• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

'लकडाउन'मा पनि व्यवसाय र सामाजिक काम सँगसँगै अघि बढाइरहेका छौँ : भोलेश्वर दुलाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, भदौ ३, २०७७  १७:०८
1140x725

लामो समयदेखि नेपालमै लुब्रिकेन्ट उत्पादन गर्दै आएको पिएलओ समूह पछिल्लो समय होटल व्यवसायमा समेत लगानी गरिरहेको छ। व्यवसायसँगै सामाजिक काममा सक्रिय पिएलओ समूहका प्रबन्ध निर्देशक भालेश्वर दुलालसँग कोरोना संक्रमणपछिको व्यवसाय र उनले गरेको सामाजिक कार्यको विषयमा गरिएको कुराकानीः

कोरोना भाइरसको प्रभाव देशव्यापीरूपमा फैलिएको छ। तपाईंको व्यवसायमा त्यसको प्रभाव कस्तो परेको छ? 
कोरोना भाइरसका कारण अहिले देशको अवस्था असामान्य भएको छ। व्यापार व्यवसाय निक्कै कम मात्र छन्। पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएकाले स्थिति अझै भयावह हुने देखिन्छ। अहिलेको अवस्थामा व्यापार व्यवसाय ७० प्रतिशतभन्दा बढी डाउन छ। सरकारले जुन रुपमा संक्रमण जोखिम न्यूनीकरण गर्न पोलिसी ल्याउनु पर्थ्यो त्यो ल्याउन सकेन। जसका कारण स्थिति थप जटिल बन्दै भएको छ। 

कोरोनाका कारण अर्थतन्त्र धराशायी भएको छ। सरकारले गरेको कामको मूल्यांकन कस्तो छ? 
लकडाउन सुरु भएको ६ मिहना हुन लाग्यो। यो अवधिमा देशको अर्थतन्त्र बन्दक बन्न पुग्यो। सरकारले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि बनाएको मोडालिटी गलत भयो। विश्वका विभिन्न देशहरुले ठूलो संख्यामा संक्रमण र मृत्यु हुँदा अपनाएको मोडालिटी हाम्रो सरकारले अपनाउन सकेन। 
सरकारले उपयुक्त विधि अपनाउन नसक्दा अर्थतन्त्र पनि बन्द भयो र बोडर पनि खुल्ला नै हुँदा संक्रमण नियन्त्रणको साटो झनै बढ्न थाल्यो। यसको असर सरकार, व्यवसायी तथा आममानिस सबैमा पर्‍यो। नाकाहरु कडाइ नहुँदा संक्रमणको जोखिमले अर्थमन्त्र थप प्रभावित हुने देखिएको छ। अझैपनि सरकारले सबै कुरा बन्द गर्ने वा लकडाउन गर्ने भन्दा पनि अर्थतन्त्र चलायमान हुने गरि सुरक्षित तवरबाट काम गर्न सक्ने मोडालिटी ल्याउनुपर्छ। 

तपाईंहरूको लगानी विविधीकरण भएको छ। होटलमा पनि लगानी गर्नुभएको छ। यो क्षेत्र त सबैभन्दा धेरै प्रभावित भयो होला होइन? 
हामीले होटल व्यवसायमा समेत लगानी गरेका छौं। व्यवसायलाई कोरोना अघि र पछि गरि व्याख्या गर्नुपर्ने भएको छ। कोरोना अघि हामीले दुईवटा होटलमा लगानी गरेका हौं। सामान्य अवस्था हुन्थ्यो भने असोजमा तीन तारे स्तरका दुई होटल सञ्चालनमा ल्याएका हुन्थ्यौं। त्यतिबेला हामीलाई स्थानीय तथा प्रदेश सरकारले राम्रो सहयोग गरेका थिए। कोरोनासँगै पर्यटन क्षेत्र धेरै प्रभावित भएकाले होटलमा गरिएको लगानी प्रभावित हुने हो कि भन्ने डर बढेको छ। तर अब कोरोना पछिको समय पक्कै बदलिएर आएको छ। अब व्यवसाय टिकाउन सकिन्छ वा सकिन्न भन्ने गम्भीर अवस्था आएको छ। साना व्यवसायीहरु यही अवस्थाबाट उठ्न कठिन भइसकेको छ। हामी जस्ता मध्यमस्तरका ७० प्रतिशत व्यवसायी ६/७ महिना अवस्था यस्तै रहे उठ्न नसक्ने हुन सक्छ। साना व्यवसायीसँगै मध्यम स्तरका व्यवसायी समेत पलायन हुने अवस्था आउने देखिन्छ। 

व्यवसायसँगै तपाईं सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। के कस्ता काममा लाग्नुभएको छ? 
हामीले व्यवसायसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिया रुपमा लागेका छौं। यो लकडाउनकै क्रममा पनि सामाजिक काममा पहिले जतिकै सक्रिताकासथा संलग्न छौं। हामीले यही क्षेत्रमा व्याडमेन्टन कोट हल बनाएका थियौं। उक्त हललाई अहिले क्यारेन्टिनको रुपमा प्रयोग गरिएको छ। विदेशबाट आएकाहरुलाई रोख्ने होल्डिङ सेन्टर बनाइएको छ। उक्त हलमा १ सयजनाभन्दा बढी अट्ने क्षमता रहेको छ। सो होल्डिङ सेन्टरबाट हालसम्म १२ सयभन्दा बढी व्यक्तिले सेवा लिइसकेका छन्। त्यसैपछि हामीले मास्क, स्यानिटाइजर लगायत स्वास्थ्य सुरक्षाका सामाग्री समेत वितरण गरिरहेका छौं। स्थानीय व्यक्तिदेखि प्रहरीलगायत विभिन्न संघसंस्था तथा सर्वसाधारणलाई समेत मास्क वितरण गरेका छौं। यो क्रमलाई निरन्तरता दिएका छौं। 

