगेका थिए ।  उनी बुधबार राति मात्रै ज्वागलबाट गएका थिए... बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरिरहेका बालेनलाई भेट्न सुनार त्यहीँ पुगेका हुन्। बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आफू यसपालीको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । यद्यपि उनले आफू... बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्