काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ संवाद जारी छ । पार्टीमा विवाद बढ्दै गएपछि साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएको थियो। त्यसपछि आन्तरिक खिचलो मिलाउन दुई अध्यक्षबीच ‘वान टु वान’ संवाद चलिरहेको छ।
यसअघि दुवै अध्यक्षले तीन दिन एक्लाएक्लै वार्ता गरिसकेका छन्। नेताहरुले पछिल्लो समय पार्टी विवाद मिलिसकेको बताउने गरे पनि कुन–कुन विषयमा सहमति भयो भन्ने विषय बाहिर आएको छैन।
स्थायी कमिटी बैठकमा सदस्यहरुले ओलीसँग पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो। स्थायी कमिटी बैठक असार १० गतेदेखि निरन्तर चल्दै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।