काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको छ।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार दाहाल परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो।
त्यसमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनालाई कोरोना देखिएको उनले बताए। बाहिरी सुरक्षा घेरामा कार्यरत सुरक्षाकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए।
तर दाहाल परिवारमा भने संक्रमण नदेखिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।