• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीकै सामुन्ने रक्षामन्त्री र पर्यटनमन्त्रीबीच भनाभन

64x64
नेपाल लाइभ बुधबार, भदौ ३, २०७७  २०:५०
1140x725

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीकै सामुन्ने सिसिएमसीका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच भनाभन भएको छ। कोरोना संक्रमणको फैलँदो अवस्थालाई कसरी नियन्त्रणमा राख्ने भने विषयमा छलफल गर्न बालुवाटार पुगेका दुई मन्त्रीबीच भनाभन भएको हो। कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गठन गरको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री तथा कर्मचारीसँग छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई बालुवाटार डाकेका थिए। 

छलफलकै सुरुवातमै सिसिएमसीका संयोजक पोखरेल र उड्डयनमन्त्री भट्टराईबीच भनाभन भएको बैठकमा सहभागी एक मन्त्रीले बताए।

‘मन्त्री भट्टराईले छलफल सुरु हुने बित्तिकै विभागीय मन्त्री तथा सरोकारवाला निकायसँग छलफल नगरी कसको निर्देशनमा पाँचौ चरणको यात्रुवाहक चार्टर उडान रोकिएको भन्ने विषयमा प्रश्न गर्नुभयो,' बैठकमा सहभागी ती मन्त्रीले भने, ‘नेपाल एयरलाइन्सबाट नेपाल आउन तयारी अवस्थामा विमानस्थलसम्म आइपुगेका यात्रुलाई रोक्ने तर इस्तानाबुलबाट आउने टर्किस एयरलाई चाँहि किन यात्रु ल्याउन दिइएको भन्दै मन्त्री भट्टराई आक्रोशित हुनभयो।' 

यसका साथै मन्त्री भट्टराईले नेपाल एयरलाइन्सलाई यात्रु ल्याउन नदिने तर टर्किसलाई ल्याउन दिने सिसिएमसीको निर्णयप्रति लक्षित गर्दै 'के छ यो भित्रको खेल?' भन्दै प्रश्नसमेत गरेका थिए। 'उडान अनुमति दिने मन्त्रालय र सरोकारवाला निकायको यहाँ केही मतलब छैन। आफ्नो स्वार्थपूर्तिका लागि जे गर्दा पनि हुन्छ भनेर मन्त्री भट्टराईले भन्नु भयो,' ती मन्त्रीले नेपाल लाइभसँग भने। 

उनका अनुसार मन्त्री भट्टराई त्यतिमै रोकिएनन्। उनले विदेशबाट नेपाल आउने पिसिआर गरेका नागरिकको पिसिआर रिपोर्ट ७२ घन्टापछि पुनः काम नलाग्ने बताउँदै दुबईबाट आउने अधिकांश दुःख पाएका नेपाली फर्कन लागेका बेला सिसिएमसीबाट झनै दुःख थपिदिने काम भएको समेत बताएका थिए। 

'एक्कासी किन यात्रुवाहक चार्टर उडान बन्द भयो? युरोप अमेरिका हुँदै इस्तानबुलबाट आउन पाउने, तर दुबइबाट किन आउन नपाउने? यो कहाँको नियम हो?' भन्दै मन्त्री भट्टराईले प्रश्न गरेको स्रोतको दाबी छ।

योगेशको प्रश्नमा मन्त्री पोखेरलले भने सबैको सल्लाहमा नै निर्णय भएको दाबी गर्दै विदेशबाट आएका नागरिकलाई राख्ने क्वारेन्टाइनको व्यवस्था नभएको भन्दै तत्कालका लागि रोक्नु परेका जवाफ दिएका थिए।

'मन्त्री पोखरेलको जवाफ नसकिँदै टर्किस एयरलाइन्सले इस्तानबुलबाट ल्याएका २ सय १ जनालाई क्वारेन्टाइन हुने तर नेपाल एयरलाइन्सले दुर्बइबाट ल्याउन लागेका २६६ जनाका लागि कसरी क्वारेन्टाइन भएन?,' मन्त्री योगेशले रक्षामन्त्रीतर्फ गरेको प्रश्न उद्धृत गर्दै ती मन्त्रीले भने।

nimb
nimb
Ncell 2
Ncell 2

मंगलबार बिहान सवा ९ बजे काठमाडौं आइपुग्ने जहाजमा यात्रु आउन नदिने र दिउँसो पौन ४ बजे आउने जहाजलाई कसरी यात्रु ल्याउन दिइयो? यसको अध्ययन हुनुपर्ने मन्त्री योगेशको धारणा थियो।

यसपछि भने प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे थप अध्ययन हुने भनेपछि दुवै मन्त्रीहरू शान्त भएको स्रोतको दाबी छ। 

दुबइ विमानस्थलमा २ सय ६६ जना नेपाल नेपाल आउनका लागि पर्खाइमा थिए। नेपाल एयरलाइन्सको वाइडबडी जहाज पनि त्यहाँसम्म पुगेको पनि थियो। तर सिसिएमसीको निर्देशन बमोजिम जहाजले कुनै पनि यात्रु नलिइकन दुबइबाट रित्तै मंगलबार बिहान नेपाल फर्किएको थियो। ती २६६ नेपालीले त्यहाँको बस्ने  ठाउँ छोडेर नेपाल आउने तयारीमा थिए। तर उनीहरू अन्त्यमा निराश भएर फर्किए।

यो पनि पढ्नुहोस्

दुबइमा २६६ नेपाली छोडेर रित्तै फर्कियो नेपाल एयरलाइन्समंगलबार, भदौ २, २०७७

सिसिएमसीको सोमबार साँझको निर्णयकै कारण नेपाल एयरलाइन्सको वाइडबडी जहाज दुबइबाट रित्तै फकिएको थियो। जाँदा पनि सोमबार नेपाल एयरलाइन्सले २ सय ३२ जना यात्रु लिएर दुबई उडेको थियो। 

सरोबारवाला निकाय र विभागीय मन्त्रालयसँगै कुनै परामर्श नै नगरी उडान बन्द गर्ने निर्णय गर्दा नेपाल आउने यात्रु त त्यसै पनि बिचल्ली भएका छन्। त्यसमाथि उनीहरुको पिसिआर परीक्षणको खर्चसमेत बढेको छ। साथै नेपाल एयरलाइन्सको पनि ८१ हजार डलर घुमेको छ।

सिसिएमसी स्रोतका अनुसार ईश्वर पोखेरेल व्यवसायीको स्वार्थमा इस्तानबुलबाट आउने यात्रुलाई नेपाल आउन दिएको तर दुर्बइबाट नेपाल आउने यात्रुलाई रोकेर नेपाल एयरलाइन्सको जहाज रित्तै फर्काइएको हो।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी
हेर्नुहोस् तस्बिरमा बडीमालिका
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध
सम्बन्धित सामग्री
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंग्याउन नसकेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात जना आकांक्षीको नाम पार... मंगलबार, भदौ ९, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोव... मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था भए पनि हालसम्म ११ जनाले मात्रै नाम टिपाएका हुन्। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्