काठमाडौ- नेकपा स्थायी कमिटी सदस्य एवम पूर्व गृहमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले वास्तविक समस्यालाई उठाउनुपर्नेमा विषयान्तर गरेर अयोध्याबारे कुरा उठाएको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै रावलले क्षेत्र सीमा अतिक्रमण, तराई क्षेत्र डुबान, कालापानीबाट भारतीय फौज हट्नुपर्ने विषय उठाउनुपर्नेमा अयोध्याका विषय उठाएर विषयान्तर किन गर्न खोजेको भन्दै प्रश्न गरेका छन्।
‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो?’ रावलले ट्वीटरमा लेखेका छन्‚ ‘विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।