• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यदलको प्रतिवेदन : ओलीको अडानकै अनुमोदन

64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०७७  १८:२९
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। प्रतिवेदनको निष्कर्ष पार्टीका कमिटीबाट स्वीकार गरिएमा गत वैशाखबाट सुरु भएको र गत असारदेखि तीव्र बनेको ओलीको राजीनामाको विषय स्थगित हुने भएको छ। कार्यदलको प्रतिवेदनबारे प्राप्त प्रारम्भिक जानकारीहरुले ओलीको सत्ता संकट पनि टर्ने स्पष्ट पारेका छन्।

कार्यदलले ओलीको राजीनामालाई थाती राख्ने संकेत प्रचण्डले यसअघि नै गरिसकेका थिए। गत बुधबार एपीवान टेलिभिजनबाट प्रशारित ‘द ब्राभो डेल्टा सो‘ मा प्रचण्डले प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने बताएका थिए। ‘अब महाधिवेशनमा जाने भन्ने कुरा भएपछि पदका कुरा गौण भए। हिजो पनि हाम्रो विवाद पदका लागि भएको थिएन। पार्टी एकताका कुरा गर्दा या गठबन्धनसहित निर्वाचनमा जाँदा र पार्टी एकता गर्दा पनि हामीबीच पदको बार्गेनिङ भएको थिएन’, प्रचण्डले भनेका थिए।

जबकि, असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा असार १६ गतेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय प्रवेश गरेको थियो। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले राजीनामाको विषय उठाएपछि स्थायी कमिटी बैठक भने बिथोलिँदै आएको थियो। अध्यक्षद्वयको एक्लाएक्लै र सामूहिक भेटले पनि स्थायी कमिटीलाई निरन्तरता दिने र एजेन्डामा छलफल गराउने सूत्र फेला पार्न नसकेपछि साउन ३० कार्यदल गठन गरिएको थियो।

प्रतिवेदनबारे जानकार नेताहरुले दिएको जानकारी अनुसार प्रतिवेदनका अन्य सुझाव र निष्कर्षले पनि ओलीलाई नै नैतिक रुपमा विजयी बनाएको छ। उनले कुनै कुरा गुमाउनु नपर्ने सुनिश्चितता प्रतिवेदनले गरिदिएको छ।

प्रतिवेदनमा चैतमा महाधिवेशन गर्ने कुरा उल्लेख गरिएको  छ। यसबाट पनि ओलीले गुमाउनुपर्ने केही देखिँदैन। किनकि, यो निर्णय गत माघमा सम्पन्न केन्द्रीय कमिटीले तय गरिसकेको विषय हो। गत साउन ३ गते मंसिरमै महाधिवेशन गर्ने विषय उठे पनि त्यो त्यतिकै सेलाएको थियो। चैतमा महाधिवेशन गर्ने सम्बन्धमा ओलीले कुनै नकारात्मक टिप्पणी गरेका थिएनन्। वा, नगर्ने भनेका थिएनन्। त्यसैले यसबाट उनले गुमाउनुपर्ने कुरा केही छैन। ‘एउटा कक्षा दोहोर्‍याएर नपढ्ने’ उनको यसअघिको वाचा पूरा गर्ने अवसर त्यो हुनसक्छ। तर, त्यतिबेलाको परिस्थितिका विविध आयामबारे अहिल्यै कुनै निश्चितता हुनसक्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

महाधिवेशनको विषय आफ्नो पक्षमै रहेका कारण ओलीले यसअघि नै महाधिवेशनको कुरा उठाउँदै आएका थिए।

यो पनि पढ्नुहोस्

सचिवालय र महाधिवेशनमा ओलीको जोड किन?बुधबार, साउन २१, २०७७

प्रतिवेदनले आगामी चैतमा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने र महाधिवेशनको तयारीमा अघि बढ्ने उपाय सुझाएको छ। पार्टीका सैद्धान्तिक र विवादका अन्य विषय पनि सोही महाधिवेशनबाट टुंगो लगाउने प्रतिवेदनमा उल्लेख छ। 

कार्यदलले शनिबार बुझाएको प्रतिवेदनले ‘पावर सेयरिङ’को आवश्यकता भने औंल्याएको छ। त्यसमा मुख्यतः ओलीले सरकारको नेतृत्व गर्ने सँगसँगै प्रचण्डले पार्टी सञ्चालन गर्ने उपाय सुझाइएको छ। गत मंसिर ४ गते नै सचिवालयबाट यो निर्णय भएको भए पनि ओलीले कार्यान्वयन नगरेको र पार्टीमा पनि हस्तक्षप गरेको प्रचण्डको आरोप छ। प्रतिवेदनले सोही निर्णयलाई थप व्याख्या गरेको बताइएको छ। यसको प्रष्टता र कार्यान्वयनको निरन्तरता भयो भने प्रचण्डले केही राहत पाउँछन्। तर, नेकपाभित्र जुन घनत्वको लडाइँ भयो, त्यसको आलोकमा, केही अधिकार थपिएको अध्यक्ष हुनुको उपलब्धि भने साह्रै नगन्य हो। किनकि, विधानतः उनी पहिल्यैदेखि बराबरी अधिकारसहितका अध्यक्ष हुन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रतिवेदनमा संघीय सरकार र प्रदेश सरकारको हेरफेरको उपाय पनि सुझाइएको छ। यसले मुख्यतः माधव नेपाल पक्षलाई फाइदा पुर्‍याउन सक्छ। मुख्यमन्त्री परिवर्तन हुँदा अवसर पाउने नेताहरु उनकै समूहबाट हुने निश्चितः प्राय छ। 

पेचिलो बन्दै आएको ओलीको राजीनामाको विषय थाती रहेसँगै अब असार १० गते तय गरिएको एजेन्डामै रहेर स्थायी कमिटीमा छलफल हुनेछ। 

कार्यदल बन्ने बित्तिकै माधव नेपाल पक्षले गरेको आशंका थियो- ‘ओली र प्रचण्डबीच कुनै गोप्य सहमति त भएको छैन? कार्यदललाई अध्यक्षद्वयले आफूहरु बीचको सहमतिलाई छोप्ने र ध्यान मोड्ने औजारको रुपमा प्रयोग गरेका त होइनन्?’ प्रतिवेदनपछि पनि यो प्रश्न उसैगरी उठ्न सक्छ। लडाइँको ठूलो मोर्चाको नेतृत्व गरेका प्रचण्ड बिस्तारै गल्दै जानुमा कुनै कारण हुनसक्छ भन्ने आशंका हुनु स्वभाविक हुनजान्छ। किनकि, प्रचण्डले विगतमा पनि त्यस्तो व्यवहार देखाएका छन्।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १८:२९
  • #नेकपा
  • #नेकपा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
सम्बन्धित सामग्री
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्