काठमाडौं-पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ।
नेपालको सचिवालयले नाै सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण भएको जनाएको छ। पूर्वप्रधानमन्त्री नेपालको परिवारसहित सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएकोमा शुक्रबार राति नतिजा आएको थियो। जसमध्ये ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो।
माधव नेपाल लगायत उनका परिवारका अन्य सदस्यलाई भने संक्रमण नदेखिएको बताइएको छ।
यसअघि गत साउन २२ गते नेकपा अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मिमा पनि कोरोना संक्रमण देखिएको सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।