nimb
nimb
Ncell 2
Ncell 2

स्थानीय तहसँग सहकार्यमा पनि काम गर्नुभएको छ?
अर्को महत्वपूर्ण काम भनेको हामीले स्थानीय सरकारसँग मिलेर नमुना स्मार्ट शौचालय बनाइरहेका छौं। १० करोड भन्दा बढी लगानीमा स्थानीय सरकारको ३५ प्रतिशत र निजी क्षेत्रको ६५ प्रतिशत लगानी रहने गरि नगरपालिकासँग सम्झौता गरेका हौं। इटहरी पूर्वका ८ स्थानमा निर्माण हुने सार्वजनिक शौचालय हाइवेकै छेउमा हुनेछ। उक्त शौचालय जग्गा खरिद गरेरै निर्माण गरिएको हो। ८ स्थानमध्ये ४ स्थानमा निर्माणसम्मपन्न भइसकेको छ। बाँकी चारवटा निर्माणाधीन छ। शौचालयसँगै त्यहाँ नुहाउने, पुस्तक पढ्न लाइब्रेरी तथा २० जनासम्मले एकैपटक चलाउन मिल्ने गरि कम्प्युटरको समेत व्यवस्था गरिएको छ। उक्त शौचालयहरु विश्वस्तरीय हुनेछन्। 

निर्माणमा हामीले कुनै सम्झौता गरेका छैनौं। अर्को कुरा सो शौचालयहरुमा ३५ घटमिटरको गोबर ग्यास समेत बनाइएको छ। गोबर ग्यास सञ्चालनमा आएपछि त्यहाँ चाहिने बिजुली त्यहीबाट उत्पादन हुनेछ। हामीले शौचालय निमार्ण गर्दा दीर्घकालिन रुपमा सोचेका छौं। नेपालको जनसंख्या वृद्धि र यो क्षेत्रमा बसाईंसराईबाट आउने संख्यालाई विश्लेषण गरेर अबको १ सय वर्षलाई धान्ने गरि निर्माण गरेका छौं। 

पार्क निर्माणको योजना थियो। अहिले कहाँ पुगेको छ? 
सुन्दरहरैचा नगरपालिका क्षेत्रमा पार्क बनाउने योजनामा छौं। यो काम भने निजी रुपमा आमा दुर्गादेवी दुलालको नाममा वृद्धवृद्धालाई सुस्ताउने, केही गर्न मनलागे गर्न मिल्ने गरि त्यस्ता पार्क बनाउँदै छौं। नगर भित्रका १२ वटै वडामा १÷१ वटा पार्क निर्माण गर्ने हाम्रो लक्ष्य हो। त्यस्तै केही दिनअघिमात्र ओमशान्तीको भवन निर्माणका लागि १२ धुर जग्गा किनेर हस्तारन्तरण गरिएको हो। त्यसैगरि हामीले पूर्वाञ्चल क्षेत्रमा ह्वीलचेयर आवश्यक पर्नेहरुका लागि निःशुल्क रुपमा वितरण गर्दै आएका छौं। हालसम्म १२ सय वटाभन्दा बढी ह्वीलचेयर वितरण गरिसकेका छौं। हाम्रोमा ५०÷६० वटा ह्वीलचेयर स्टकमा सँधै हुन्छ। कोही अप्ठेरो पर्‍यो भनेर आउनु भयो भने तत्कालै उपलब्ध गराइहाल्छौं। सामाजिक काम र व्यवसायमा सक्रिय हुनुहुन्छ। 

व्यवसाय टिकाउन सरकारलाई तपाईंको सुझाव के छ? 
सामाजिक कार्यका लागि व्यवसाय पनि जीवित हुनुपर्छ र हामी पनि। सरकारलाई मेरोतर्फबाट के सुझाव छ भने लकडाउन समस्याको समाधान होइन। बोडरमा कडाई गर्नुपर्छ, परीक्षणलाई बढाउनु पर्छ र सुरक्षित तरिकाबाट व्यवसाय सञ्चालनमा सहजिकरण गर्नुपर्छ। अमेरिकमा ५० लाखभन्दा बढी संक्रमित हुँदा सबै सामान्य अवस्थामा संचालन भइरहेको छ। 

भ्याक्सिन नबन्दासम्म कोरोनासँग जुध्दै सुरक्षित रुपमा व्यवसाय सञ्चालन गरेर जनजीवन सामान्य बनाउनुको विकल्प अब हामीसँग छैन। यसो नगर्ने हो भने व्यवसयीसँगै सरकार पनि टाटपल्टिने अवस्था आउन सक्छ। व्यवसाय सञ्चालन नहुँने हो भने कर उठ्ने कुरा भएन, मजदुरले काम पाउँदैनन्। यो रोकिँदा समग्र अर्थतन्त्रको चेन नै रोकिन्छ। त्यसैले टाटपल्टिनु भन्दा व्यवसाय सञ्चालन गरेरै कोरोना लागेपनि सतर्क भएर अरुलाई नसर्ने गरि काम गर्नु राम्रो हो। अब घरै थुन्ने वा थुनिएर बस्ने भन्ने हुँदैन। 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्